समाचार
एमालेको केन्द्रीय कमिटी आज पनि जारी रहने
नेकपा एमालेको नवौँ केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने छ। ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेका छन्। बैठक आज पुनः ११ बजे बस्ने छ। बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन […]
पूरा पढ्नुहोस्
कोशी र बागमतीमा हल्कादेखि मध्यम वर्षा
कोशी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । कोशीको झापा र आसपास तथा बागमतीको नुवाकोट र सिन्धुपाल्चोक आसपासमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका सबैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्नेछ । बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले […]
पूरा पढ्नुहोस्
आजदेखि एमालेले केन्द्रीय कमिटी बैठक
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ। बैठक बिहान ११ बजे बस्ने भएको छ। केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको संगठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। केन्द्रीय कमिटीको बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल […]
पूरा पढ्नुहोस्
देवघाटमा बोलबम मेला सुरु
साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेला नेपालकै पवित्र तीर्थस्थल देवघाटधामलगायत जिल्लाका शिवालयहरुमा बिहानैदेखि सुरु भएको छ । मुख्यगरी आजको दिनमा ब्रत बसेर श्रद्धालु भक्तजनहरुले स्नान गरी पवित्र जल र बेलपत्र चढाई शिवको आराधना गरेर मनाउँछन् । धार्मिक पर्यटकीय क्षेत्र पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा आजबाट बोलबम मेला सुरु भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । […]
पूरा पढ्नुहोस्
एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित, विद्या भण्डारीको विषय अनिर्णित
नेकपा एमालेको पोलिटब्यूरो बैठकले विधानमा रहेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ। बैठकमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेका विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार संशोधनमा प्रस्तावमा मुख्य गरी पार्टीमा अबदेखि सङ्गठित र साधारण सदस्य गरी दुई थरी सदस्यताको व्यवस्था रहने […]
पूरा पढ्नुहोस्
कोशी र गण्डकीका केही ठाउँमा ठूलो वर्षा, बाढीको जोखिम
कोशी र गण्डकी प्रदेशका केहि ठाउँमा ठूलो वर्षापछि बाढी जोखिम बढेको छ । धनकुटाका मुलघाट, त्रिवेणी र मझुवाघाट, सुनसरीको तरहरा र धरानबजार, इलामको माईपोखरी, कास्कीको लुम्लेलगायतका क्षेत्रमा ठूलो वर्षा भएको हो । सुनसरीको सार्दु खोला मदन भण्डारी राजमार्ग जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ । त्यस्तै कास्कीको लुम्ले क्षेत्रमा ठूलो वर्षा भएकाले सतर्कता […]
पूरा पढ्नुहोस्
एमालेमा आजदेखि विधान महाधिवेशनबारे औपचारिक छलफल : दिउँसो सचिवालय बैठक
नेकपा एमालेको विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न आज एमाले केन्द्रीय सचिवालयको बस्ने भएको छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विषयहरूमा छलफल र निर्णयहरू हुनेछन् । आजको बैठकमा विधान संशोधन प्रस्तावका खाकाहरू प्रस्तुत हुने छ […]
पूरा पढ्नुहोस्
गत वर्षको तुलनामा राजस्व १ खर्ब २० अर्बले बढ्यो
गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन १ खर्ब २० अर्बले बढेको छ । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्षको भन्दा यो १ खर्ब २० अर्ब बढी हो । अर्थात् ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ […]
पूरा पढ्नुहोस्
सरकारमाथि ज्ञानेन्द्र शाहीको कटाक्ष : अब भ्रष्टाचारीको देश भनेर गिनिज बुकमा नाम खेलाउनुस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घुस डिल प्रकरणमा मुछिएका संघीयमा मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्न माग गरेको छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो माग गरेका हुन्। मन्त्री गुप्ताले मंगलबार मात्रै राजीनामा दिएका छन्। तर राजीनामा गराएर उम्काउन नमिल्ने भन्दै सांसद शाहीले गुप्तालाई पक्राउ गरेर छानबिन नै […]
पूरा पढ्नुहोस्
राजकुमार गुप्ताले दिए राजीनामा
बिचौलियासँग घुसको संवादपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्। मन्त्री गुप्ताले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुक यसबारे उल्लेख गरेका छन्।
पूरा पढ्नुहोस्



















