समाचार

सपना विद्यालयले मनायो सातौँ वार्षिकोत्सव तथा अभिभावक दिवस

रत्ननगर,चैत १०- पुर्वीचितवनको रत्ननगर-७ स्थित सौराहामा रहेको सपना विद्यालयको सातौँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। “बच्चाको भविष्य नै अभिभावकको भविष्य हो” भन्ने मुल नाराका साथ सम्पन्न सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षा पुरी गिरी सभाध्यक्ष रहनुभएको थियो। कार्यक्रममा रत्ननगर नगरपालिकाका शिक्षा अधिकारी नारायण वाग्ले प्रमुख अतिथिको रुपमा रहेका थिए। कार्यक्रममा बोल्दै […]

पूरा पढ्नुहोस्

प्लाई उद्योगमा आगगाली हुँदा : ३० भन्दा बढी घर जोखिममा

घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ । उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा रहेका छन् । ती घरका सामान बाहिर निकाल्ने […]

पूरा पढ्नुहोस्

आज सुनको मूल्य घट्यो

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ७४ हजार १ सय रुपैयाँ कायम भएको थियो । […]

पूरा पढ्नुहोस्

विश्व क्षयरोग दिवस जनचेतनामूलक कार्यक्रम गरेर मनाइँदै

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा […]

पूरा पढ्नुहोस्

आज एकै ठाउँमा जुट्दै ओली-देउवा-दाहाल

तीन ठूला दलका शीर्ष नेताको बैठक सोमबार बस्दैछ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुन लागेको हो।  बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने तय भएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए। बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) बारे छलफल हुने बताइएको छ। यही […]

पूरा पढ्नुहोस्

सुन-चाँदीको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

साताको कारोबारको पहिलो दिन आइतबार सुन चाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको हो । व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा किनबेच भईरहेको छ । त्यस्तै, आज चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेको छ […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभाको बैठक आज बस्दै

राष्ट्रियसभाको बैठक आज आइतबार बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो सवा १२ बजेदेखि बैठक शुरू हुनेछ । बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेको ‘प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार […]

पूरा पढ्नुहोस्

सिरहामा दलितको घर भत्काउने तीन जनाविरुद्ध उजुरी दर्ता

सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका पीडित परिवारले प्रहरीमा जाहेरी दिएका छन् । हिजो दलित अगुवासहित पुगेर पीडित परिवारका दिपक मल्लिकले जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरङ्गी बाबालाई प्रतिवादी बनाइएको छ । जाहेरीमा प्रतिवादीहरूले पीडित परिवारमाथि जातीय छुवाछूत गरेको, घर तोडफोड गरी […]

पूरा पढ्नुहोस्

भैरहवामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज रुपन्देहीमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ अन्तर्गत रुपन्देहीको भैरहवास्थित बुद्धचोकमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन् । जिल्ला कार्य समिति रुपन्देहीको आयोजना रहेको वृहत् पार्टी प्रवेश कार्यक्रममा पार्टीका महासचिव एवं लुम्बिनी प्रदेश […]

पूरा पढ्नुहोस्

आज सुन चाँदीको मूल्य घट्यो

आज सुन चाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ९५ मा खरिदबिक्री भइरहेको छ […]

पूरा पढ्नुहोस्