समाचार

स्थानीय तह चुनाव : दल दर्ता गर्ने समय भाेलिदेखि फागुन १५ गतेसम्म

निर्वाचन आयोगले २०७९ सालको वैशाख ३० गते हुने स्थानीय तहको आउँदो चुनावका लागि दल दर्ता गर्न भोलि बिहीवारदेखि फागुन १५ गतेसम्मको समय दिएको छ । आयोगले दल दर्ता खुला गर्दै फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । दल दर्ताका […]

पूरा पढ्नुहोस्

एमसीसीविरुद्धको प्रदर्शनमा भएको प्रहरी दमनको निन्दा

अनेरास्ववियू क्रान्तिकारी र योङ् कम्युनिष्ट लिग नेपाल वाईसीएलले एमसीसी सम्झौताको विरोध गर्नेहरूमाथि भएको प्रहरी दमनको निन्दा गरेका छन्। अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र वाईसीएलका संयोजक सुमन देवकोटाले आज संयुक्तरूपमा एक वक्तव्य जारी गरेर एमसीसी सम्झौताको विरोधमा भएको आन्दोलनमाथि प्रहरी दमनको भर्त्सना गरेका हुन्। उनीहरूले राष्ट्रहित विपरीत रहेको एमसीसी सम्झौता विनासंशोधन अगाडी बढाइए थप सशक्त […]

पूरा पढ्नुहोस्

आजको संसद बैठकमा एमसीसी टेबल हुनेमा अन्यौल, सत्ता गठबन्धन थप छलफलमा

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी भए पनि सत्ता गठबन्धनबीच अझै सहमति भएको छैन । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज एमसीसी सम्झौता टेबल गर्ने तयारी गर्नु भएको छ तर नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी यथास्थितिमा एमसीसी टेबल गर्ने पक्षमा छैनन् । यसले आजको संसदमा एमसीसी […]

पूरा पढ्नुहोस्

चितवनमा वन्दको प्रभाव सामान्य

चितवनमा नेपाल वन्दको प्रभाव सामान्य परेको छ । जिल्ला प्रहरी कार्यलय चितवनको अनुसार यतिबेला सामान्य तरिकाले गाडी गुडिरहेका छन् । तर, लामो दूरीमा चल्ने गाडी चलेका छैनन । गृह मन्त्रालयलको सूचनालाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा व्यवस्था कडा बनाईएको छ । चोकचोकमा सुरक्षाकर्मी खटिएका छन । प्रहरीले ढुक्क भएर गाडी चलाउन र यात्रा गर्न आग्रह गरेको […]

पूरा पढ्नुहोस्

एमसिसिको बिरोधमा आज नेपाल बन्दर सतर्क रहन सुरक्षा निकायलाई गृहमन्त्रालयको निर्देशन

एमसिसी सम्झौताको बिरोधमा विभिन्न राजनितिक दलहरुले आज नेपाल बन्दको घोषणा गरेको छ । एमसिसी रास्ट्रघाती सम्झौता भएको भन्दै विभिन्न ६ वटा दलले संयुक्त रुपमा नेपाल बन्दको घोषणा गरेको हो । नेपाल कम्युनिस्ट पार्टी, देसभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा क्रान्तिकारी माओबादी, नेकपा र नेकपा माओबादी केन्द्र समाजबादिले बन्द आव्हान गरेको हो […]

पूरा पढ्नुहोस्

भातृ सङ्गठनको कार्यसमिति विघटन गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले नेपाल विद्यार्थी सङ्घ, तरुण दल लगायतका भातृ सङ्गठनको कार्यसमिति विघटन गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मुस्लिम सङ्घ बाहेकका भातृ सङ्गठनका कार्यसमिति विघटन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । विधानअनुसार महाधिवेशन गर्न नसकी अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यस्तै बैठकले भ्रातृ […]

पूरा पढ्नुहोस्

भोलि बस्ने संसद् बैठकको कार्यसूचीमा एमसीसी सम्झौता परेन

प्रतिनिधि सभाको भोलि बुधवार बस्ने बैठकमा पनि अमेरिकी सहयोग एमसीसी सम्झौता पेस नहुने सम्भावना बढेको छ । संसद् सचिवालयले भोलिका लागि आज मङ्गलवार प्रकाशन गरेको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता पेसको विषय समावेश गरिएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पेस हुने र यो विषयमा आफूले सभामुख अग्नि सापकोटासँग परामर्श गरेको बताए पनि कार्यसूचीमा […]

पूरा पढ्नुहोस्

सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

सभामुख अग्निप्रसाद सापकोटाले भोलि बुधवारका लागि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको छ । सभामुख सापकोटाले संसद् भवन नयाँ बानेश्वरमा बिहान साढे ११ बजे समितिको बैठक आह्वान गर्नुभएको संसद् सचिवालयले जनाएको छ । यसैबीच सचिवालयले सार्वजनिक गरेको प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने विषय समावेश भएको छैन । सम्भवतः […]

पूरा पढ्नुहोस्

संसदीय समिति बैठकमा अध्यक्ष तिमिल्सिना सहभागी हुँदै

काठमाडौँ, ३ फागुन  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय समितिका काम कारवाहीलाई प्रभावकारी तुल्याउन र सदस्यलाई प्रोत्साहन गर्न समितिका बैठकमा सहभागी हुन लाग्नुभएको छ । विधायन व्यवस्थापन समितिको आजको बैठकमा उहाँ सहभागी हुनुहुने सभापति परशुराम मेघी गुरुङले जानकारी दिनुभयो । समितिबाट जनचासोका कानुन निर्माणका प्रयास र भइरहेका काम–कारवाहीका अभ्यासको अध्यक्ष तिमिल्सिनाले बैठकमा सहभागी भई प्रत्यक्ष अनुभव […]

पूरा पढ्नुहोस्

जसपामा तीन अध्यक्षमध्ये रिक्त एक पदमा वरिष्ठ नेता राईलाई चयन गर्ने कसरत

जनता समाजवादी पार्टीमा तीन अध्यक्षमध्ये रिक्त एक पदमा वरिष्ठ नेता अशोक राईलाई चयन गर्ने कसरत सुरु भएको छ । पार्टीमा विवाद चर्किएपछि जसपाका शीर्ष नेताबीच छलफल भएको हो । अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राई, राजेन्द्र श्रेष्ठ र कार्यकारिणी सदस्य महिन्द्रराय यादवबीच छलफल भएको हो । वरिष्ठ नेता महन्थ ठाकुरले […]

पूरा पढ्नुहोस्