समाज

आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै

सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमति नजिक पुगेकोले आजको […]

पूरा पढ्नुहोस्

पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान आजदेखि, ढुक्क भएर लगाउन आग्रह

सरकारले आजदेखि पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्दैछ । आजदेखि जेठ २६ गतेसम्म दुई हप्ता चल्ने अभियानको सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । आईपीभी खोप नेपालमा २०७१ असोज महिनादेखि शुरु भएको थियो । तर २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका यो खोप लगाउन छुटेका थिए । अभियानमार्फत छुटेका ती बालबालिकालाई आईपीभी खोप […]

पूरा पढ्नुहोस्

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा लिटरको सात रुपैयाँ र डिजेल तथा मट्टीतेलमा लिटरको पाँच रुपैयाँ घटाएको हो । खाना पकाउने ग्यासको भाउ भने यथावत छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको […]

पूरा पढ्नुहोस्

मध्य र पूर्वका धेरैजसो ठाउँमा बदली र वर्षा

अहिले बिहान काठमाण्डौ उपत्यका र गण्डकी प्रदेशको लमजुङ, गोरखा तथा लुम्बिनी प्रदेशको पाल्पाभन्दा पूर्व देशका धेरैजसो ठाउँमा बदली र केही ठाउँमा बर्षा भइरहेको छ । पर्साको मुडलीमा तीन घण्टामै ८१ मिलिमिटर भन्दा धेरै पानी परेको छ । पूर्वी तराईको धेरैजसो ठाउँमा पानी परेको छ । नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको […]

पूरा पढ्नुहोस्

यी स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा

पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च […]

पूरा पढ्नुहोस्

आज अक्षय तृतीया : जौको सातु र सर्वत खाएर मनाइँदै

आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदैछ । गर्मी बढ्ने समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिएको जानकारहरू बताउँछन् । वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको मानिन्छ । यही दिन भगवान परशुराम अवतारको जन्म भएको विश्वासमा परशुराम जयन्तीको रूपमा […]

पूरा पढ्नुहोस्

वर्षाले सबै ठाउँको डढेलो निभायो, शनिवारसम्म नै पानी पर्ने सम्भावना

पानी परेपछि देशका सबैजसो ठाउँको डढेलो निभेको छ । ६ दिन अघिसम्म चार सयभन्दा धेरै ठाउँमा सक्रिय डढेलो रहेकोमा अहिले देशका कुनै पनि ठाउँमा डढेलो नभएको वन तथा भूसंरक्षण विभागको डढेलो अनुगमन प्रणालीले जनाएको छ । आइतवार र सोमवार परेको पानीले पूर्व र मध्य क्षेत्रको डढेलो निभाएको थियो । अस्ति र हिजोको पानीले तराई र […]

पूरा पढ्नुहोस्

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

वैशाख कृष्ण औँसी, अर्थात् आमाको मुख हेर्ने दिन। नेपाली संस्कृतिमा यो दिन मातातीर्थ औँसीका नामले परिचित छ। दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ। छोराछोरीले आज बिहानै उठी स्नान गरी आमालाई मनपर्ने खानेकुरा खुवाउने, लुगाफाटोलगायत उपहार दिने र उनीसँग आशीर्वाद थाप्ने परम्परा छ। आमा नभएकाले […]

पूरा पढ्नुहोस्

आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ। यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ विश्व मजदुर दिवस मनाइँदैछ। श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ […]

पूरा पढ्नुहोस्

तराई मधेशमा गर्मी झनै बढ्यो, डढेलो र आगलागीका घटना बढ्दा वायु प्रदूषण उच्च

आज तराई मधेशका जिल्लामा गर्मी झनै बढेको छ । एक हप्ताभन्दा बढी समयदेखि भइरहेकाे उखरमाउलो गर्मी आज झनै बढेपछि जनजीवन कष्टकर बनेको छ । आज तराई मधेशका धेरैजसो ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै पुग्यो । दिउँसो रौतहट, पर्सा, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लाको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस आसपास पुग्यो । गर्मी अत्यधिक बढेका कारण दिउँसो तराई […]

पूरा पढ्नुहोस्