समाज
आजदेखि नेपाल संवत् ११४४ शुरु, नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै
आजदेखि नेपाल संवत् ११४४ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ सालमा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतकाे शुरुवात गर्नु भएको थियो । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतकाे मान्यता पाएको […]
पूरा पढ्नुहोस्
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती आज मनाइँदै
महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १५ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले […]
पूरा पढ्नुहोस्
यमपञ्चक अर्थात् तिहार शुरु, आज कागतिहार
आजदेखि यमपञ्चक अर्थात् तिहार शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागतिहार परेको छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने गरिन्छ । यस्तै, आज कात्तिक कृष्ण त्रयोदशीका दिन बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान […]
पूरा पढ्नुहोस्
दुर्गम क्षेत्रमा राहत पुर्याउन चुनौती, खुला ठाउँमा बसेकाहरु चिसोको मारमा
भूकम्प प्रभावित क्षेत्रमा पालिकाहरुसँग समन्वय गरेर राहत वितरण भइरहेको छ । तर, ग्रामीण क्षेत्रका भूकम्प प्रभावितलाई राहत वितरणमा चुनौती बढेको छ । धेरैजसो ग्रामीण क्षेत्रका सडकमा गाडी चलाउन मिल्ने अवस्था छैन । केही सडक भूकम्पका कारण भत्किएका छन् । यसले गर्दा दुर्गम क्षेत्रमा राहत पठाउन कठिनाइ भइरहेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले जानकारी दिनुभयो […]
पूरा पढ्नुहोस्
गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल
सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा आज बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्य सचिव रहने गरी कार्यदल बनाइएको हो । कार्यदलले काम […]
पूरा पढ्नुहोस्
जाजरकाेट भूकम्प : झन्डै ३८ सय घरमा क्षति, ९ सय ३७ वटा पूर्ण क्षति
जाजरकोट भूकम्पमा विभिन्न जिल्लामा झन्डै ३८ सय वटा घरमा क्षति पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार पूर्ण र आशिंक गरेर ३८ सय वटाभन्दा धेरै घरमा क्षति पुगेको हो । भूकम्पमा नाै सय ३७ वटा घर पूर्णरूपमा क्षति भएको छ भने दुई हजार नाै सय ५४ वटा घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ […]
पूरा पढ्नुहोस्
सेनाको मेडिकल टोलीसहित प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गर्नुभएको छ । नेपाली सेनाको १६ जनाको मेडिकल टोलीसहित उहाँ जाजरकोट प्रस्थान गर्नुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि जानुभएको छ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पले क्षति गरेको छ । प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रको अनुगमन […]
पूरा पढ्नुहोस्
जाजरकोटमा लगातार भूकम्पका धक्का : चर्केका घर तथा संरचनामा नबस्न विज्ञको सुझाव
जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पपछि निरन्तर साना र ठूला परकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि चार घण्टाको अवधिमा ४ रेक्टरस्केलभन्दा माथिका तीनवटा परकम्प गएका छन् । भूकम्प लगत्तै १२ बजेर […]
पूरा पढ्नुहोस्
मंसिर ६ गतेदेखि नारायणी नदी किनारमा महोत्सव लाग्ने
नारायणगढको नारायणी नदी किनारमा चितवन रिकभरी जनचेतना सांस्कृतिक पर्यटन कृषि तथा व्यपार महोत्सव २०८० हुने भएको छ । रिकभरिङ्ग युनाइटेडको मुख्य आयोजना तथा औधोगिक शान्ति नेपाल संस्थाको आयोजनामा मंसिर ६ गते देखि १६ गतेसम्म महोत्सव लाग्नेछ । लागू औषध तथा मद्यपान प्रयोगकर्ताहरुको निस् शुल्क उपचार गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको रिकभरिङ्ग युनाइटेडका अध्यक्ष रविनकुमार श्रेष्ठले […]
पूरा पढ्नुहोस्
जलवायु परिवर्तन र हिमालयले भोगेको समस्या बुझ्न महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविरमा
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियाे गुटेरेस अन्नपूर्ण आधार शिविरतर्फ जानु भएको छ । हिजो पोखरामा बास बसेका उहाँ जलवायु परिवर्तन र हिमालयले भोगेको समस्या बुझ्न अन्नपूर्ण आधार शिविरतर्फ लाग्नु भएको छ । त्यहाँ गुटेरेसले स्थानीय बासिन्दासँग केहीबेर अन्तर्क्रिया गर्नुहुनेछ । उहाँको भ्रमणले अन्नपूर्ण आधार शिविर जोगाउन सरोकारवालाले चासो दिनेमा स्थानीय बासिन्दा आशावादी छन् […]
पूरा पढ्नुहोस्



















