Banner
सत्ता गठबन्धनभन्दा बाहिर तालमेल गर्न नैतिकताले दिँदैन : डा. भट्टराई
सत्ता गठबन्धनभन्दा बाहिर चुनावी तालमेल गर्नु नैतिकताले नदिने जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले बताएका छन् । जसपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न मंगबार गोरखा आएका उनले पत्रकारहरुसितको कुराकानीमा स्थानीय औचित्य र आवश्यकताका आधारमा स्थानीय स्तरमा जिल्ला र प्रदेशले तालमेल गर्न सक्ने उनले बताए । स्थानीय तहको निर्वाचनका लागि केन्द्रको मुख ताकेर नबस्न उनले […]
पूरा पढ्नुहोस्
गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सरकारले गएको चैतको २४ गते गभर्नर अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेसँगै उहाँ स्वतः निलम्बनमा पर्नुभएको थियो । सरकारको निर्णयविरुद्ध अधिकारीले अस्ति आइतवार सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरि फुयालको एकल इजलासले गभर्नर अधिकारीलाई […]
पूरा पढ्नुहोस्
महानगर र उपमहानगरको भागबन्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै
स्थानीय निर्वाचनको तालमेलको भागबन्डा टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक आज (मंगलबार) पनि बस्दै छ। यही वैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनमा सत्तारूढ गठबन्धनले भने चुनावी तालमेल गरेर उमेदवार उठाउने सहमति गरेको छ। महानगरपालिका र उपमहानगरपालिकाको विषयमा निर्णय गर्न सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज पुनः छलफलमा जुट्न लागेका हुन्। स्थानीय तहको निर्वाचनमा […]
पूरा पढ्नुहोस्
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
बैशाख ६, सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल २७ लाख बालबालिका तथा जुकाको औषधि २४ लाख बालबालिकालाई खुवाइने परिवार […]
पूरा पढ्नुहोस्
सशस्त्र प्रहरीका ५६ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस
सशस्त्र प्रहरीका ५६ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ। रिक्त ५६ डीएसपी पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा समितिको सोमबारको बैठकले बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस गरिएको सूचना प्रकाशित गरिएको छ। बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरुले ऐन नियमावलीको नियम […]
पूरा पढ्नुहोस्
माओवादीले हरेक सोमवार पत्रकार सम्मेलन गरेर चुनावको सूचना सम्प्रेषण गर्ने
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० गतेको पालिका चुनाव सर्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ । माओवादी केन्द्रको प्रचार विभागले आज साेमवार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अनुमानका भरमा केही व्यक्तिले सञ्चारमाध्यममा चुनाव सर्ने शङ्का गरेको तर कुनै पनि हालतमा चुनाव नसर्ने बताउनुभयो । ‘देश चुनावमा होमिइसकेको छ, सबै दल आफ्नो अवस्था सुधारका लागि देश […]
पूरा पढ्नुहोस्
चुनाव सार्न खाेजे एमाले चुप लागेर बस्दैन : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनावसँग डराएको दाबी गर्नुभएको छ । आज साेमवार सोलुखुम्बुको सल्लेरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार र गठबन्धनले चुनाव गराउन नचाहेको आरोप लगाउनुभयो । आफू पराजय हुने निश्चित भएपछि सरकारले विप्लवलाई अघि सारेर चुनाव सार्न खोजिरहेकाले यदि त्यसो गरिएमा एमाले चुप लागेर नबस्ने अध्यक्ष ओलीकाे भनाइ छ । […]
पूरा पढ्नुहोस्
सत्ता गठबन्धनको बैठकमा आज साेमवार पनि निष्कर्षविहीन
पालिका चुनावमा तालमेल गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक आज साेमवार पनि निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आज सहमति जुट्न नसकेको तर छलफल सकारात्मक भइरहेकाले छिटै टुङ्गिने सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भोलि मङ्गलवरा बिहान […]
पूरा पढ्नुहोस्
आजदेखि तराईमा ३ दिनसम्म तातोहावा चल्ने
तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गकाअनुसार तापक्रम वृद्धिसँगै आज, भोलि र पर्सि पश्चिम तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना छ । ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई हिट वेभ अर्थात तातो हावा भनिन्छ । यसबेला मानिसलाई लू लाग्ने सम्भावना धेरै हुन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको […]
पूरा पढ्नुहोस्
सत्ता गठबन्धनको बैठक सुरू
सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सुरु भएको छ । स्थानीय तह निर्वाचनमा पालिकाहरूको भागबण्डालगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरुभएको हो । आइतबार बसेको बैठकमा दलका नेताहररूले आ-आफ्नो दाबी प्रस्तुत गरेका थिए । आइतबारको बैठकमा नेकपा (माओवादी केन्द्र)ले चितवनको भरतपुर, एकीकृत […]
पूरा पढ्नुहोस्



















