समाचार

कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतले सार्वजनिक गरेको पेशी सूची अनुसार, न्यायाधीश मुसलमानको इजलासमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको सुनुवाइ सुरु भएको हो । घिसिङले आफूलाई गैरकानूनी रुपमा पदमुक्त गरेकाले निर्णय बदर गरेर पुनस्थापनाको माग गरेका छन् । घिसिङले […]

पूरा पढ्नुहोस्

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला १ लाख ७४ हजार ८ सयमा कारोबार भएको सुन आज १ हजार ४ सय रुपैयाँले बढेर तोलामा १ लाख ७६ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० बढेर २ हजार ४० रुपैयाँमा किनबेच […]

पूरा पढ्नुहोस्

आज राजावादी र समाजवादी मोर्चाको जनप्रदर्शन

काठमाडौंमा आज राजतन्त्रवादी र समाजवादी मोर्चाले फरक—फरक प्रदर्शन गर्दैछन् । दिउँसोबाट काठमाडौंको तीनकुनेमा राजावादीहरुले र भृकुटीमण्डपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शन गर्न लागेका हुन् । दुवैले एक अर्काबिरुद्ध प्रदर्शन गर्न लागेका छन् । आन्दोलनका लागि तयारी तिब्र पारिएको छ […]

पूरा पढ्नुहोस्

चाँद जामे मस्जिद चनौली मा लैलतुल कद्र मनाउँदै पश्चिम चितवन मुस्लिम समाज

लैलाेतुल क़द्रको महत्त्व इस्लाम धर्मावलम्बीहरूका लागि विशेष महत्त्व राख्ने रातहरूमध्ये लैलाेतुल क़द्र (शक्ति रात) अत्यन्तै पवित्र मानिन्छ। मुस्लिम समुदायका विश्वास अनुसार यो रातमा अल्लाहले पवित्र कुरआन धरतीमा अवतरण गराउनु भएकाे थियो। यस रातलाई हजार महिनाभन्दा उत्तम मानिन्छ, जसका कारण यो विशेष इबादत (उपासना) गर्ने समयका रूपमा लिइन्छ। इस्लामिक ग्रन्थ कुरआनका अनुसार, लैलाेतुल क़द्र रातमा गरिएका […]

पूरा पढ्नुहोस्

दक्षिण कोरियामा भीषण आगलागी : आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना

बुधबार दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । योन्हाप न्युज एजेन्सीका अनुसार आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका चालकको मृत्यु भएको छ । राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपूर्वको उइसोङको पहाडमा जङ्गलमा लागेको डढेलोे निभाउने क्रममा स्थानीय समय अनुसार दिउसो करीव १२ः५४ मा हेलिकप्टर दुर्घटनाग्रस्त […]

पूरा पढ्नुहोस्

सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी

सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागी भएको छ । प्लाजाको पाँचौ तल्लामा आगलागी हुँदा केही मानिस फसेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले प्लाजाको माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको जानकारी दिए । डीएसपी खतिवडाले माथिल्लो तलामा रहेकाहरूको संख्या यकिन नभएको बताएका । इटहरी उपमहानगरपालिका–६ मुख्य चोकमा रहको प्लाजाको पाँचौ […]

पूरा पढ्नुहोस्

आज सुन चाँदीको मूल्य बढ्यो

नेपाली बजारमा बुधबार आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँ कायम भएको थियो भने आज छापावाल सुन तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ […]

पूरा पढ्नुहोस्

दुवै सदनका बैठक आज, राष्ट्रिय सभामा यी मन्त्रीले जवाफ दिने

संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे र  राष्ट्रिय सभा बैठक दिउँसो १:१५ मा  शुरु हुनेछ। प्रतिनिधिसभामा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची छ। यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको […]

पूरा पढ्नुहोस्

सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटायो

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो । सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै हटाउने निर्णय भएको हो । सरकारले कुलमानलाई हटाएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । […]

पूरा पढ्नुहोस्

नेप्सेको सीईओमा नारद लुइँटेल नियुक्त

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारद लुइँटेल नियुक्त गरेको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले सर्लाहीका लुइँटेललाई सीईओमा नियुक्त गरेको हो । सरकारले नेप्सेका प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन गरेको थियो । सीइओका लागि आवेदन दिएका १० जनामध्ये  झापाका चुडामणि चापागाईं, सर्लाहीका […]

पूरा पढ्नुहोस्