Author: Ugin Khabar
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालको विजयी शुरुआत
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशाला आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलले हरायो । नेपालका लागि खेलको १०औं मिनेटमा विमला चौधरीले गोल गरिन् । शुरुआतमै अग्रता लिएको नेपालले थुप्रै अवसर बनाए पनि गोलमा परिणत हुन सकेन । प्रतियोगितामा आज भएको उद्घाटन खेलमा म्यानमारले लेबनानलाई ३-१ गोलले […]
पूरा पढ्नुहोस्
नेपाली विद्यार्थीलाई कक्षामा फर्किन केआईआईटी विश्वविद्यालयको अपील
भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आग्रह गरेको छ । विश्वविद्यालय प्रशासनले हिजो अपील सार्वजनिक गर्दै दुर्भाग्यपूर्ण घटना भएको भन्दै नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आग्रह गरेको हो । प्रशासनले क्याम्पस छोडेका वा छोड्ने योजना बनाएका सबै नेपाली विद्यार्थीहरूलाई फर्किएर कक्षामा सहभागी हुन अपील गरेको छ । यसअघि […]
पूरा पढ्नुहोस्
आजको राशिफल – Today’s Horoscope
मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। व्यापारमा आम्दानी बढाउन सकिनेछ। […]
पूरा पढ्नुहोस्
भारतमा बी-टेक पढिरहेकी नेपाली छात्राको शंकास्पद मृत्यु
भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् एक जना नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा भेटिएकी छन् । ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् । कलेजले उनले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको द न्यू इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ । ‘उनी केआईआईटीमै अध्ययनरत […]
पूरा पढ्नुहोस्
लुम्बिनी प्रदेशसभामा ओली : अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ अगाडि बढाउनुपर्ने बताएका छन् । लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले आफ्नो देश आफैले बनाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने, “४० वर्ष अगाडि छिमेकी चीन गरिबमुलुक थियो, अहिले आफ्नै मेहिनतले सम्पन्न भइसकेको […]
पूरा पढ्नुहोस्
अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन् । अस्पतालमा दुई दिनदेखि उपचार गराई रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उनलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ । “दुवै जनाको […]
पूरा पढ्नुहोस्
उत्तरी गोरखामा पुनः भारी हिमपात
गोरखा। उत्तरी गोरखामा भारी हिमपात भएको छ । गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिए । ‘लामो सुख्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो, उनले भने, ‘‘दुई दिन अगाडि सामान्य हिउँ परेको भए तापनि अहिले परेको हिउँ यो यामनै सबैभन्दा ठूलो हिमपात हो ।’’ नुब्री भ्याली भनेर चिनिने उत्तरी गोरखाको […]
पूरा पढ्नुहोस्
आजदेखि काठमाडौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु
आजदेखि काठमाडौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुन लागेको फुटबलको दोस्रे खेलमा नेपालले किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ । यसअघि उदघाटन खेलमा म्यानमार र लेबनानबिच दिउँसो दुई बजे प्रतिस्पर्धा हुनेछ । खेलका लागि नेपाल बाहिर रहेका महिला फुटबल खेलाडी एन्जिला […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाको बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको छैटौं र सातौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ। त्यस्तै गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ माथि सामान्य छलफल गरियोस भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत […]
पूरा पढ्नुहोस्
लुम्बिनी प्रदेशसभामा आज प्रधानमन्त्री ओलीको विशेष सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन्। आज बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि प्रधानमन्त्री ओलीलाई प्रदेश सरकारले निमन्त्रणा गरेको छ। ओलीले मध्यान्ह १२ बजे विशेष सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा […]
पूरा पढ्नुहोस्



















