Banner

थप ८ सय १४ जनामा काेराेना सङ्क्रमण

नेपालमा पछिल्लाे २४ घण्टामा आठ सय १४ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै सक्रिय सङ्क्रमितकाे सङ्ख्या पाँच हजार नाघेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । २४ घण्टामा पीसीआर र एन्टिजेन गरी पाँच हजार चार सय १५ जनाकाे नमुना परीक्षण भएकाे थियाे । थप आठ सय १४ जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

साउन १७, संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टाण्डर्ड नाप र तौल पाँचौं संशोधन० विधेयक, २०७४’, ‘प्रत्यायन विधेयक, २०७८’ विधेयक प्रस्तुत् गर्ने कार्यसूची रहेको छ । ‘तथ्यांक विधेयक, २०७८’ दफावार छलफलका लागि […]

पूरा पढ्नुहोस्

मुग्लिन-नारायणगढ सडक खण्डको ठाउँ-ठाउँमा पहिरो : गाडीको आवतजावत ठप्प

ठाउँ-ठाउँमा गएको पहिरोका कारण काठमाण्डौसँग जोडिएको मुख्य राजमार्ग मुग्लिन-नारायणगढ सडक खण्ड ठप्प भएको छ । गएराति ११ बजेदेखि नै यो सडक खण्ड ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका-२९ को केराबारीमा ठूलो पहिरो गएको छ । यस्तै, भरतपुर महानगरपालिकाकै १७ किलोमा पनि […]

पूरा पढ्नुहोस्

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । आज दिउँसो प्रदेश-१, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, आज राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही […]

पूरा पढ्नुहोस्

आज नाग पञ्चमी पर्व मनाइँदै

श्रावण शुक्ल पञ्चमीको दिन आज नाग पञ्चमी पर्व मनाइँदैछ। आज बिहान स्नान गरी दीप, कलश र गणेश पूजा गरी गोबर, दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी ढोकामाथि टाँस्नाले सर्प वा नागको डर हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ। नागहरु जस्तै अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुली, कर्कट, शङ्खनाग, शेषनाग आदिको चित्र टाँसिन्छ । यसरी […]

पूरा पढ्नुहोस्

चुच्चे नक्सा जारी गरेकै कारण प्रधानमन्त्रीबाट हट्नुपर्‍याे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्सा (लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितकाे) जारी गरेकै कारण आफू प्रधानमन्त्रीबाट हट्नुपरेको दाबी गर्नुभएकाे छ । अध्यक्ष ओलीले त्याे भू–भाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा राखेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको बताउनुभएको हो । आज सोमवार काठमाण्डाैमा आयोजित डा. द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको […]

पूरा पढ्नुहोस्

कोरोना सङ्क्रमितको उपचारका लागि ७ वटै प्रदेशमा अस्पताल ताेकियाे

काेराेना सङ्क्रमित बिरामीको उपचारका लागि सरकारले सात वटै प्रदेशमा अस्पताल तोकेको छ । कोरोना सङ्क्रमण पुष्टि हुने दर बढ्न थालेपछि सरकारले सङ्क्रमितको उपचारका लागि सरकारले सात वटै प्रदेशमा अस्पतालहरूको नाम तोकेको हो । सरकारले तोकेका यी अस्पतालमा उपचार गर्दा शुल्क नलाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सरकारले कोरोना सङ्क्रमतिको उपचारका लागि तोकिएका अस्पताललाई […]

पूरा पढ्नुहोस्

सरकारलाई विप्लव नेकपाको चेतावनी, ‘हातमा दही जमाएर बस्नेवाला छैनौँ’

ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहितका नेता, कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेकोमा नेकपाले कडा आपत्ति जनाएको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्ति निकालेर सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन हुनुको साटो पक्राउ पुर्जी जारी भएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले सहमति कार्यान्यवयन नभए गम्भीर अवस्था निम्तिन सक्ने चेतावनी दिनुभएकाे हाे । सहमति […]

पूरा पढ्नुहोस्

शपथ लिएलगत्तै अर्थमन्त्री शर्माद्वारा पदभार ग्रहण

अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो । शर्माले त्यसै दिन राजीनामा दिएका थिए । तर संसदीय समितिले […]

पूरा पढ्नुहोस्

वामदेवको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र, चुनाव चिह्न धानको बाला

वामदेव गौतमको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । गौतमको संयोजकत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानलाई आयोगले आइतबार दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न दिएको हो । गौतमको पार्टीले गोलाकारभित्र झुलेको धानको बाला चुनाव चिह्न पाएको हो । त्यस्तै गौतमको पार्टीको केन्द्रीय कार्यालय काठमाडौं र आयोगमा पार्टीको दर्ता नम्बर १९० रहेको […]

पूरा पढ्नुहोस्