Banner

आजदेखि बजेट भुक्तानी र निकासा नहुने,

आजदेखि बजेट भुक्तानी र निकासा नहुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले गएराति १२ बजेदेखि चालु आर्थिक वर्षको भुक्तानी निकासा रोक्न यसअघि नै सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाईहरुलाई निर्देशन दिएको थियो । प्रदेश, जिल्ला र पालिकाहरुले प्रयोग गरिरहेको लेखा र भुक्तानी प्रणाली बन्द गर्न आर्थिक कार्यविधि तथा […]

पूरा पढ्नुहोस्

आज हरिशयनी एकादशी, घर-घरमा तुलसीको बिरुवा रोपिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि  जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष […]

पूरा पढ्नुहोस्

मुस्लिम समुदायले बकर ईद मनाउँदै, आज सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद (इदुल जोहा) आज देशभर मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ । यस अवसरमा देशभरका मस्जिद […]

पूरा पढ्नुहोस्

उपेन्द्र यादवमाथि पाटीका केन्द्रीय सदस्यको आरोप

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा समाजवादी तमु राष्ट्रिय परिषदको संरक्षक संयोजक विनोद कुमार गुरुङ्गले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको कारण पार्टीलाई पुरानो राजनीतिक पार्टीहरुको विकल्पमा तेस्रोधारको वैकल्पिक राजनीतिक शाक्ति बनाउन नसकेको आरोप लगाएका छन् । उनले हस्ताक्षरसहितको एक पत्र जारी गर्दै अध्यक्ष यादवमाथि गम्भीर आरोप लगाए । उनले भने, ‘जसपामा आजसम्म बसेको बैठकहरुको निर्णय […]

पूरा पढ्नुहोस्

पदाधिकारीबाहेक माओवादीको स्थायी कमिटी र पोलिटब्युरो गठन

स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । माओवादीले स्थायी कमिटी ४१ जनाको गठन गरेको छ । यस्तै  पोलिटब्युरो १५६ जनाको बनाइएको छ । माओवादीले पदाधिकारीको भने टुंगो लगाउन सकेन । अध्यक्ष प्रचण्डले २–४ दिन थप होमवर्क गर्नुपर्ने भएकाले यो बैठकबाट पदाधिकारीको टुंगो लगाउन नसकिएको जानकारी दिए […]

पूरा पढ्नुहोस्

सरकारले भित्रभित्रै एसपीपीमा सम्झौता गर्दैछ भन्ने सुन्दैछु : रावल

नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी स्टेट पार्टनरशिप प्राेग्राम (एसपीपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाउनुभएको छ । आज बिहीवार प्रतिनिधि सभाको बैकठपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा सांसद रावलले यस्तो बताउनुभएको हो । उहाँले कुनै न कुनै किसिमबाट सरकारले एसपीपीमा जोडिने रणनीति गरिरहेको कुरा सुनिएको भन्दै यसबारेमा गहन अध्ययन र खोजको आवश्यकता […]

पूरा पढ्नुहोस्

काठमाण्डाै उपत्यकामा थप २ जना हैजा सङ्क्रमण पुष्टि

काठमाण्डौ उपत्यकामा थप दुई जनामा हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएकाे छ । गए राति कागेश्वरी मनहरा नगरपालिकाका ६ का १२ वर्षीय बालक र काठमाण्डाै १३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएकाे हाे । याेसँगै अहिलेसम्म काठमाण्डौ उपत्यकामा २३ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिनुभयो […]

पूरा पढ्नुहोस्

संघ र प्रदेशको निर्वाचनमा १० अर्ब खर्च हुने आयोगको अनुमान

निर्वाचन आयोगले सङ्घ र प्रदेशको चुनाव गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान प्रधानमन्त्री समक्ष पेस गरेको छ । आयोगले २०७४ सालको सङ्घ र प्रदेशको चुनावमा सात अर्ब ८० करोड रुपैयाँ खर्च भएकोमा यो पटक विविध कारणले खर्च बढेर १० अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको हो । कर्मचारीको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्चमा […]

पूरा पढ्नुहोस्

छानबिन समितिलाई सजिलो पार्न राजीनामा दिएँ : शर्मा

अर्थमन्त्री जनार्दन शर्माले छानबिन समितिलाई सजिलो पार्न र सत्य–तथ्य संसदमा ल्याउन आफूले पदबाट राजीनामा दिएको बताउनुभएको छ । आज बुधवार संसदबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले आफूले बजेट निर्माणका क्रममा कुनै पनि गल्ती नगरेको समेत दाबी गर्नुभयो । ‘मैले बजेट निर्माणमा कुनै पनि गल्ती गरेको छैन, स्थापित मूल्य, विधि र पद्धतिका आधारमा बजेट निर्माण भएको छ’, […]

पूरा पढ्नुहोस्

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै अन्दाजी २५ वर्षको पोथी  गैँडा मृत फेला परेको छ । सो गैँडाको खागखुर सुरक्षित रहेको र घाउचोट नभएकाले प्राकृतिक […]

पूरा पढ्नुहोस्