Banner
चितवनमा जसपा गठबन्धनबाट बाहिरिने सम्भावना
चितवनमा जनता समाजवादी पाटी (जसपा) गठवन्धनबाट बाहिरिने सम्भावना बढेको छ । गठवन्धनमा आबद्ध अन्य दलले जसपालाई वेवस्ता गरेको कारण एक्लै चुनाव लड्ने सम्भावना बढ्न थालेको जसपाको चितवन जिल्ला सचिवालय सदस्य अजय निरौलाका जानकारी दिनुभयो । “जिल्लामा गठवन्धनको बैठकमा जसपालाई बोलाईदैन उहाले भन्नुभयो ठुला दलको वेवस्ताको कारण हामी गठबन्धनबाट बाहिरिने सम्भावना बढेको छ । ” यधपी […]
पूरा पढ्नुहोस्
नेकपा स्थापना दिवसको अवसरमा भरतपुर १० मा दीप प्रज्वलन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना दिवसको अवसरमा भरतपुर १० ले दीप प्रज्वलन कार्यक्रम गरेको छ । आज साँझ भरतपुर १० को कामना चोकमा वडाका नेता कार्यकर्ताहरुले दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलन कार्यक्रममा एमाले पार्टी जिल्ला सदस्य भक्ति गौतम, भरतपुर १० का पार्टी सचिव बद्रि खनाल, प्रेस चौतारीका केन्द्रीय सदस्य शालिकराम नेपाल, अनेरास्ववियु महानगरका […]
पूरा पढ्नुहोस्
रत्ननगरमा जसपा एक्लै चुनाव लड्ने, प्रमुख पदसहित उमेदवार छनोट
९ बैशाख, रत्ननगर । चितवनको रत्ननगर नगरपालिकामा पाँच दलीय गठबन्धनमध्येको एक जनता समाजवादी पार्टी नेपालले मेयरसहित अन्य पदहरुमा उमेदवार छनोट गरेको छ। […]
पूरा पढ्नुहोस्
एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवारी दिएका कानु सहित दर्जनौं जसपा प्रवेश
गत स्थानीय तहको चुनावमा तत्कालिन एमालेबाट छिपहरमाई गाउँपालिका अध्यक्षको उम्मेदवारी दिनुभएका रंजित साह कानु सहित दर्जनौं स्थानीयहरू जसपा प्रवेश गरेका छन्। आज बेलुका जनता समाजवादी पार्टी पर्साको जिल्ला समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उहाँहरुले जनता समाजवादी पार्टी प्रवेश गर्नु भएका हुन्। छिपहरमाई गाउँपालिकाका विभिन्न पार्टीका बिभिन्न एकाई कमिटि परित्याग गरि उहाँहरुले जसपा रोज्नु भएको […]
पूरा पढ्नुहोस्
वैद्य, बाबुराम र विप्लव ढिलो नगरी आउनुस् : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सहकर्मीहरु मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’लाई पुनः एकतामा आउन आग्रह गरेका छन् । बिहीबार कैलालीमा आयोजित कार्यक्रममा उनले वैद्य, विप्लव र बाबुराम एकतामा नआए उनीहरुको पार्टी बाँकी नरहने दाबी गरे । प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निरंकुश प्रवृत्ति परास्त गरेपछि फेरि वाम […]
पूरा पढ्नुहोस्
अहिलेसम्म १ करोड १९ लाख मतपत्र छापियो
यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले अहिलेसम्म एक करोड १९ लाख थान मतपत्र छापिइसकिएको जानकारी दिएको छ । आज बिहीवारसम्म ५३ जिल्लाका लागि एक करोड १९ लाख मतपत्र छापिइसकिएको आयोगले जनाएको हो । आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । सुरुमा दुर्गम जिल्लाका लागि मतपत्र छापेर ढुवानी गरिने र त्यसपछि […]
पूरा पढ्नुहोस्
मेयरमा उठ्न प्रदेश सभा सदस्य सुवेदीद्वारा राजीनामा
नेकपा एमालेबाट बाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित विजय सुवेदीले पदबाट राजीनामा दिनुभएकाे छ । यही वैशाख ३० गते हुने पालिका चुनावमा उम्मेदवार बन्न सुवेदीले प्रदेश सांसद पदबाट राजीनामा दिनुभएकाे हाे । आज बिहीवार बाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामा बुझाएकाे उहाँले जानकारी दिनुभएकाे हाे । नेकपा एमालेले सुवेदीलाई चितवनकाे भरतपुर महानगरपालिकाकाे मेयर पदमा उठाउने […]
पूरा पढ्नुहोस्
भरतपुरमा २९ वटै वडामा जसपाबाट वडाध्यक्षका उम्मेदवार उठाउने तयारी
भरतपुर, ८ वैशाख जनता समाजवादी पार्टी भरतपुर महानगर समितिले २९ वटै वडामा वडाध्यक्ष उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । सत्तारुढ दलहरुबीच चुनावी तालमेल चलिरहेका बेला जसपाले महानगरमा सम्मानजनक सीट बाँडफाड नगरिए भरतपुरका २९ वडाबाटै वडाध्यक्ष उम्मेदवार उठाउने चेतावनी दिएको छ । महानगर समितिका अध्यक्ष अनुज जोशीले मेयर, उपमेयर पदमा सघाउन तयार रहेपनि वडाहरुको नेतृत्वमा जसपालाई […]
पूरा पढ्नुहोस्
सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय खुल्दै
देशभरका ७५३ वटै पालिकामा आजदेखि निर्वाचन अधिकृतको कार्यालय खुल्ने भएको छ । निर्वाचन आयोगले प्रशिक्षण दिएपछि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र कर्मचारी कार्यक्षेत्रमा खटिन लागेका हुन् । सबै निर्वाचन अधिृकत कार्यक्षेत्रमा पुगिसकेका निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उनीहरुले जिल्ला निर्वाचन कार्यालयको समन्वयमा पालिकामा कार्यालय स्थापनादेखि कर्मचारी व्यवस्थापनसम्मका काम गर्नेछन् । आयोगका प्रतिनिधिका […]
पूरा पढ्नुहोस्
डब्लुएचओका महानिर्देशक आज नेपाल आउँदै
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोभ गेहब्रेयसस आज नेपाल आउँदै हुनुहुन्छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उहाँ दिउँसो सवा १२ बजे नेपाल आउनुहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नुहुनेछ […]
पूरा पढ्नुहोस्



















