समाज

काठमाण्डौमा आज हुने प्रदर्शनलाई ध्यान दिँदै उच्च सुरक्षा सतर्कता

राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा हुन लागेको प्रदर्शनलाई ध्यान दिँदै काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाण्डौ उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच भइरहेको छ । ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ भइरहेको हो । […]

पूरा पढ्नुहोस्

आज हरि बोधिनी एकादशी, नारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

आज हरि बोधिनी एकादशी मनाइँदैछ । असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरि बोधिनी एकादशी पर्व मनाइन्छ । हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु […]

पूरा पढ्नुहोस्

भरतपुर १६ सरणपुरमा वृहत एकादसी मेला लाग्ने

चितवनको भरतपुर महानगरपालिका १६ सरणपुर गणेश मन्दिर परिसरमा वृहत हरिबोधनी एकादसी मेला लाग्ने भएको छ । मेलाबारे मंगलबार पत्रकार सम्मेलन गरि आयोजक समितिले जानकारी गराएको हो । मङ्सिर ७ गते लाग्ने एक दिने मेलाको तयारी ब्यापक रुपमा भइरहेको मेला ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण सुनारले बताए । उनका अनुसार मेलामा विभिन्न जातजातिका खानाका परिकारको स्टल तथा […]

पूरा पढ्नुहोस्

दाङमा दाजुभाइ मृत फेला

दाङमा दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका-१६ डोक्रेना घर भइ तुलसीपुर–६ गाइडहरमा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उहाँका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत सोमवार बेलुकी काेठाभित्र मृत्त अवस्थामा फेला परेका हुन् । सबै झ्यालढोका बन्द देखेपछि पछाडिको निकासद्वारको ग्रिलको पल्ला खोलेर हेर्दा दाजुभाइ मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । […]

पूरा पढ्नुहोस्

टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन दूरसञ्चार प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए  तत्काल जानकारी गराउन आग्रह गरेको छ । इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेको जानकारी गराउँदै प्राधिकरणले अझै चलेको पाइएमा त्यसबारे जानकारी गराउन आग्रह गरेको हो । यस्तै, प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति […]

पूरा पढ्नुहोस्

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै, छठ मनाउने ठाउँ झकिझकाउ

आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । वर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । आज सप्तमी तिथि भए पनि भोलि […]

पूरा पढ्नुहोस्

चितवनका वरिष्ठ पत्रकार श्रेष्ठको आयोजनामा चियापान कार्यक्रम हुदै

वरिष्ठ पत्रकार एवं नेेपाल पत्रकार महासङघ चितवनका अध्यक्ष महेन्द्र श्रेष्ठले चियापान कार्यक्रमको गर्ने हुनुभएको छ । चाडवाडको समयमा जनजाति पत्रकारहरुसग शुभकामना तथा चियापान गर्न लागेको श्रे्ष्ठले वताउनु भएको छ । चियापान मंसीर ३ गते छठ पर्वको अवसरमा हुनेछ । श्रेष्ठले कार्यक्रम आफ्नै निवासमा गर्ने वताउनुभयो ।

पूरा पढ्नुहोस्

नारायणी किनारमा छठको रौनक सुरु

चितवन, १ मंसिर नारायणी नदीको किनारमा छठको रौनक सुरु भएको छ । छठ पर्वका लागि पण्डाल टाँगेर नदी किनार सजाइएको छ । सधैँजसो घुमघामका लागि आउने, भन्दा छुट्टै रौनक यहाँ देख्न सकिन्छ । तराई समुदायले मात्रै मनाउँदै आएको यो पर्बमा पहाडी समुदायको समेत आकर्षण बढ्दै गएपछि भक्तजनको चाप बढ्ने तराई सामुदायिक सेवा समितिका अध्यक्ष जयकिशोर […]

पूरा पढ्नुहोस्

भूकम्पबाट प्रभावित भएकाहरुलाई चिसोको सास्ती

बेलैमा न्यानो र राम्रो गरी राहत नपाउँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित चिसोले बिरामी पर्न थालेका छन् । भूकम्प गएको दुई हप्ता भैसक्दा पनि खुला आकाशमुनि रहेका धेरैजसो प्रभावितलाई चिसोले सताउन थालेको छ । घर भत्केका र चर्केका उनीहरु खुला आकाशमुनि बसिरहेका छन् । तत्काल राहतका त्रिपाल, फोम र खाद्य सामग्री विभिन्न सङ्घसंस्थाले बाँडेका थिए […]

पूरा पढ्नुहोस्

तिहार सकियो, छठ पर्वको रौनक शुरु

यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका थिए । यस्तै, दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए । भाइटिकासँगै झिलिमिली पर्व तिहार […]

पूरा पढ्नुहोस्