समाचार

जेठ ४ भित्रै स्थानीय तहको चुनाव हुनुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव जेठ ४ गतेभित्रै हुनुपर्ने बताउनुभएको छ । आज बुधवार भक्तपुरको गठ्ठाघरमा रहेको एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको चुनाव हुनुपर्ने बताउनुभएको हो । सरकार संविधान कार्यान्वयन, सङ्घीयताको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासमा लाग्नुभन्दा सत्ता स्वार्थमा केन्द्रित रहेको […]

पूरा पढ्नुहोस्

मूल्यवृद्धि फिर्ता गर्न अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पस कमिटीको माग

अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पस कमिटीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । क्याम्पस कमिटीका अध्यक्ष  सुदिप पौडेलद्वारा जारी विज्ञप्तिमा उपभोग्य खद्यान्न, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले नेपाली जनताको जनजीविका, शैक्षिक जगतमा प्रत्यक्ष ढाड सेक्ने काम भैरहेको उल्लेख छ । दैनिक आवश्यक उपभोग्य वस्तु मूल्य तुरुन्त समायोजन, कालोबजारी अन्त्य, पेट्रोलियम पदर्थाको मूल्य वृद्धि […]

पूरा पढ्नुहोस्

भरतपुरमा भूमिको निस्सा वितरण

चितवनको भरतपुर महानगरमा  लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगर १४ शिवनगर वडा कार्यालय परिसरबाट निस्सा वितरण सुरु गरिएको हो । भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, वडा नं १४ का अध्यक्षसहितको टोलीले निस्सा वितरण गर्नुभयो । पुर्जा वितरणको […]

पूरा पढ्नुहोस्

फेरि पनि हिमपात र वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण फेरि पानी पर्ने भएको छ । यो प्रणालीका कारण आज केही ठाउँमा हल्का पानी र भोलि र पर्सि भने देशका धेरै ठाउँमा वर्षा हुने मौसमविद्ले बताएका छन् । मौसमविद् बरुण पौडेलकाअनुसार आज गण्डकी र प्रदेश १ का एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ । आज रातिदेखि भने […]

पूरा पढ्नुहोस्

आज सोनाम ल्होसार, सार्वजनिक बिदा

माघ १९, सोनाम ल्होसार तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । तामाङ समुदायमा सोनाम ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गरिन्छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, […]

पूरा पढ्नुहोस्

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमको मंगलबार बसेको बैठकले साबिकको बिक्री मूल्यमा प्रति लिटर तीन रुपैयाले बढाएर काठमाडौ ९निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्र० को लागि पेट्रोल, डिजेल र मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमस १ सय ४२ र १ सय २५ […]

पूरा पढ्नुहोस्

२३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्यो

कोभिड १९ कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो । सरकारले कोभ्याक्समार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्याउने भनेकोमा १६ लाख ६० हजार मात्रा खोप […]

पूरा पढ्नुहोस्

जेठ ४ गते एकै चरणमा स्थानीय तहकाे चुनाव गर्न सरकार र आयाेगबीच समझदारी

सरकार र निर्वाचन आयोगबीच आउँदो जेठ ४ गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच आज मङ्गलवार भएको छलफलमा आउँदो जेठ ४ गते स्थानीय तहकाे चुनाव गर्ने समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते चुनाव गर्ने प्रस्ताव गर्नुभएको […]

पूरा पढ्नुहोस्

विकास खर्च किन भएन भनेर सधैँ भनिराख्नु राम्रो भएन : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा पुँजीगत खर्च गर्नु भनेर सचिवलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज भएको चालू आवको हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले ‘खर्च गर्नुहोस्’ भनेर सचिवलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने बताउनुभएको हो । “पुँजीगत खर्च गर्ने सन्दर्भमा बारबार यस्तो बैठक […]

पूरा पढ्नुहोस्

देशभर पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ […]

पूरा पढ्नुहोस्