समाचार

वैशाख ३० गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने सरकारको निर्णय

सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । यसअघि सरकारले जेठमा चुनाव गर्ने तयारी गरे पनि निर्वाचन आयोगले आफूहरू वैशाखमै चुनाव गर्न सक्षम […]

पूरा पढ्नुहोस्

माओवादीले बोलायो केन्द्रीय समितिको बैठक, एमसीसीबारे पनि छलफल हुने

सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक यही माघ २८ र २९ गतेका लागि बोलाइएको हो । कोरोना सङ्क्रमणका कारण पटक–पटक स्थगित हुँदै आएको बैठक यस पटक भौतिक रूपमा नै बस्न लागेको हो । बैठकमा […]

पूरा पढ्नुहोस्

पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा लागिरहेका छौँ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागिरहेको बताउनुभएको छ । आज सोमवार विद्युतीय प्रायोगका साधनमा जोड दिन माग गर्दै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले बुझाएको ज्ञापन पत्र लिँदै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले यसबारेमा आफू सकारात्मक रहेको र वैकल्पिक प्रयोगको प्राथमिकताका बारेमा […]

पूरा पढ्नुहोस्

कोरोना सङ्क्रमणका कारण थप १३ जनाको ज्यान गयो, ६ हजार एक सय ४६ जना निको

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा नेपालमा १३ जनाको ज्यान गएको छ । सङ्क्रमण पुष्टि हुने क्रम घटे पनि केही दिनयता ज्यान गुमाउनेको सङ्ख्या भने बढिरहेको छ । आज थपिएका १३ जनासहित नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय २७ पुगेको छ । यस्तै थप एक हजार पाँच सय […]

पूरा पढ्नुहोस्

एमसीसीविरुद्ध सत्तारुढ घटक जनमोर्चासहित कम्युनिस्ट पार्टीहरू आन्दोलनमा

सत्तारुढ गठबन्धनमा रहेका जनमोर्चासहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चा एमसीसीविरुद्ध आन्दोलनमा उत्रिने भएका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर […]

पूरा पढ्नुहोस्

आज बसन्त पञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा अर्चना गरिंदै

आज बसन्त पञ्चमी माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–अर्चना गरेर यो पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सङ्केत गर्दै हनुमानढोका दरबारस्थित नासलचोकमा आज बिहान १० बजेर २३ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डरारीबाट वसन्त श्रवण गर्ने कार्यक्रम पनि रहेको छ । राजा प्रताप मल्लको पालादेखि हनुमानढोका दरबारको नासलचोकमा यस दिन वसन्त श्रवण […]

पूरा पढ्नुहोस्

आजदेखि मौसममा पूर्ण सुधार, फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना

आजदेखि मौसममा पूर्ण सुधार हुने र दिन घमाइलो हुने मौसमविदले बताएका छन् । केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको कारण वर्षा र हिमपात भएकोमा हिजो दिउँसोदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको छ । आजदेखि दुई–तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको मौसमविदले बताएका छन् । […]

पूरा पढ्नुहोस्

फाईभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई सञ्चार मन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाईभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिनु भएको छ । मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले फाइभजी सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिनु भएको हो । कम्पनीको १८ औँ वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाण्डौमा […]

पूरा पढ्नुहोस्

निर्वाचन आयोगद्वारा मतपत्र डिजाइनका लागि दरखास्त आह्वान

निर्वाचन आयोगले चुनावलाई लक्षित गरी मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज सूचना प्रकाशित गरेर मतपत्र, लोगो, निर्वाचन चिन्ह तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त मागेको हो । निर्वाचनको समयमा आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख […]

पूरा पढ्नुहोस्

२४ घण्टामा १७ सय जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा झण्डै ६ लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५ लाख ८८ हजार ४ सय ४० जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । यो सहित नेपालमा अहिलेसम्म तीन करोड ३८ लाख २६ हजार ३ सय ३० मात्रा खोपको प्रयोग भएको छ । जसमा […]

पूरा पढ्नुहोस्