वाग्मती
न्यू होप नमस्ते ईन्भेष्टमेन्टले सम्पन्न गर्यो दोस्रो साधारण सभा
चितवनका ३० जना उद्योगी व्यवसायीको साझा संस्था न्यू होप नमस्ते ईन्भेष्टमेण्ट प्रालिको दोस्रो साधारण सभा सम्पन्न भएको छ । शुक्रबार भरतपुर–२९, चौकीडांँडामा सम्पन्न साधारण सभाले आगामी भावी कार्ययोजना समेत तय गरेको छ । कम्पनीका अध्यक्ष दिपेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक बर्ष २०८१, ०८२मा स्वदेशमै संभावना भएका व्यवसायिक क्षेत्रमा लगानी गर्ने जानकारी दिएको छ । […]
पूरा पढ्नुहोस्
तामाङ पत्रकारलाई सहयोग गर्न कन्ज्युस्याई गरिदैँन – उपमेयर लामा
तामाङ पत्रकार संघ चितवनको आयोजनामा नयाँ वर्ष २०८१ सालको शुभ अवसरमा ‘शुभकामना प्रदान तथा भित्ते पात्रो विमोचन’ गरिएको छ । राप्ती नगरपालिकाका उपप्रमुख देवेन्द्र लामा र संघका अध्यक्ष बबिलाल तामाङलगायतले नेपाल पत्रकार महासंघ चितवनको सभा हलमा संयुक्त रुपमा भित्ते पात्रो विमोचन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपप्रमुख लामाले संघले […]
पूरा पढ्नुहोस्
सुरु भयो विक्रम बाबा मेला
चितवनमा बिक्रम बाबा मेला आजदेखि सुरु भएको छ । सो मेला आउँदो बैशाख ११ गतेसम्म संचालन हुनेछ । जगतपुर र कसराको बीच सेक्टर चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने एक मात्र विक्रम बाबा मेलाको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पूर्जा पुन र खड्ग दल गण कसराका प्रमुख सेनानी विकास अधिकारीले संयुक्त रुपमा बिक्रमबाबाको पुजा आराधना […]
पूरा पढ्नुहोस्
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गर्नु भएको छ। नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गर्नु भएको हो। विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेशसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने […]
पूरा पढ्नुहोस्
जनजाति साँस्कृतिक महोत्सवको समय तीन दिन लम्बियो
नारायणी नदी किनारमा जारी ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को समय थप भएको छ। आइतबार सकिन लागेको महोत्सवको समय तीन दिन थप भएको महोत्सव मूल समारोह समितिका संयोजक एवम् नेपाल आदिवासी जनजाति महासंघ (निफिन) चितवनका अध्यक्ष महेन्द्र दुराले जानकारी दिए। दर्शकको उपस्थितिलाई हेरेर तीन दिन समय थप गरिएको उनले बताए। महोत्सवमा सांगीतिक प्रस्तुति […]
पूरा पढ्नुहोस्
प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सव : तयार भयो आदिवासी जनजातिका गाउँ
नारायणी नदी किनारमा आदिवासी जनजातिको गाउँ तयार भएको छ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा हुन लागेको ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को आकर्षणका लागि उक्त गाउँ निर्माण गरिएको हो। नदी किनारमै बनाइएको गाउँमा चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचानसहितको गाउँ निर्माण गरिएको हो। नेफिन चितवनले पहिलोपटक […]
पूरा पढ्नुहोस्
उद्योग वाणिज्य संघ चितवनका सदस्यलाई मनकामना केबलकारमा १५ प्रतिशत छुट
उद्योग वाणिज्य संघ–चितवनका सदस्य उद्योगी व्यवसायीले मनाकामना दर्शन गर्न जादा केबुलकारको टिकटमा छुट पाउने भएका छन् । उद्योग वाणिज्य संघ–चितवनका सदस्यलाई केबुलकारमा छुट दिने सम्बन्धी मनकामना दर्शन प्रालि र उद्योग वाणिज्य संघ–चितवनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उद्योग वाणिज्य संघ–चितवनको संस्थागत उत्तरदायित्वअन्तर्गत रहेर संघमा आबद्ध सदस्य व्यवसायीलाई उक्त छुट दिने व्यवस्था गरिएको संघका अध्यक्ष […]
पूरा पढ्नुहोस्
प्रथम भरतपुर च्याम्पियनसिपको तयारी अन्तिम चरणमा, खेल तालिका सार्वजनिक
चितवन ११ फुटबल क्लबको आयोजनामा फागुन २५ देखि सुरु हुने सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ । आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी बारे जानकारी दिईएको हो । चैत १० गतेसम्म हुने प्रतियोगितामा १२ टिम सहभागी हुने भएका छन् । जसमा चितवनका ६ र बाहिरी जिल्लाका ६ टिम रहने क्लबका […]
पूरा पढ्नुहोस्
शालिन मृत्यु प्रकरण : झुन्डिएकै कारण मृत्यु भएकाे अस्पतालकाे पुष्टि
चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलले आत्महत्या नै गरेको काठमाण्डौको त्रिवि शिक्षण अस्पतालले पुष्टि गरेको छ । शालिनमाथि बलात्कार नभएको र झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टमले देखाएको अस्पतालले जनाएको छ । पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै सङ्केत नभेटिएको पनि अस्पतालको भनाइ छ । गएको फागुन १२ गते विद्यालयको छात्रावासको कोठामा शालिन मृत अवस्थामा […]
पूरा पढ्नुहोस्
अर्थतन्त्रमा देखिएका चुनाैती सम्बाेधन गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ शुरु भएकाे ‘भरतपुर भ्रमण वर्ष २०२४’ को आज नारायणी नदी किनारमा उद्घाटन गर्दै प्रधानमन्त्रीले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताउनुभएको हो […]
पूरा पढ्नुहोस्



















