Author: Ugin Khabar
आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा ,आज नेपाल र हङकङ भिडदै
आईसीसी यू–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दै छ । तल्लो मुलपानी क्रिकेट मैदानमा दुई टोलीले प्रतिस्पधौ गरिरहेका हुन । नेपालले यसअघि यूएई र ओमानलाई हराएको थियो । अफगानिस्तान पनि ओमान तथा हङकङलाई हराउदै रनरेटका आधारमा नेपालभन्दा अघि छ । आजै अफगानिस्तानले यूएईसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेल्दै छ । नेपालरु […]
पूरा पढ्नुहोस्
बोडेमा प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज मनाइँदै
मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध जिब्रो छेड्ने जात्रा आज मनाइदैछ । यस वर्षपनि स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिदैछन । जात्रामा श्रेष्ठले तेस्रो पटक जिब्रो छेडने भएका हुन् । सुजनले जात्रा जोगाउन आफूले यस वर्ष पनि जिब्रो छेड्न तयार भएको बताएका छन् । […]
पूरा पढ्नुहोस्
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द गरिने
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आजदेखि रातको समयमा बन्द गरिने भएको छ । सडक विस्तार छिटो सम्पन्न गर्न भन्दै आजदेखि रातको समयमा सडक बन्द गर्न लागिएको हो । दाउन्ने खण्डमा आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । आजदेखि १५ गतेसम्म दैनिक रातको ६ घण्टा […]
पूरा पढ्नुहोस्
नेपाल सुपर लिगमा आज काठमाडौं रेजर्स र धनगढी खेल्दै
नेपाल सुपर लिगमा आज काठमाडौं रेजर्स र धनगढी खेल्दैछन् । खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ । लिगमा धनगढी तेस्रो र काठमाडौं चौथो स्थानमा रहेका छन् । बिहीबार भएको खेलमा एफसी चितवनलाई हराउँदै साविक विजेता ललितपुर सिटी एफसी अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरले चितवनलाई २–१ ले हराएको हो । योसँगै चार […]
पूरा पढ्नुहोस्
भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउने तयारी
भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन लागिएको सुरक्षा स्रोतले जनाएको छ । त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार्यालयको टोली नेपाल-भारत सीमा क्षेत्रमा पुगिसकेको छ । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार भएका थिए । उनी झापाको काँकडभिट्टा नाका हुँदै भारत पसेको सूचना पाएपछि प्रहरीले भारतीय […]
पूरा पढ्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ । ट्रम्पको आदेश अनुसार ह्वाइट हाउसले दर्जनौँ देशको ९० दिनका लागि कर वृद्धिको योजनालाई थाती राखेपनि चीनविरूद्ध लगातार कर वृद्धिको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय सञ्चार माधयमका अनुसार चिनियाँ आयातमा नयाँ करको घोषणा गर्दै कुल कर दर […]
पूरा पढ्नुहोस्
रामेछापमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु , ९ जना घाइते
रामेछापमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी अन्य ९ जना घाइते भएका छन् । मन्थली नगरपालिका–३ ठाँटीमा बा १६ च ६४७६ नं को जिप बिहीबार दुर्घटना हुँदा स्थानीय ६२ वर्षीया कृष्णनारायण श्रेष्ठ र ११ वर्षीया भूमिका श्रेष्ठको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार स्थानीय शारदादेवी मन्दिरमा पुजा […]
पूरा पढ्नुहोस्
आज सुनको मूल्य २ हजार रुपैयाँले बढ्यो
कारोबार हुने साताको चौर्थौ दिन बुधबार नेपाली बाजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य २ हजार रुपैयाँले बढेको हो । बुधबार सुनको प्रतितोला मूल्य १ लाख ७५ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको महासंघकले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार […]
पूरा पढ्नुहोस्
चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित
हङ्कङमा आजदेखि शुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ । कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३८ […]
पूरा पढ्नुहोस्
आजदेखि सुरु हुदै कोशी पर्यटन वर्ष
कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर आजदेखि कोशी पर्यटन वर्ष शुुरु गर्दैछ । कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गर्न लागेको हो । तेह्रथुमको प्रसिद्ध तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भको तयारी गरिएको हो । कोशी प्रदेशको पर्यटन प्रर्वद्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय […]
पूरा पढ्नुहोस्



















