समाज

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु हुँदै

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा धेरैको सहभागिता सुनिश्चित भएको छ । सम्मेलनमा नौ खर्ब बराबरका एक सय ५० परियोजना सोकेसमा राखिँदैछन् । यस्तै सम्मेलनस्थलमा २३ प्रदर्शनी कक्ष रहनेछन् । सम्मेलनका क्रममा विभिन्न १९ परियोजनाका लागि […]

पूरा पढ्नुहोस्

महोत्तरीका मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा

महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा हिजो दिउँसो लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ । तीव्र हावा चलिरहेको बेला दिउँसो करीब २ बजे  आगलागी भएको थियो । बेलुका अबेर आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट मटिहानीमा करिब एक सय […]

पूरा पढ्नुहोस्

तराई मधेशका जिल्लामा उखरमाउलो गर्मी, तातो हावा चलेका बेला घरबाहिर ननिस्कन आग्रह

तराई मधेशका सबैजसो जिल्लामा आज पनि उखरमाउलो गर्मी कायमै रहेको छ । आज भैरहवा र तौलिहवामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्यो । अरू धेरै ठाउँको अधिकतम तापक्रम पनि ४० डिग्री सेल्सियस वा त्यसकै हाराहारीमा पुगेको छ । तराई मधेशका जिल्लामा दिउँसो मात्रै नभई रातकाे समयमा पनि अत्यधिक गर्मी रहेको स्थानीयवासीले बताएका छन् । तातो हावा चलेका कारण […]

पूरा पढ्नुहोस्

गोरखा भूकम्पको आज नवौँ स्मृति दिवस : जोखिम न्यूनिकरणको काम कमजोर

आज वैशाख १२ गते, गोरखा भूकम्पको नवौँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाईंदैछ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्प र त्यसपछिका परकम्पका कारण नौ हजार जना भन्दा धेरैले ज्यान गुमाएका थिए भने २२ हजार जना भन्दा […]

पूरा पढ्नुहोस्

सुन चाँदीको भाउ आज घट्यो

सुनचाँदीको मूल्य आज घटेको छ । हिजो तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ यथावत् रहेको सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रवार सुनको भाउ तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेर […]

पूरा पढ्नुहोस्

देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा

एक हप्तायता देशभर गर्मी बढेको छ । तराईका विभिन्न ठाउँमा तातो हावा चल्न थालेको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । अझ जनकपुर र भैरहवाको तापक्रम ४० डिग्री सेल्सियसभन्दा पनि धेरै छ । अस्ति शनिवार भैरहवाको तापक्रम ४३ दशमलव ६, नेपालगञ्जको ४२ दशमलव २ र धनगढीको […]

पूरा पढ्नुहोस्

काजीमान चोक नामाकरण

समाजसेवी काजीमान श्रेष्ठको ९१ औ जन्मदिनको अवसरमा शिवघाट जाने चोकको नाम “काजीमान चोक” नामकरण गरिएको छ । पुर्व पश्चिम राजमार्गको चौबीसकोठी देखि गोलाघाटको बाटोमा जोडिने शिवघाट जाने चोकको नाम आईतबारदेखि “काजीमान चोक” भएको छ । श्रेष्ठले समाजमा पुर्याएको योगदानको कदर गर्दै उहाँको सम्मानमा चोकको नामकरण गरेको एक स्थानीयले बताएका छन। चोकमा 2D लाईट बोर्ड समेत […]

पूरा पढ्नुहोस्

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिबाट

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित विधिबाट गर्ने भएको छ । स्वचालित विधि अहिलेलाई काठमाण्डौबाट नमूनाका रुपमा कार्यान्वनमा ल्याउने तयारी छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीलाई अनावश्यक दुःख दिने नियतबाट अबका दिनमा केन्द्र निर्धारण नगर्न निर्देशन दिएपछि बोर्डले नयाँ […]

पूरा पढ्नुहोस्

आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै

चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्। वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। यसै पक्षमा […]

पूरा पढ्नुहोस्

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ । गए रातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले भाउ बढेको हो । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलमा तीन रुपैयाँ ४६ पैसा बढेर आएको हुँदा भाउ बढेको […]

पूरा पढ्नुहोस्