Author: Ugin Khabar

भ्रष्टाचार मुद्धा दायर भय पछि प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित

भ्रष्टाचारको मुद्धा दायर भएसँगै प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्। अख्तियारले बस्नेत सहितका १६ व्यक्ति र दुइ कम्पनीविरुद्ध टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) को खरीद कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेसँगै बस्नेत सांसद पदबाट निलम्बित भएका हुन् । भ्रष्टाचार निवारण ऐनको दफा ३३ […]

पूरा पढ्नुहोस्

आज सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँले घट्यो

नेपाली बजारमा बिहीबार आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार ८ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य १ लाख ८५ हजार ३ सय रुपैयाँ कायम भएको […]

पूरा पढ्नुहोस्

सतुङ्गलको कपडा पसलमा आगलागी

चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ । आज बिहान करिब साँढे ५ देखि लागेको आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी स्थानीयलगायत लागिपरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । आगो निभाउन […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका छन् । नारायणगढ बजारमा निर्माण गिएको ६ लेनको सडक उद्घाटन सहित विभिन्न कार्यक्रममा सहभागि हनु प्रधानमन्त्री ओली आज चितवन आउन लागेका हुन् । उनी सँगै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि रहने छन्। तेस्रो पटक प्रधानमन्त्री हुँदा […]

पूरा पढ्नुहोस्

हेटौंडा जसपाको आधिकारिक अध्यक्ष उत्तम गोम्जाको नेतृत्व नै रहेको बागमती प्रदेश समितिको विज्ञप्ति

जनता समाजवादी पार्टी, नेपाल बागमती प्रदेशले बैशाख ४ गतेका दिन एक ध्यानाकर्षण पत्र मार्फत प्रथम ऐतिहासिक मकवानपुर जिल्ला अधिवेशनबाट सर्वसहमत निर्वाचित भएका अध्यक्ष उत्तम गोम्जाको नेतृत्वमा रहेको ४१ सदस्यीय कार्यसमिति नै आधिकारिक भएको जानकारी गराएको छ । गएको चैत्र १६ गतेका दिन सम्पन्न भएको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट चुनिएका अध्यक्ष गोम्जाको नेतृत्वमा रहेको कार्यसमिति नै […]

पूरा पढ्नुहोस्

हुम्लाको अदानचुली गाउँपालिकास्थित श्रीनगरमा वर्षासहितको बाढी

बुधबार रातीदेखिको अत्यधिक वर्षका कारण हुम्लाको अदानचुली गाउँपालिकास्थित श्रीनगर बजार क्षेत्रमा बाढी पसेको छ । आज बिहान बाढी पस्दा श्रीनगर बजारसहित आसपासमा ठूलो क्षति पुराएको प्रहरीले जनाएको छ । बजार क्षेत्रमा बाढी पस्दा व्यवसायका लागि बनाइएका अस्थाइ टहरासहितका ११ घर र १ पसलमा राखिएका सामान र बाख्रासहितको खोर बगाएको छ । वर्षासँगै आएको बाढीसहितको लेदोले […]

पूरा पढ्नुहोस्

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ हाप्राबस्तीमा आगलागी हुँदा ५ घर जलेर नष्ट

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ हाप्राबस्तीमा आगलागी हुँदा ५ घर जलेर नष्ट भएको छ । आगलागी हुँदा करिब ५८ लाख रुपैयाँ बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । करेन्ट सर्ट भइ आगो लागेको आशंक गरिएको उक्त घटनामा परी कुमार श्रेष्ठको ढुङगा माटोको घर, सुन करिब डेढ तोला, लत्ता कपडा, भाडाकुडा, अन्नपात, […]

पूरा पढ्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भैरहवामा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज रुपन्देहीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । माओवादी केन्द्रले सञ्चालन गरिररहेको जनतासँग माओवादी तराई–मधेश हुलाकी मार्ग अभियानअन्तर्गत दाहाल सहित माओवादी केन्द्रका नेताहरू बुधबार साँझ रुपन्देही पुगेका हुन । उनी आज विहान भैरहवाको मिलनचोकदेखि बुद्धचोकसम्म जनसंवादमा सहभागी भएका छन् । आजै युवा, विद्यार्थी र वाइसिएललाई प्रशिक्षण, बुद्धिजीवी, व्यवसायी र […]

पूरा पढ्नुहोस्

सुनको मूल्य तोलामा १ लाख ८७ हजार पुग्यो

सुनको मूल्य तोलाको १ लाख ८७ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला १ लाख ८४ हजार तीन सयमा कारोबार भएको सुन आज तोलामा २ हजार ७ सय बढेर १ लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको १ हजार ९ सय […]

पूरा पढ्नुहोस्

नेपाल शिक्षक महासङ्घले जारी आन्दोलनलाई निरन्तरता दिने

नेपाल शिक्षक महासङ्घले जारी आन्दोलनलाई निरन्तरता दिने भएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन जारी रहने जानकारी दिएका हुन् । सरकारले मंगलबार राति बजेट अधिवेशन आह्वान गर्ने र सङ्घीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने निर्णय गरेको थियो । यससँगै सरकारले शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेको थियो । तर […]

पूरा पढ्नुहोस्