Banner

थप ४ हजार ९ सय ४ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै भएको छ । चार हजार नौ सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको र पाँच हजार नौ सय २४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १४ हजार पाँच सय ६२ जनाको नमूना […]

पूरा पढ्नुहोस्

चितवनमा राप्रपाको वडा कार्यालय स्थापना अभियान सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले वडास्तरीय कार्यालय उद्घाटन अभियान सुरु गरेको छ । भरतपुर महानगरको वडा नम्बर २७ मेघौली र २८ नम्बर वडाको जीतपुरमा वडा कार्यालय स्थापना गरेको छ । राप्रपा केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिना गुरुङले पार्टीको वडा कार्यालयको उद्घाटन गर्नुभएको छ । कार्यक्रममा राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष चेतनाथ वाग्ले, […]

पूरा पढ्नुहोस्

बर्दघाटमा बाघ मृत फेला

भरतपुर, १५ माघ नवलपरासीको बर्दघाटमा मृत बाघ फेला परेको  छ । आज शनिबार  दिउसो बर्दघाट नगरपालिका १६ स्थित दाउन्नेदेवि सामुदायिक वनमा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख शंकर प्रसाद गुप्ताले जानकारी दिनुभयो । घास दाउरा काट्न जंगल गएका स्थानीयले मृत बाघ देखेका थिए । पोथी बाघको शरिरका विभिन्न ठाँउमा गोली लागेर  घाउ भएको अवस्थामा […]

पूरा पढ्नुहोस्

जनमत पार्टीका नेता-कार्यकर्तामाथि कारबाही गर्न जसपाको मा

शान्तिपूर्ण आन्दोलनको नाममा अराजक गतिविधि गरेको भन्दै जनमत पार्टीका नेता कार्यकर्तामाथि कारबाही गर्न जनता समाजवादी पार्टी (जसपा) ले माग गरेको छ । जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले विज्ञप्तिमार्फत राष्ट्रियसभा निर्वाचन भइरहँदा किसान आन्दोलनको आडमा प्रदेशसभा सदस्य एवं स्थानीय तहका प्रमुख उपप्रमुखमाथि गरेको सांघातिक आक्रमणको निन्दा गरेका छन् । जसपाले आक्रमणमा संलग्नमाथि कारबाहीको माग गरेको […]

पूरा पढ्नुहोस्

भोलि सत्ता गठबन्धनको बैठक बस्ने

आगामी निर्वाचनका विषयमा सत्ता गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । आजको छलफलमा सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बोलाउने सहमति भएको छ ।   प्रधानमन्त्री शेरबहादुर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा छलफल गरेका […]

पूरा पढ्नुहोस्

२४ घण्टामा ६ हजार ८ सय २७ जनामा कोरोना पुष्टि

पछिल्लाे २४ घण्टामा नेपालमा ६ हजार आठ सय २७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी १९ हजार आठ सय ६९ जनाकाे नमुना परीक्षण गर्दा ६ हजार आठ सय २७ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । यस्तै थप पाँच हजार चार सय ३२ जना निकाे भएसँगै काेराेना सङ्क्रमणमुक्त […]

पूरा पढ्नुहोस्

संविधानको मर्मअनुसार समयमै चुनाव गराउन प्रधानमन्त्री देउवालाई राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको भावनाअनुसार तोकिएकै समयमा चुनाव गर्न सरकारलाई आग्रह गर्नुभएको छ । आज बिहीवार शीतल निवास पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले लोकतन्त्रको विशेषता नै आवधिक चुनाव भएकाले संविधानको मर्म र भावनाअनुसार स्थानीय तह र अन्य चुनाव गर्न आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले उज्यालोलाई जानकारी दिनुभयो । तोकिएको […]

पूरा पढ्नुहोस्

सम्बन्धित व्यक्तिको सहमति विना तस्बिर र भिडियो सामाजिक सञ्जालमा प्रकाशन गर्न नपाईने

गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिविना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज बिहीवार एक सूचना निकालेर सम्बन्धित व्यक्तिको अनुमतिविना तस्बिर खिच्ने र भिडियो बनाउने र ती व्यक्तिलाई जानकारी नै नदिइ सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही हुने जनाएको छ । […]

पूरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रवार, भर्चुअल माध्यमबाट बस्ने

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रवार ३ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । बैठक भर्चुअल माध्यमबाट बस्नेछ । कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रिय सभा चुनावको समीक्षासँगै स्थानीय चुनावबारे छलफल हुने कांग्रेसले जनाएको छ । बैठकमा कार्यसम्पादन समिति गठनबारे पनि छलफल हुने मुख्य सचिव […]

पूरा पढ्नुहोस्

स्थानीय तहको चुनाव ६ महिना पछि धकेल्न सकिने मन्त्री श्रेष्ठको भनाई

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको चुनाव ६ महिना पछि धकेल्न सकिने बताउनुभएको छ ।आज बुधवार काठमाण्डौमा एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले तीन चरणमा भएको चुनावबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्ने भएकाले स्थानीय तहको चुनाव महिना पछि धकेल्न सकिने बताउनुभएको हो । जनप्रतिनिधिले आफूहरूले पूरा कार्यकाल चलाउन पाउनुपर्ने […]

पूरा पढ्नुहोस्