समाचार

तीन मन्त्रीहरुको शपथग्रहण आज

बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरुको शपथग्रहण आज हुँदैछ । मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार नियुक्त गरेका मन्त्रीहरु गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई विहीबार (आज)दिउँसो शपथ ग्रहण गराउने कार्यक्रम छ । बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह बिहीबार दिउँसो १ बजेका लागि तय भएको छ । नेपाली कांग्रेस […]

पूरा पढ्नुहोस्

मन्त्री दाहालद्वारा नागढुंगा सुरुङ सञ्चालनगर्न निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थलगत अनुगमन गरी जानकारी लिएका छन्।मंगलबार बिहान सडक विभागका अधिकारीहरू सहित उनले सुरुङ मार्गको निरीक्षण गरेका हुन् । त्यसक्रममा उनले बाँकी काम छिटो सकेर संचालनको तयारी गर्न निर्देशन दिए ।                              […]

पूरा पढ्नुहोस्

विधुत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य चितवनमा

चितवनका विभिन्न स्थानमा विद्युत आपूर्तिमा देखिएको समस्याबारेमा जानकारी लिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन आएका छन् । शाक्य आज बिहान भरतपुर आएका हुन् । विद्युत प्राधिकरणको चनौली सबस्टेशनले लाइन कटौती गरेको सूचना जारी गरेपछि चितवनमा लोडसेडिङ गरेको भन्दै आलोचना भएपछि शाक्य आफैं चितवन आएका हुन् । शाक्यको सचिवालयका इन्जिनियर नारायण अर्यालका अनुसार शाक्य भरतपुरको […]

पूरा पढ्नुहोस्

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ। त्यसैगरी बागमती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ८८.५३ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ। लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ। कर्णााली प्रदेशमा ९१.३८ […]

पूरा पढ्नुहोस्

बाँस प्रवर्द्धनमा जुटेका खोटाङको दिक्तेलका मेयर सत्याग्रहमा

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले हिजोदेखि सत्याग्रह शुरु गर्नुभएको छ । बाँसजन्य सामग्रीको प्रवद्र्धनसहित सात बुँदे माग राख्दै उहाँले काठमाण्डौको माइतीघर मण्डलामा सत्याग्रह शुरु गर्नुभएको हो । बाँसका सामग्री तथा स्थानीय कोदोको रक्सी प्रवद्र्धन, बाँदर नियन्त्रण, भ्रष्टाचार नियन्त्रणल गायतका सात बुँदे माग उहाँले राख्नुभएको छ । नगरपालिकाले राखेको माग सम्बोधन नभएपछि बाध्य […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभाको बैठक बस्दै

सङ्घीय संसद् राष्ट्रिय सभाको बैठकॐ आइतबार बस्दैछ। दिउँसो सवा १ बजे बस्ने बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ। प्रतिनिधिसभाको बैठक भने साउन १९ गतेका लागि बोलाइएको छ।

पूरा पढ्नुहोस्

चितवनका विभिन्न ठाउँमा आज ६ घण्टा विद्युत् आपूर्ति कटौती हुने

गर्मीमा माग बढेको भन्दै नेपाल विद्युत् प्राधिकरणको चितवन चनौली वितरण केन्द्रले आज ६ घण्टा विद्युत् आपूर्ति कटौती गर्ने भएको छ । बिहान, दिउँसो, बेलुका र रातिसम्म विद्युत् कटौती हुने चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठले बताउनुभयो । पश्चिम चितवन र माडी क्षेत्रमा चनौलीबाट विद्युत् आपूर्ति हुँदै आएको छ । अत्यधिक गर्मी र रोपाइँको समयमा आकासे […]

पूरा पढ्नुहोस्

मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा

सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशभर विपद संकटग्रस्त घोषणा गरेको हो । यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ को उपदफा १ बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन […]

पूरा पढ्नुहोस्

कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिनँ : वामदेव गौतम

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले आफूलाई काम दिन नसके पार्टीमा लामो समयसम्म बस्न नसक्ने बताउनुभएको छ । काठमाण्डौको कीर्तिपुरमा आज ४७औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा उहाँले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन आग्रह गर्नुभयो । नेता गौतमले काम दिनका निम्ति कुन पद सिर्जना गर्नुपर्छ भन्ने सोचेर कामसहितको पद सिर्जना […]

पूरा पढ्नुहोस्

अबदेखि पीसीएल नर्सिङको प्रवेश परीक्षा नहुने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा यस वर्षदेखि प्रवेश परीक्षा नहुने भएको छ । परिषद्ले एसईईको ग्रेडिङ प्रणालीलाई वैज्ञानिक र पारदर्शी मानेर जीपीएकै आधारमा विद्यार्थी छनोट गर्ने निर्णय गरेको हो । यससँगै अब देशभरिका इच्छुक विद्यार्थीलाई प्रवेश परीक्षाका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ […]

पूरा पढ्नुहोस्