Author: Ugin Khabar
वाइडबडी जहाजद्वारा गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान सम्पन्न
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एअरलाइन्सले आज परीक्षण उडान गरेको छ। नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज बेलुका पर्यटनमन्त्री प्रेम आलेसहित २ सय ५० जनाभन्दा धेरै व्यक्ति बोकेर काठमाण्डौबाट भैरहवा गएको हो । भैरहवाको आकाशमाथि पुगेको जहाज एक फन्का मारेर मात्रै अवतरण भएको थियो । तर अवतरणपछि पनि जहाज झन्डै आधा घन्टा रन वे मै अड्किएको थियो । […]
पूरा पढ्नुहोस्
वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन निर्वाचन आयोगको सिफारिस
निर्वाचन आयोगले पालिका चुनावको मतदानको दिन यही वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ । आयोगमा भएको पत्रकार सम्मेलनमा आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदानको दिन ३० गते शुक्रवार नेपालभरि सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो । यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न वैशाख २८ देखि ३० गतेसम्म […]
पूरा पढ्नुहोस्
उम्मेदवारको संख्या एक लाख ५२ हजारभन्दा धेरै : मेयर र अध्यक्षमा महिला कम
पालिका चुनावको लागि उम्मेदवार दिनेको संख्या एक लाख ५२ हजार नाघेको छ । हिजो बेलुकी अबरेसम्म संकलन भएको तथ्याँकअनुसार एक लाख ५२ हजार ६ सय ७६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगकाअनुसार केही जिल्लाका पालिकाबाट तथ्याँक संकलन बाँकी रहेकाले यो संख्या केही बढ्न सक्नेछ । आउँदो ३० गते हुने पालिका चुनावमा ३५ हजार २२१ […]
पूरा पढ्नुहोस्
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एअरलाइन्सकाे ‘वाइडबडी’ले आज परीक्षण उडान गर्ने
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एअरलाइन्सले आज परीक्षण उडान गर्ने भएको छ । नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज दिउँसो ३ बजे काठमाण्डौबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि उड्ने भएको हो । जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरु, पत्रकार लगायत गरी दुई सय ६० जना यात्रु रहने गौतमबुद्ध विमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दाहालले […]
पूरा पढ्नुहोस्
उम्मेदवारको नामावली आज प्रकाशन गरिने
बैशाख ३० गते हुने पालिका चुनाव अन्तर्गत आज मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मनोनयनपत्र जाँचसँगै उम्मेदवारविरुद्ध परेका उजुरीहरुको छानबिन गरी निर्णय गरेर आज बेलुकी पाँच बजेसम्म नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यसूची छ । भोलि १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ गते […]
पूरा पढ्नुहोस्
उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज र भोलि जाँचबुझ
बैशाख १४, २०७९ पालिका चुनावका लागि उम्मेदवार बनेकाहरुको विरोधमा परेका उजुरीमाथि आजदेखि जाँच सुरु हुने भएको छ । आज र भोलि जाँचबुझ गरिने र पर्सि १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उम्मेदवारको विरोधमा हिजो ठाउँठाउँमा दाबी विरोधको उजुरी दर्ता भएको छ । ललितपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयरको […]
पूरा पढ्नुहोस्
तातो र सुख्खा हावाका कारण देशभर गर्मी
केही दिनदेखि देशभर गर्मी बढेको छ । देशका सबैजसो ठाउँमा अधिकतम तापक्रम बढेको छ भने तातो हावा र सुख्खा हावा चल्न थालेको छ । पहाडी क्षेत्रका केही ठाउँमा मौसम आंशिकदेखि सामान्य बद्ली भएर बेलुकीपख केही शीतल भए पनि तराईका जिल्लामा मौसम बद्ली नहुँदा जनजीवन बढी प्रभावित बनेको छ । तराईका धेरैजसो ठाउँमा अधिकतम तापक्रम ४० डिग्री […]
पूरा पढ्नुहोस्
चितवनका ७ पालिकाको मुख्य १४ पदमा १ सय २६ जना उम्मेदवार
चितवनका ७ पालिकाबाट जनप्रतिनिधि बन्न २ हजार २ सय ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार प्रमुखमा ७४, उपप्रमुखमा ४५, अध्यक्षमा ५, उपाध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । १४ जनाका लागि १ सय २६ जनाको उम्मेदवारी परेको हो । यस्तै ९८ जना वडाध्यक्षका लागि ५ सय २ जनाको उम्मेदवारी […]
पूरा पढ्नुहोस्
ओलीले हाम्राे घाेषणापत्रबारे ‘आपत्तिजनक शब्द’ प्रयाेग गर्दा पनि आयाेगले ध्यान दिएन : महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएको छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार सांस्कृतिक समन्वय उपसमितिले आयोजना गरेको ‘कांग्रेस नै चाहियो’ नामक गीत विमोचन समारोहमा बोल्दै प्रवक्ता महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको आरोप […]
पूरा पढ्नुहोस्
जसपा भरतपुरमा गठबन्धनबाट बाहिरियो
जनता समाजवादी पाटी (जसपा)भरतपुरमा गठबन्धनबाट वाहिरीएको छ । पाटीका महानगर कमिटीका अध्यक्ष अनुज जोशीले आज विज्ञप्ति निकाल्दै आफुहरूलाई अपमान भएकोले गठबन्धनबाट बाहिरिएको वताएका छन । गठवन्धनमा आबद्ध दलहरूवीच छलफल र सहकार्य गर्दै अगाडि बढ्ने निर्णय भएपनि हामीलाई कुनै पनि बैठकमा समावेश नगरी गठबन्धन अगाडि बढेको हुदा वाहिरीन वाध्य भएको विज्ञप्तिमा उल्लेछ छ । जसपाबाट मित्रवत […]
पूरा पढ्नुहोस्



















