समाज
विधुत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य चितवनमा
चितवनका विभिन्न स्थानमा विद्युत आपूर्तिमा देखिएको समस्याबारेमा जानकारी लिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन आएका छन् । शाक्य आज बिहान भरतपुर आएका हुन् । विद्युत प्राधिकरणको चनौली सबस्टेशनले लाइन कटौती गरेको सूचना जारी गरेपछि चितवनमा लोडसेडिङ गरेको भन्दै आलोचना भएपछि शाक्य आफैं चितवन आएका हुन् । शाक्यको सचिवालयका इन्जिनियर नारायण अर्यालका अनुसार शाक्य भरतपुरको […]
पूरा पढ्नुहोस्
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ। त्यसैगरी बागमती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ८८.५३ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ। लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ। कर्णााली प्रदेशमा ९१.३८ […]
पूरा पढ्नुहोस्
चितवनका विभिन्न ठाउँमा आज ६ घण्टा विद्युत् आपूर्ति कटौती हुने
गर्मीमा माग बढेको भन्दै नेपाल विद्युत् प्राधिकरणको चितवन चनौली वितरण केन्द्रले आज ६ घण्टा विद्युत् आपूर्ति कटौती गर्ने भएको छ । बिहान, दिउँसो, बेलुका र रातिसम्म विद्युत् कटौती हुने चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठले बताउनुभयो । पश्चिम चितवन र माडी क्षेत्रमा चनौलीबाट विद्युत् आपूर्ति हुँदै आएको छ । अत्यधिक गर्मी र रोपाइँको समयमा आकासे […]
पूरा पढ्नुहोस्
कोशी र बागमतीमा हल्कादेखि मध्यम वर्षा
कोशी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । कोशीको झापा र आसपास तथा बागमतीको नुवाकोट र सिन्धुपाल्चोक आसपासमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका सबैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्नेछ । बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले […]
पूरा पढ्नुहोस्
देवघाटमा बोलबम मेला सुरु
साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेला नेपालकै पवित्र तीर्थस्थल देवघाटधामलगायत जिल्लाका शिवालयहरुमा बिहानैदेखि सुरु भएको छ । मुख्यगरी आजको दिनमा ब्रत बसेर श्रद्धालु भक्तजनहरुले स्नान गरी पवित्र जल र बेलपत्र चढाई शिवको आराधना गरेर मनाउँछन् । धार्मिक पर्यटकीय क्षेत्र पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा आजबाट बोलबम मेला सुरु भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । […]
पूरा पढ्नुहोस्
७७ वटै जिल्ला पूर्णखोप सुनिश्चितता घोषणा
देशभरका ७७ वटै जिल्लाहरु पूर्णखोप घोषणा भएका छन । हिजो काठमाण्डौ, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाहरू पूर्णखोप घोषणा भएसँगै देशभरका सबै ७७ जिल्लाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका हुन । नेपालमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्य करिब दुई दशक अघिदेखि शुरू गरिएको थियो । हिजो एकै पटक ६ वटा जिल्ला […]
पूरा पढ्नुहोस्
आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
हाल मनसुनको न्यूनचापीय रेखापूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका […]
पूरा पढ्नुहोस्
आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली नागरिकलाई ठूलो गुन लगाउनुभएको छ । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण […]
पूरा पढ्नुहोस्
गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । यस्ता गुरुलाई शास्त्रले ब्रह्मा, […]
पूरा पढ्नुहोस्
सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित : आजदेखि अस्पतालमा सेवा नियमित
सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे सहमति भएसँगै सङ्घले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रमहरू स्थगन भएको छ । आजदेखि अस्पतालमा सेवा नियमित भएको छ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति आपत्ति जनाउँदै सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण […]
पूरा पढ्नुहोस्



















