समाचार

समाजवादी र माओवादीमा गएकाहरुलाई एमालेमा फर्किन अध्यक्ष ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा गएकाहरुलाई एमालेमै फर्कन आह्वान गर्नुभएको छ । भक्तपुरमा सूर्यविनायक अस्पतालको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले छाडेर नेकपा एकीकृत समाजवादी र माओवादीमा गएका आफ्ना पुराना सदस्यहरुलाई एमालेमै फर्किन आग्रह गर्नुभएको हो । यस्तै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई स्वार्थी गठबन्धनको संज्ञा दिँदै अबको चुनावमा […]

पूरा पढ्नुहोस्

एकीकृत समाजवादीले एमसीसी सम्झौता संसदमा टेबुल गर्न दिने तर पारित गर्न नदिने

सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीले संसद्मा दर्ता भएको एमसीसी सम्झौता टेबुल गर्न दिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले संशोधन बिना एमसीसी सम्झौता पारित गर्न नसकिने तर प्रतिनीधि सभामा टेबुल गर्न भने दिने निर्णय गरेको पार्टी प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिनुभयो । उहाँले संसदमा एमसीसी टेबुल गर्ने कुरा ठूलो नहुने तर संसदमा […]

पूरा पढ्नुहोस्

थप ३ सय ५० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा तीन सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार ९६ जनाको नमूना परीक्षण गर्दा तीन सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ७२ जना कोरोना संक्रमित निको भएका छन् । थप चार […]

पूरा पढ्नुहोस्

भरतपुर ११ मा कमला देवी युवा क्लव गठन

भरतपुर ११ मा कमला देवी युवा क्लव गठन भएको छ । कमला देवी मन्दिर टोलका ५० जनाको भेलाले क्लव गठन भएको हो । कमला देवी मन्दिर टोलका अध्यक्ष मान बहादुर गुरुङको अध्यक्षतामा टोलमा नयाँ क्लव गठन भएको हो । जसको अध्यक्षमा दिपक लामा, उपाध्यक्षमा साजन लामा, सचिवमा सागर तामाङ, सहसचिवमा रवि कुमाल र कोषाध्यक्षमा मनिषा […]

पूरा पढ्नुहोस्

 देउवा ओली बालकोट भेटवार्ता सकियो 

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । सत्ता गठबन्धनको बैठकपछि देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए । भेटमा के सहमति भयो भन्नेबारे खुलिसकेको छैन । बालकोटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि पुगेकी थिइन् । गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा रातारात ओली भेट्न पुगेका हुन् । भेटपछि देउवाले चाल्ने […]

पूरा पढ्नुहोस्

गठबन्धनको बैठक निष्कर्षहीन, भोली १० बजे फेरि बस्ने

पाँच दलीय सत्तारुढ गठवन्धनको वैठक बिनानिस्कर्ष सकिएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भोली १० बजे फेरि बस्नेगरी बैठक सकिएको बताए । कार्कीका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले दिएको फेब्रुअरी २८ सम्म निष्कर्षमा पु¥याउनुपर्ने प्रस्ताव गरेका थिए ।यसका लागि एमसीसी चाँडो टेबुल गर्नुपर्ने उनको भनाइ थियो । तर, […]

पूरा पढ्नुहोस्

स्थानीय तहको चुनावका लागि आजदेखि दल दर्ता

निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आजदेखि १५ गतेसम्म दल दर्ता गर्न समय दिएको छ । आयोगले दल दर्ता निवेदनको ढाँचा आफ्नो वेबसाइटमा राखेको छ । निर्वाचन आयोगमा अहिले एक सय ६ वटा दल दर्ता भएका छन् । […]

पूरा पढ्नुहोस्

सत्ता गठबन्धनको निर्णायक वार्ता आज

अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौतामा सहमति खोज्न आज सत्ता गठबन्धनमा निर्णायक वार्ता हुँदैछ । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा मतभेद छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जुनसुकै अवस्थामा पनि एमसीसी संसदमा लैजाने पक्षमा हुनुहुन्छ। तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्ष यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नहुने पक्षमा […]

पूरा पढ्नुहोस्

देशका केही ठाउँको मौसम आंशिक बद्ली

देशका केही ठाउँको मौसममा अहिले आंशिक बद्ली भएको छ । प्रदेश-१ को पहाडी क्षेत्रका केही ठाउँको मौसम आज दिनभरजस्तो नै आंशिकदेखि सामान्य बद्ली हुने अनुमान छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार प्रदेश-१ का केही पहाडी क्षेत्रका एकरदुई ठाउँमा आज हल्का पानी पर्ने सम्भावना छ […]

पूरा पढ्नुहोस्

एमसीसी संशोधन गरेर मात्रै पास गर्नुपर्छ : नेता गुरुङ

नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले एमसीसी संशोधन–परिमार्जन गरेर मात्रै पास गर्नुपर्ने बताउनुभयो । आज बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले एमसीसीको विषयलाई संसदमा राष्ट्रिय सहमतिअनुसार टेबल गराइ छलफल गर्नुपर्ने बताउनुभयो । नेता गुरुङले संसदमा अवरोध भएकाले एमसीसीको विषय विधिको शासनलाई कार्यान्वयन गरेर संसदमा राष्ट्रिय सहमतिअनुसार टेबल गर्नुपर्ने बताउनुभयो । उहाँले संसद् नचलेसम्म कुनै […]

पूरा पढ्नुहोस्