समाज

तीन प्रदेशमा आज मेघगर्जनसहित वर्षा

देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल

प्रतिनिधिसभाको बैठकमा आजदेखि ६ दिन लगातार बजेटमाथि मन्त्रालयगत शीर्षकमा छलफल हुने भएको छ । जेठ ३२ गतेसम्म ६ दिन लगातार बस्ने प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत शीर्षकमा छलफल सक्ने कार्यतालिका रहेको छ। आज  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीनसहित पाँच सांसदले छलफल गरिने चार मन्त्रालयको आगामी बजेट घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने भएका छन्। कांग्रेसका […]

पूरा पढ्नुहोस्

पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुँदै

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मतको काम भैरहेको हुँदा आज बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म सडक नै बन्द गरेर मर्मतको काम गर्न लागेको सडक डिभिजन कार्यालयले जनाएको छ । साँखर ड्याम नजिक चर्किएको ठाउँमा ढुङ्गाको पनि व्यवस्थापन गर्नुपर्ने भएको […]

पूरा पढ्नुहोस्

वे ग्रुप ९ वर्षमा प्रवेश

भरतपुर केन्द्रीत सरसफाइ अभियान चलाईरहेको वे ग्रुप ९ वर्षमा प्रवेश गरेको छ । सामाजिक कार्यमा सफलता हासिल गरेर ९ वर्षमा प्रवेश गरेको अवसरमा वे ग्रुपले विहिवार उत्सव समेत मनाएको छ । हप्ताको एकदिन एकछिन भन्ने नाराको साथ हरेक सोमबार ग्रुपले सरसफाइ वा श्रमदान गर्दै आएको छ । २०७३ साल जेठ २४ गते भरतपुरको लङकु स्थित […]

पूरा पढ्नुहोस्

आज विश्व वातावरण दिवस

‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासहित बुधबार विश्व वातावरण दिवस मनाइँदै छ। नेपालमा पनि यही नारासाथ देशव्यापी रूपमा दिवस मनाइँदै छ। दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले  देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिएका छन्। ‘मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई […]

पूरा पढ्नुहोस्

यी प्रदेशमा बिहानैदेखि वर्षा

कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी […]

पूरा पढ्नुहोस्

उच्च गर्मी रहेको पश्चिम तराईमा बिहीवारसम्म पानी पर्ने सम्भावना कम

देशका लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका केही ठाउँमा अत्यधिक गर्मी कायमै छ । ती क्षेत्रमा विगत केही दिनदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ । आज र भोलि पनि पश्चिम तराई क्षेत्रमा मौसम सफा रहने अनुमान छ । मौसम सफा हुँदा अत्यधिक गर्मीको सम्भावना कायमै रहेको, केही दिनदेखि तातो हावा चलेको […]

पूरा पढ्नुहोस्

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, […]

पूरा पढ्नुहोस्

तराईमा गर्मीले जनजीवन कष्टकर, धनगढी र नेपालगञ्जमा सबैभन्दा धेरै गर्मी

तराई मधेशका जिल्लामा गर्मी बढेको छ । पश्चिम तराईका कतिपय ठाउँमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । हिजो धनगढीको तापक्रम ४३ दशमलव ३ र नेपालगञ्जको तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा बुधवार २८ […]

पूरा पढ्नुहोस्

तराईमा दुई दिन उच्च तापक्रम, सावधानी अपनाउन सुझाव

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा दुई दिनसम्म उच्च तापक्रम रहने भएको छ। शुक्रवारसम्म उच्च तापक्रमसहित तातो हावा चल्ने हुँदा सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दामाथि मापन गरिएको छ। तातो हावाको लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, […]

पूरा पढ्नुहोस्