समाज
आज पनि केही ठाउँमा ठूलो वर्षा, विपदका घटनामा हिजो मात्रै १४ जनाको ज्यान गयो
देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पछिल्लो छ घण्टामा सबैभन्दा धेरै अछामको मंगलसेनमा ८७ दशमलव ६ मिलिमिटर पानी परेको छ । मंगलसेन र दैलेखको डण्डामा ठूलो पानी परेकाले त्यस क्षेत्र आसपासका खोलानालामा बाढी आउने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । यस्तै सुनसरीको सुनसरी खोलामा पानीको सतह […]
पूरा पढ्नुहोस्
मनसुन देशभर फैलिए पनि पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने
मनसुन देशभर फैलिएपनि पूर्णरुपमा सक्रिय हुन अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी प्रणाली फैलिएपछि पानी नै पर्छ भन्ने चाहिँ नहुने मौसमविद्ले बताएका छन् । दुई हप्ताअघि पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन देशभर फैलिन १५ दिन लाग्यो । मनसुन हिजो मात्रै देशभर फैलिएको हो । तर अझै पनि मनसुन […]
पूरा पढ्नुहोस्
मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुल्याे
मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत सिमलतालमा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ । पहिरोका कारण राति झन्डै १ बजेतिर अवरुद्ध भएको सडक अघि बिहान साढे ५ बजेदेखि दुईतर्फी नै खुलेको हो । सडक अवरुद्ध हुँदा रोकिएका गाडी गन्तव्यतर्फ लागेका मुग्लिन प्रहरीले जनाएको छ । चार घण्टाभन्दा बढी समयसम्म रोकिएका गाडी एकैपटक चल्न थालेकाले अहिले मुग्लिन–नारायणगढ […]
पूरा पढ्नुहोस्
यस वर्षकाे एसईई परीक्षा आउँदाे चैत ७ गतेदेखि
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत ७ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको एसईई सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै आउँदो चैत ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जानकारी गराएको हो । कार्यालयले परीक्षाको समय तालिका भने माघ १ गते प्रकाशन गर्ने भएको छ । फागुन मासान्तभित्र विद्यार्थीको आन्तरिक र […]
पूरा पढ्नुहोस्
यस वर्ष नेपालका ८ ठाउँमा अहिलेसम्मकै उच्च तापक्रम मापन
यस वर्ष देशका आठ ठाउँमा अहिलेसम्मकै बढी तापक्रम मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतकाे देशभरका तापमापन स्टेशनमध्ये आठ वटा स्टेशनमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको विभागका मौसमविद् सुदर्शन हुमागाँईले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष भक्तपुरको चाँगुनारायण, सुनसरीको धरान, बाराको करैयामाई, खोटाङको दिक्तेल, सिन्धुपाल्चोकको चौतारा, जुम्लाकाे सदरमुकाम, बैतडीको पाटन र कैलालीको […]
पूरा पढ्नुहोस्
पश्चिमी भेगमा पनि वर्षा, आज कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
लामो समयपछि देशका पश्चिमी भेगमा पनि वर्षा भएको छ। हिजो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमासमेत वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशमा मात्र वर्षा हुँदै आएको थियो । कोशीसहित बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभावले र अरु ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले वर्षा भएको […]
पूरा पढ्नुहोस्
मनसुन भित्रिएको एक हप्ता भइसक्दासमेत अझै सुस्त गतिमा
नेपालमा मनसुन भित्रिएको एक हप्ता बितिसक्दा पनि सक्रिय हुन सकेको छैन । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक हप्ताभन्दा बढी समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन कोशी प्रदेशमै बढी केन्द्रित छ । मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा केही दिनदेखि वर्षा […]
पूरा पढ्नुहोस्
पेट्रोलमा तीन र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ भाउ घट्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलमा लिटरको तीन र डिजेल तथा मट्टितेलमा लिटरको एक रुपैयाँले भाउ घटेको हो । अब पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा लिटरको एक सय ६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा एक सय ६४ रुपैयाँ […]
पूरा पढ्नुहोस्
मनसुनी वायु पूर्वबाट पश्चिम सर्ने क्रममा, मधेश र बाग्मतीमा आंशिक प्रभाव
पाँच दिनसम्म पूर्वी क्षेत्रमै सीमित रहेको मनसुनी वायु विस्तारै पश्चिमतिर सर्न थालेको छ । मधेश प्रदेशको पूर्वी भेग र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभाव देखिन थालेको मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो । मनसुनी वायुकै प्रभावले बाग्मती प्रदेशका अरु ठाउँ र काठमाण्डौको आकाशमा बादल देखिएको उहाँले बताउनुभयो । मौसमविदकाअनुसार मनसुनी वायु भित्रिनेबित्तिकै पानी पर्छ […]
पूरा पढ्नुहोस्
अझै केही दिन गर्मी बढ्ने
कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन देशका अरु ठाउँमा पुग्न अझै केही दिन लाग्ने भएकाले गर्मी कायमै रहने मौसमविदले बताएका छन् । काठमाण्डौसहित देशका धेरै ठाउँमा केही दिनयता गर्मी ह्वात्तै बढेको छ । मध्य र पश्चिम तराईमा अझ धेरै गर्मी छ । ती ठाउँमा तातो हावाको लहर अर्थात लू चलेकाले जनजीवन कष्टकर बनेको छ । पश्चिम […]
पूरा पढ्नुहोस्



















