Author: Ugin Khabar

आजदेखि यात्रुसहित रेल सञ्चालन

चैत २०, जयनगर–कुर्था रेल्वे खण्डमा आजदेखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले हिजो संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गर्नुभएको हो । आज बिहान ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक दुईपटक जयनगर–कुर्था […]

पूरा पढ्नुहोस्

पेट्रोलियम व्यवसायीको आन्दोलन स्थगित, आजदेखि कारोबार नियमित हुने

चैत २०, पेट्रोलियम व्यवसायीहरुको आन्दोलन स्थगित भएको छ । नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच सहमति भएसँगै व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् । निगमको केन्द्रीय कार्यालय टेकुमा हिजो बेलुकी भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो । सहमतिसँगै आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र […]

पूरा पढ्नुहोस्

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आज स्वदेश फर्किंदै

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदै हुनुहुन्छ । काठमाण्डौ फर्किनुअघि उहाँ आज उत्तर प्रदेशको बनारस जाने तालिका छ । त्यहाँ उहाँलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नु हुनेछ । प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे  काठमाण्डौ आउने तालिका छ । तीन दिने औपचारिक भ्रमणका लागि गएको […]

पूरा पढ्नुहोस्

माओवादीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको छ : प्रचण्ड

चैत १९, काठमाण्डौ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको दाबी गर्नुभएको छ । अध्यक्ष दाहालले छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा त सुशासन, विकास र समृद्धिको एउटा मोडल नै स्थापित छ भनेर एउटा संसदीय समितिको रिर्पोटले देखाएको बताउनुभयो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज […]

पूरा पढ्नुहोस्

सीमा विवाद द्धिपक्षीय संयन्त्रमार्फत समाधान गर्न मोदीसँग देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीचको सीमा विवाद द्धिपक्षीय संयन्त्रमार्फत समाधान गर्न भारतीय समकक्षी नरेन्द्र मोदीसँग आग्रह गर्नुभएको छ ।नयाँदिल्लीको हैदराबाद हाउसमा शनिबार भएको द्धिपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उहाँले समकक्षी मोदीसँग सीमा विवादको कुरा उठाउनुभएको हो ।प्रधानमन्त्री देउवाले आफूहरूबीच सीमा विवादका विषयमा छलफल भएको र द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेको जानकारी दिनुभयो ।पत्रकार सम्मेलनमा […]

पूरा पढ्नुहोस्

एमालेसँग आत्तिएका विरोधीले सरकारबाट हटाए : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग आत्तिएका विरोधीहरूले आफूलाई सरकारबाट हटाएको आरोप लगाउनुभएको छ । नेकपा एमाले खोटाङले शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय आत्मनिर्भरता विकास गरेर देखाएकाले एमालेलाई सत्ताच्यूत गरिएको बताउनुभयो । वृद्धवृद्धालाई भत्ता, आफ्नो गाउँ आफै बनाऔंदेखि विकासको नयाँ लहर ल्याएको देखेर एमालेले सँधै सरकार चलाउने […]

पूरा पढ्नुहोस्

नेपालमा नयाँ शीतयुद्धको छायाँ मडारिरहेको छ : पूर्व प्रधानमन्त्री भट्टराई

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छायाँ मडारिरहेको बताउनु भएको छ । बिहीवार रिपोर्टस क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताउनु भएको हो । उहाँले विश्व राजनीतिसँगै परिवर्तित भूराजनीतिका कारण अमेरिका, चीन र भारतबीचका सम्बन्धहरुले समेत नेपालको आन्तरिक सम्बन्धलाई प्रभावित […]

पूरा पढ्नुहोस्

आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने प्रचण्डको भनाई

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित रिपोर्टस् क्लवको २४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताउनुभएको हो । उहाँले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धनलाई अगाडी बढाउन […]

पूरा पढ्नुहोस्

२४ घण्टामा २५ जनामा कोरोना सङ्क्रमण

चैत १७, पछिल्लो २४ घण्टामा नेपालमा २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ५१ जनाको नमुना परीक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८९ जना कोरोना सङ्क्रमित निको भएसँगै अब नेपालमा कोरोनाका सक्रिय सक्रमतिको […]

पूरा पढ्नुहोस्

सत्ता गठबन्धन लोभी र पापीहरूको गठबन्धन भएको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन लोभी पापीहरूको गठबन्धन भएको आरोप लगाउनुभएको छ । आज बुधबार भक्तपुरमा सूर्यविनायक हरित कृषि थोक बजारको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले पाँच दलीय सत्ता गठबन्धनलाई एक(एक किलो ढकको संज्ञा दिँदै एमाले एक्लैचाहिँ एक क्वीन्टलको ढक भएको दावी गर्नुभएको छ । अब कुनै पनि […]

पूरा पढ्नुहोस्