Author: Ugin Khabar
यस वर्षको एसइई परीक्षा वैशाख ९ देखि २० गतेसम्म हुने
यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष एसइईको आन्तरिक मूल्याङ्कन गरेको र त्यसअघिका […]
पूरा पढ्नुहोस्
सर्वोच्च प्रशासनद्वारा दर्ता गर्न अस्वीकार
काठमाडौँ, २६ माघ रासस सर्वोच्च अदालत प्रशासनले स्थानीय तहको निर्वाचनपछि पाँचवर्षे कार्यकाल उपभोग गर्न नपाउने उल्लेख गर्दै पेस भएको निवेदन दर्ता गर्न अस्वीकार दरपीठ गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले महोत्तरीको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले पेश गर्नुभएको निवेदन दरपीठ गर्नुभएको हो । दरपीठमा भनिएको छ, “नेपाल सरकारबाट स्थानीय तह निर्वाचन ऐन, २०७३ […]
पूरा पढ्नुहोस्
जसपा फुटको संघारमा
अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच द्वन्द्व चर्को बनेपछि जनता समाजवादी पार्टी जसपा फुटको संघारमा पुगेको छ । यादवमाथि एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै आएको भट्टराई पक्ष पार्टीमा सकेसम्म ५१ प्रतिशत पुर्याउने, नभए अर्को पार्टी गठन गर्ने तयारीमा जुटेको छ । अध्यक्ष यादवलाई अन्तिम दबाबका रूपमा तत्काल केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरिएको, […]
पूरा पढ्नुहोस्
कमल थापाद्वारा राप्रपा परित्याग गरेको घोषणा
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । आज मङ्गलवार हेटौँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएको घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीमाथि पटक–पटक निर्मल निवासको हस्तक्षप भएको दाबी गर्दै त्यो राम्रो नभएको बताउनुभयो । नयाँ पार्टी खोल्नेबारे के विचार छ भन्ने पत्रकारको प्रश्नमा […]
पूरा पढ्नुहोस्
कोरोनाबाट थप ११ जनाको ज्यान गयो, ५ हजार जनाभन्दा धेरै निको
कोरोना सङ्क्रमणका कारण नेपालमा थप ११ जनाको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ३८ पुगेको छ । पछिल्ला दिनमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटे पनि ज्यान गुमाउनेको सङ्ख्या भने घटेको छैन । यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण […]
पूरा पढ्नुहोस्
बुधवार भरतपुरका केही क्षेत्रमा विधुत अवरुद्ध हुने
बुधवार भरतपुरका केही क्षेत्रमा विधुत अवरुद्ध हुने भएको छ । आँपटारीदेखि वुद्घगुम्बा सम्मको विधुत पोल स्थान्तरण गर्नुपर्ने भएकोले गैडाकोट फिडर अन्तर्गतका क्षेत्रमा विधुत अवरुद्ध हुने नेपाल विधुत प्राधिकरण भरतपुर वितरण केन्द्रका ईन्जिनिएर अविनाश महतले जानकारी दिएका छन । ईन्जिनिएर महतको अनुसार रामनगर, देवाघाट, जुगेडी, कविलास लगाएतका क्षेत्रमा विहान ९ वजेदेखि ५ वजेसम्म विधुत अवरुद्ध हुनेछ ।
पूरा पढ्नुहोस्
भरतपुर महानगरको मेयरमा उठ्ने जसपा नेता जोशीको घोषणा
सरकारले स्थानिय चुनावको मिति घोषण गरेसँगै जनता समाजवादी पाटी भरतपुर महानगर अध्यक्ष अनुज जोशीले महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन । पाटीको महानगर कमिटिलाई चुनाव केन्द्रित हुन जोशीले आग्रह गरेका छन । उनले सबै महानगर वासीलाई छाता चिन्हमा भोट हालेर सहयोग गर्न आग्रह गरेका […]
पूरा पढ्नुहोस्
वैशाख ३० गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने सरकारको निर्णय
सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । यसअघि सरकारले जेठमा चुनाव गर्ने तयारी गरे पनि निर्वाचन आयोगले आफूहरू वैशाखमै चुनाव गर्न सक्षम […]
पूरा पढ्नुहोस्
माओवादीले बोलायो केन्द्रीय समितिको बैठक, एमसीसीबारे पनि छलफल हुने
सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही माघ २८ र २९ गतेका लागि बोलाइएको हो । कोरोना सङ्क्रमणका कारण पटक–पटक स्थगित हुँदै आएको बैठक यस पटक भौतिक रूपमा नै बस्न लागेको हो । बैठकमा […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा लागिरहेका छौँ : मन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागिरहेको बताउनुभएको छ । आज सोमवार विद्युतीय प्रायोगका साधनमा जोड दिन माग गर्दै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले बुझाएको ज्ञापन पत्र लिँदै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले यसबारेमा आफू सकारात्मक रहेको र वैकल्पिक प्रयोगको प्राथमिकताका बारेमा […]
पूरा पढ्नुहोस्



















