Author: Ugin Khabar

शिक्षकको गोली हानी हत्या

सर्लाहीमा एक जना शिक्षकको गोली हानी हत्या भएको छ । शिक्षक रामपुकार यादवको हत्या भएको प्रहरीले जनाएको छ । शिक्षक यादवमाथि राति साढे ८ बजेतिर घर अगाडि मोटरसाइकलमा आएका हतियारधारीले गोली हानेर भागेका थिए । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारको लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो […]

पूरा पढ्नुहोस्

आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधनागरी मनाईँदै

‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार […]

पूरा पढ्नुहोस्

कुवेतमा अवैध रक्सी सेवनबाट ६ नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु, कैयौँको अवस्था चिन्ताजनक

कुवेतमा अवैध तथा विषाक्त मदिरा पिउँदा ६ जना नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासले यस घटनाबारे थप विवरण आउन बाँकी रहेको र बुझ्ने काम भइरहेको जनाएको छ । विभिन्न अस्पतालमा मदिरा सेवन गरेर बिरामी भएकाहरूको उपचार भइरहेको दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले बताए। ‘धेरै जना जना उपचारका क्रममा छन् । केही शवहरू […]

पूरा पढ्नुहोस्

विकासमा विदेशीको नक्कल दुर्भाग्यपूर्ण छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशीको नक्कल गर्दा नेपालमा मौलिक विकास हुन नसकेको बताएका छन् । उनले सिर्जनात्मक ढंगले सम्भावनाको सदुपयोग गर्न सके देश आत्मनिर्भर बन्न ढिलो नहुने पनि बताए । भक्तपुरको चाँगुनारायणलाई एभोकाडो सिटीको रुपमा विकास गर्ने अभियानको आज समापन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सो धारणा राखेका हुन् । उनले विदेशीको नक्कल गर्नुको […]

पूरा पढ्नुहोस्

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृङ्खलामा आज नर्दन टेरिटोरीसँग खेल्दैछ । खेल नेपाली समयानुसार अस्ट्रेलियाको डार्बिनमा दिउँसो सवा २ बजे शुरू हुनेछ । नेपालले प्रतियोगिताअन्तर्गत भोलि बङ्गलादेश ‘ए’ सँग, भदौ २ गते मेलबर्न स्टार्ससँग, भदौ ३ गते होबर्ट हुरिकेन्ससँग, भदौ ४ गते मेलबर्न रेनेगाड्र्ससँग र भदौ ६ गते पाकिस्तान साहिन्ससँग खेल्ने छ । […]

पूरा पढ्नुहोस्

पानीको बहाब बढेपछि कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज)बाट सवारी साधन आउ–जाउ गर्न रोक

 महाकाली नदीमा पानीको बहाब बढेपछि नेपाल–भारत सीमा नाकामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज)बाट सवारी साधन आउ–जाउ गर्न रोक लगाइएको छ । आज बिहान ११ बजेको समयमा महाकाली नदीमा १ लाख २६ हजार ७१२ क्यूसेक पानीको बहाब मापन भएको थियो । त्यसैले चार पाङ्ग्रे र दुई पाङग्रे सवारी साधन तथा मानिसहरुको समेत आउ–जाउ बन्द गरिएको […]

पूरा पढ्नुहोस्

निजी विद्यालय सञ्चालकहरूद्वारा गरे आन्दोलनका कार्यक्रम घोषणा

निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन घोषणा गरेका हुन् । निजी विद्यालय सञ्चालकहरूका संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । जसअन्तर्गत आज पालिका प्रमुख र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाउने […]

पूरा पढ्नुहोस्

कार्यसम्पादनमा आज सम्झौता हुँदै

 प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान हुनेछ । गत वर्ष भदौ २७ गते यस प्रकारको कार्यसम्पादन सम्झौता भएको थियो भने […]

पूरा पढ्नुहोस्

पहिरोमा परेर एकको मृत्यु

इलाममा पहिरोमा परेर इलाममा एक जनाको मृत्यु भएको छ । इलामको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो आएको लेदोसहितको पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो करिब १२:०० बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला खोल्सामा आएको पहिरोमा पुरिएर राईको मृत्यु भएको जिल्ला प्रहरी […]

पूरा पढ्नुहोस्

विपिन जोशीको खोजीमा आमा र बहिनी इजरायल प्रस्थान

हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन्। उनीहरू फ्लाइ दुबईको विमानमार्फत इजरायलतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भावुक माहोल देखिएको थियो। विमानस्थल प्रवेश गर्दा आमा र छोरी दुवैको आँसु थामिन सकेन। इजरायल सरकारले विपिनको रिहाइका लागि […]

पूरा पढ्नुहोस्