Banner
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे बालुवाटारमा बस्ने तयारी छ । आजको बैठक राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव तथा सिट बाँडफाँटलगायत विषयमा केन्द्रित हुनेछ । साथै सिट बाँडफाँट कार्यदलमा भएको छलफलको प्रगति विवरण पनि आजको बैठकमा पेस गर्ने तयारी छ । तर कार्यदलले […]
पूरा पढ्नुहोस्
नागरिकता विधेयक आजै पारित हुने सम्भावना, प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्दै
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसदमा फिर्ता गरेको नागरिकता सम्बन्धी नयाँ विधेयक आजै पारित गर्ने सम्भावना छ । आजको प्रतिनिधि सभाको बैठकबाट विधेयक पारित गर्ने तयारी भएको हो । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने कार्यसूची छ । प्रस्तावमा सांसदहरूले […]
पूरा पढ्नुहोस्
नारायणी कला मन्दिरद्वारा ३ गते नारायणगढमा रोपाई जात्रा
नारायणी कला मन्दिरले रोपाई जात्रा निकाल्ने भएको छ । नारायणी कला मन्दिरका सचिव तथा कार्यक्रम संयोजक सनद कुमार पियाले संस्कृति संरक्षणका लागि रोपाई जात्रा निकाल्न लागिएको बताउनुभयो । ३ गते शुक्रबार कृष्ण्जन्माष्टमीको दिन दिउसो ३ बजे रोपाई जात्रा निस्कने बताउनुभयो । कला मन्दिरले २०५४ सालदेखि निरन्तर रोपाई जात्रा निकाल्दै आइरहेको छ । कला मन्दिरका अध्यक्ष […]
पूरा पढ्नुहोस्
नागरिकता विधेयक पास गर्न भोलिको संसद् बैठकमा प्रस्ताव पेस हुने
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै फिर्ता पठाएको नागरिकता विधेयक पुनः पास गर्न भोलि बिहीवार संसदमा प्रस्ताव पेस हुने भएको छ । प्रतिनिधि सभाको भोलिको बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक पारित गर्न प्रस्ताव पेस हुने उल्लेख छ । भोलि संसद् बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता संशोधन विधेयकमाथि पुनर्विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नुहुनेछ […]
पूरा पढ्नुहोस्
सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले प्रगति विवरण शीर्ष तहमा बुझाउने
प्रदेश सभा र प्रतिनिधि सभा चुनावकाे सिट बाँडफाँटको मोडालिटी तय गर्ने जिम्मा पाएको सत्तारूढ गठबन्धन कार्यदलले आफ्नो अहिलेसम्मको प्रगति विवरण शीर्ष तहमा बुझाउने भएको छ । आज बुधवार बालुवाटारमा बसेकाे कार्यदलको बैठकले सिट बाँडफाँटको मोडालिटी निष्कर्ष नजिक पुगेको उल्लेख गर्दै अहिलेसम्मको प्रगति विवरण शीर्ष तहमा बुझाउने निर्णय गरेको हो । अर्को बैठकमा त्यसबारे निर्णयमा पुग्ने गरी अहिलेसम्म भएको प्रगति […]
पूरा पढ्नुहोस्
माओवादीसँग एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने नेकपा एसकाे निर्णय
नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले वामहरूको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी […]
पूरा पढ्नुहोस्
माओवादी स्थायी कमिटी बैठक दिउँसो १ बजेसम्मका लागि सर्यो
भदौ १ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ। बुधबार बिहान ८ बजेका लागि बोलाइएको बैठक सरेको हो। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ। यसअघि मंगलबार माओवादी स्थायी कमिटी बैठक बसेको थियो। बैठकले डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई माओवादीको चुनाव चिन्हबाट लड्न दिने […]
पूरा पढ्नुहोस्
गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
भदौ १, आउँदो मंसिर ४ गतेका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँट टुंगो लगाउन बनेको कार्यदलको बैठक बस्दैछ। बैठक आज बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ। बुधबारको बैठकले सिट बाँडफाँटबारे ठोस निर्णय लिन सक्ने र सकेसम्म कार्यदलले नै सबै काम टुंगो लगाएर शीर्ष […]
पूरा पढ्नुहोस्
महाभियोग सिफारिस समितिको बैठक बस्दै
भदौ १, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमा छानबिन गर्न बनेको समितिको बैठक बस्दैछ। प्रतिनिधि सभाले बनाएको उक्त समितिको बैठक बुधबार बिहान कानुन, न्याय तथा मानवअधिकार समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेगरि बोलाइएको छ। समितिको पहिलो बैठक बस्न लागेको हो। बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुनेछ। गत २२ फागुनमा गठन भएको समितिमा रामबहादुर विष्ट, मीनबहादुर विश्वकर्मा, […]
पूरा पढ्नुहोस्
आजदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलामा पूर्ण प्रतिबन्ध
सरकारले आजदेखि काठमाण्डौ उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए नभएको बारे आजैदेखि अनुगमन थाल्ने वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज ठाउँ ठाउँमा अनुगमन टोली खटिनेछ । ४० माइक्रोन भन्दा पातला झोला प्रयोग […]
पूरा पढ्नुहोस्



















