Banner

वाईसीएलको अध्यक्षमा श्रीपाली, महासचिवमा शाही

भदौ ५, माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् । राजधानीमा दुई दिनदेखि चलेको राष्ट्रिय भेलाबाट श्रीपालीलाई अध्यक्षमा चयन गरिएको वाईसीएलका नेता पुष्प वलीले जानकारी दिए । यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । वलीका अनुसार केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा भएको छ ।

पूरा पढ्नुहोस्

२४ घण्टामा २ सय ८६ जनामा काेराेना पुष्टि

पछिल्लो २४ घण्टामा दुई सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार चार सय २३ जनाको नमुना परीक्षण गर्दा दुई सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । यही […]

पूरा पढ्नुहोस्

माओवादी केन्द्रको महासचिवमा देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन

नेकपा (माओवादी केन्द्र)को महासचिवमा देवप्रसाद गुरुङ चयन हुनुभएको छ । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले महासचिवमा देवप्रसाद गुरुङलाई चयन गर्ने निर्णय गरेको हो । त्यसैगरी पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा हुनु भएको छ । महासचिवमा गुरुङ र उपमहासचिवमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, […]

पूरा पढ्नुहोस्

कांग्रेसले भदाै १० गतेदेखि १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउने

नेपाली कांग्रेसले आउँदो चुनावलाई लक्षित गरी भदौ १० गतेदेखि १४ दिनसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले पत्रकार सम्मेलन गरेर चुनाव लक्षित अभियानबारेमा जानकारी गराउनुभएको हो । अभियानको पहिलो चरण भदौ १० देखि २४ गतेसम्म रहनेछ भने दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि हुने र तेस्रो तथा निर्णायक […]

पूरा पढ्नुहोस्

केपी ओलीबारे सकारात्मक कुरा नगर्न आफ्नाे पार्टीका नेता, कार्यकर्तालाई माधव नेपालकाे निर्देशन

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिनु भएको छ । शनिबार काठमाण्डाैमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा बोल्दै अध्यक्ष नेपालले ओलीबारे सकारात्मक हुने खालको कुनै पनि प्रचार नगर्न पार्टी पंक्तिलाई सचेत गराउनु भएको हो । ओलीबारे पोजेटिभ हुने गरी प्रचार गरिए […]

पूरा पढ्नुहोस्

पछिल्लो २४ घण्टामा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा दुई सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार तीन सय ३७ जनाको नमूना परीक्षण गर्दा दुई सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण दुई जनाको ज्यान गएको छ […]

पूरा पढ्नुहोस्

आज कृष्ण जन्माष्टमी, सार्वजनिक विदा

वैदिक सनातन धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी […]

पूरा पढ्नुहोस्

नागरिकता विधेयक बहुमतले पारित

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे नागरिकता विधेयक जस्ताकाे तस्तै बहुमतले पारित भएकाे छ । विधेयक पारित गर्नका लागि मतदान भएकाे थियाे । संसदमा एक सय ९५ जना सांसद उपस्थित भएकामा पक्षमा एक सय ३५ जनाले पक्षमा मतदान गरेका थिए । यस्तै विपक्षमा ६० जनाले मतदान गरेका छन् । मत दिन्न भन्नेमा कसैले पनि […]

पूरा पढ्नुहोस्

माओवादी बैठक भोलि बिहानसम्मलाई स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि स्थगित भएको छ। बिहीबार बिहान ९ बजे बोलाइएको बैठक दिउँसो ४ बजेलाई सारिएको थियो । संसदमा नागरिकता विधेयकमाथिको छलफल नसकिएका कारण बैठक भोलि शुक्रबार बिहान ८ बजेसम्मलाई स्थगित भएको माओवादीका केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पदाधिकारी घोषणा […]

पूरा पढ्नुहोस्

सत्तारुढ गठबन्धनको नाममा अपवित्र साँठगाँठ : अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावका लागि सत्तारुढ दलहरुले गठबन्धनको नाममा अपवित्र साँठगाँठ गर्न खोजिरहेको आरोप लगाउनुभएको छ । एमालेसँग एक्ला-एक्लै चुनाव लड्ने हिम्मत नभएका कारण दलहरु अपवित्र साँठगाँठतर्फ लागेको उहाँको आरोप छ । गृहजिल्ला झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले जस्तोसुकै साँठगाँठ र गठबन्धन गरे पनि मंसिर ४ को चुनावमा […]

पूरा पढ्नुहोस्