समाचार

काङग्रेस एमसीसी पास गर्ने पक्षमा

सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेस भए बहुमतका साथ पारित हुने दाबी गर्नुभएको छ । आज बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता महतले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा स्थानीय चुनावको बारेमा छलफल भएको पनि बताउनुभयो । प्रवक्ता महतले बैठकमा वक्ताहरूले बोल्ने क्रम नसकिएकाले […]

पूरा पढ्नुहोस्

एसईईको तालिका सार्वजनिक

आउँदो वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो । तालिकाअनुसार पहिलो दिन ९ गते अनिवार्य९अङ्ग्रेजी, अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । सरकारले वैशाख ३० गते स्थानीय तहको चुनावको मिति घोषणा गरेकाले […]

पूरा पढ्नुहोस्

कोरोना सङ्क्रमणबाट थप १४ जनाको ज्यान गयो, ७ हजार ७ सय ७७ जना निको

कोरोना सङ्क्रमणका कारण नेपालमा थप १४ जनाको ज्यान गएको छ । सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्ला केही दिनयता नयाँ सङ्क्रमित थपिने क्रम घटे पनि ज्यान गुमाउनेको सङ्ख्या भने बढिरहेको छ । यस्तै […]

पूरा पढ्नुहोस्

यस वर्षको एसइई परीक्षा वैशाख ९ देखि २० गतेसम्म हुने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष एसइईको आन्तरिक मूल्याङ्कन गरेको र त्यसअघिका […]

पूरा पढ्नुहोस्

सर्वोच्च प्रशासनद्वारा दर्ता गर्न अस्वीकार

काठमाडौँ, २६ माघ रासस सर्वोच्च अदालत प्रशासनले स्थानीय तहको निर्वाचनपछि पाँचवर्षे कार्यकाल उपभोग गर्न नपाउने उल्लेख गर्दै पेस भएको निवेदन दर्ता गर्न अस्वीकार दरपीठ गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले महोत्तरीको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले पेश गर्नुभएको निवेदन दरपीठ गर्नुभएको हो । दरपीठमा भनिएको छ, “नेपाल सरकारबाट स्थानीय तह निर्वाचन ऐन, २०७३ […]

पूरा पढ्नुहोस्

जसपा फुटको संघारमा

अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच द्वन्द्व चर्को बनेपछि जनता समाजवादी पार्टी जसपा फुटको संघारमा पुगेको छ । यादवमाथि एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै आएको भट्टराई पक्ष पार्टीमा सकेसम्म ५१ प्रतिशत पुर्‍याउने, नभए अर्को पार्टी गठन गर्ने तयारीमा जुटेको छ । अध्यक्ष यादवलाई अन्तिम दबाबका रूपमा तत्काल केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरिएको, […]

पूरा पढ्नुहोस्

कमल थापाद्वारा राप्रपा परित्याग गरेको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । आज मङ्गलवार हेटौँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएको घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीमाथि पटक–पटक निर्मल निवासको हस्तक्षप भएको दाबी गर्दै त्यो राम्रो नभएको बताउनुभयो । नयाँ पार्टी खोल्नेबारे के विचार छ भन्ने पत्रकारको प्रश्नमा […]

पूरा पढ्नुहोस्

कोरोनाबाट थप ११ जनाको ज्यान गयो, ५ हजार जनाभन्दा धेरै निको

कोरोना सङ्क्रमणका कारण नेपालमा थप ११ जनाको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ३८ पुगेको छ । पछिल्ला दिनमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटे पनि ज्यान गुमाउनेको सङ्ख्या भने घटेको छैन । यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण […]

पूरा पढ्नुहोस्

बुधवार भरतपुरका केही क्षेत्रमा विधुत अवरुद्ध हुने

बुधवार भरतपुरका केही क्षेत्रमा विधुत अवरुद्ध हुने भएको छ । आँपटारीदेखि वुद्घगुम्बा सम्मको विधुत पोल स्थान्तरण गर्नुपर्ने भएकोले गैडाकोट फिडर अन्तर्गतका क्षेत्रमा विधुत अवरुद्ध हुने नेपाल विधुत प्राधिकरण भरतपुर वितरण केन्द्रका ईन्जिनिएर अविनाश महतले जानकारी दिएका छन । ईन्जिनिएर महतको अनुसार रामनगर, देवाघाट, जुगेडी, कविलास लगाएतका क्षेत्रमा विहान ९ वजेदेखि ५ वजेसम्म विधुत अवरुद्ध हुनेछ ।

पूरा पढ्नुहोस्

भरतपुर महानगरको मेयरमा उठ्ने जसपा नेता जोशीको घोषणा

सरकारले स्थानिय चुनावको मिति घोषण गरेसँगै जनता समाजवादी पाटी भरतपुर महानगर अध्यक्ष अनुज जोशीले महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरेका छन । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन । पाटीको महानगर कमिटिलाई चुनाव केन्द्रित हुन जोशीले आग्रह गरेका छन । उनले सबै महानगर वासीलाई छाता चिन्हमा भोट हालेर सहयोग गर्न आग्रह गरेका […]

पूरा पढ्नुहोस्