Banner
तत्कालै मन्त्री परिवर्तन गर्न प्रधानमन्त्री देउवाको अस्वीकार
जेठ २३, काठमाण्डौ नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गर्न पठाएको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गर्नुभएको छ । छिटो–छिटो मन्त्री परिवर्तन गर्दा राम्रो सन्देश नजाने र बजेट पनि पास नभइसकेको अवस्थामा मन्त्री परिवर्तन गर्न नहुने देउवाको अडानपछि मन्त्री परिवर्तन नहुने भएका छन् । एकीकृत समाजवादीले चार जना पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्न हिजो […]
पूरा पढ्नुहोस्
पार्टी भन्दिन, साझा भएर काम गर्छु : रेनु दाहाल
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध महानगर निर्माण गर्न राजनैतिक खिचातानी बन्द गर्न भरतपुरबासीलाई आग्रह गरेकी छन् । सोमबार भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा आयोजित वृक्षारोपण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । महानगर प्रमुख दाहालले भरतपुरबासीलाई राजनैतिक खिचातानी रोकेर रचनात्मक सहयोगमा लाग्न आह्वान गरिन् । ‘भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुँदा सबै […]
पूरा पढ्नुहोस्
असार १ गतेबाट आईतबार साप्ताहिक विदा नहुने
सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ । गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका […]
पूरा पढ्नुहोस्
एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझायो
नेकपा (एकीकृत समाजवादी) ले आज आइतवार बेलुकी नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले बेलुकी प्रधानमन्त्री देउवालाई भेटेर नयाँ मन्त्रीको नाम बुझाउनुभएको पार्टी केन्द्रीय प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिनुभयो । सिफारिस भएका मन्त्रीहरूमा सहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामा भवानी खापुङ, संस्कृतिमा जीवनराम श्रेष्ठ र […]
पूरा पढ्नुहोस्
किसानहरू हेपिएर देश बन्दैन, कृषि क्षेत्रलाई माया गराैँ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले किसानहरू हेपिएर देश बन्न नसक्ने बताउनुभएको छ । आज आइतवार नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले किसानहरू हेपिएर देश बन्न नसक्ने भन्दै उनीहरूले दुखेसाे गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताउनुभयो । मन्त्री शर्माले किसानलाई […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज आइतवार भेटवार्ता भएको छ । उहाँहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे । भेटवार्तामा प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पद चयन र सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । भेटमा उहाँहरूबीच नागरिकतालगायत विचाराधीन विधेयक, उपसभामुख चयनका विषयमा पनि छलफल […]
पूरा पढ्नुहोस्
गठबन्धनमा इमानदारिता नहुँदा जसपाले साेचेकाे जस्ताे नतिजा ल्याउन सकेन : भट्टराई
जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनमा इमानदारिता नभएका कारण चुनावमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताउनुभएको छ । जिल्लाको चुनावी समीक्षा गर्न आज शनिवार गोरखा आउनुभएका उहाँले पत्रकारसँग कुराकानी गर्दै चुनावमा पराजयको मुख्य कारण पार्टीको आन्तरिक कारण भए पनि अर्को कारण गठबन्धनमा नै भएको बताउनुभयो । ‘विकास र विनाशको मुख्य […]
पूरा पढ्नुहोस्
चुनावकाे परिणामबाट धेरै असन्तुष्ट छाैँ, समीक्षा गर्दैछाैँ : झलनाथ खनाल
त्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पालिका चुनावकाे परिणामपछि आफ्नो पार्टी सत्तारूढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताउनुभएको छ । आज शनिवार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सम्मानित नेता खनालले सम्मानजनक ढङ्गले गठबन्धन हुँदै नभएको भन्दै चुनावकाे परिणामबाट आफ्नो पार्टी धेरै असन्तुष्ट रहेको टिप्पणी गर्नुभएको हो । उहाँले […]
पूरा पढ्नुहोस्
२४ घण्टामा १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार एक सय ८४ जनाको नमुना परीक्षण गर्दा १६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा नौ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि […]
पूरा पढ्नुहोस्
नारायणहिटी दरबार हत्याकाण्डको २१ वर्ष पूरा
नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो। शुक्रवार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो। यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, […]
पूरा पढ्नुहोस्



















