समाज
कानुनअनुसार औषधि पसल सञ्चालन गर्न काठमाण्डौ महानगरपालिकाको निर्देशन
काठमाण्डौ महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरका मेयर बालेन्द्र शाहले दर्ता नभएका औषधि पसललाई नियमानुसार आउँदो मङ्सिर २९ गतेभित्र दर्ता हुन तथा डाक्टरको सिफारिस (प्रेस्किप्सन) अनुसार मात्रै औषधिको कारोबार गर्न आज बुधवार सामाजिक सञ्जालमार्फत निर्देशन दिनुभएको छ । मेयर शाहले महानगरभित्र सञ्चालनमा रहेका कतिपय औषधि पसल दर्ता नभएका, अनधिकृत व्यक्तिबाट औषधि […]
पूरा पढ्नुहोस्
सोती घटना प्रकरणमा २४ जनालाई जन्मकैद
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर नवराज विकसहित छ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको फैसला सजाय सुनाएको छ । आज मङ्गलवार न्यायाधीश खड्कबहादुर केसीको इजलासले थुनामा रहेका २३ र तारेखमा रिहा भएका १ गरी २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो । यस्तै अदालतले आठ […]
पूरा पढ्नुहोस्
आज विश्व माटो दिवस : ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि मनाइँदै
आज विश्व माटो दिवस, ‘माटो र पानी, जीवनको थालनी’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, कृषि विभाग, नेपाल माटो समाज, संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) लगायतको संयुक्त साझेदारीमा नेपालमा विश्व माटो दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा […]
पूरा पढ्नुहोस्
चितवनमा बोराभित्र शव भेटिएकाको अझै पहिचान भएन, प्रहरीले सार्वजनिक गर्यो स्केच
चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको अझै पहिचान हुन सकेको छैन। गत मंसिर ६ गते भरतपुर महानगरपालिका वडा नम्बर १२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल सडक खण्डको कल्भर्टमुनि पुरूष र महिलाको शव फेला परेको थियो। दुइटा बोराभित्र हातखुट्टा बाँधिएको अवस्थामा शव फेला परेको थियो। तर शवको पहिचान हुन नसक्दा प्रहरीलाई अनुसन्धान गर्न […]
पूरा पढ्नुहोस्
जाजरकोट भूकम्पको एक महिना : पीडितलाई चिसोले सताउँदै, अस्थायी आवास निर्माणमा ढिलाइ
जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको एक महिना भएको छ । गएको कात्तिक १७ गते राति रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टरको भूकम्पबाट २६ हजारभन्दा धेरै घर पूर्ण रुपमा भत्किएका छन् । ३५ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ । भूकम्प लगत्तै खोज तथा उद्धारको काममा तदारुकता देखाएको सरकारले राहत र पुन:स्थापनामा त्यति प्रभावकारी […]
पूरा पढ्नुहोस्
डाक्टरको प्रेस्किप्सनविना औषधि बेच्नेलाई कारबाही हुने
औषधि व्यवस्था विभागले डाक्टरको प्रेस्किप्सनविना औषधि बिक्री–वितरण नगर्न चेतावनी दिएको छ । विभागले औषधि ऐन २०३५ को दफा (१७) को उपदफा २ मा चिकित्सकको प्रेस्क्रिप्सनविना बिक्रीवितरण गर्न नहुने भनी उल्लेख गरिएअनुसार समूह ‘क’ र समूह ‘ख’ का सूचीमा रहेका औषधिहरु बिक्री नगर्न भनेको हो । औषधि पसलको निरीक्षणको क्रममा यस्ता औषधि विना प्रेस्क्रिप्सन नै बिक्री–वितरण भएको […]
पूरा पढ्नुहोस्
लोथर नजिक बाघले खाएको अवस्थामा भेटिएका युवक चितवनका
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर –६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा फेला परेको शवको सनाखत भएको छ। उक्त शव चितवनको राप्ती नगरपालिका १ दुबिचौर बस्ने १७ वर्षीय पुष्पराज तमाङको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृतकका बुबा ईन्द्र बहादुर तामाङले पाईन्ट र चप्पलको आधारमा शवको सनाखत गरेको प्रहरीले जनाएको छ। शुक्रबार मध्यवर्ती […]
पूरा पढ्नुहोस्
भरतपुर १५ मा एक युवा झुण्डिएको अवस्थामा फेला
भरतपुर १५ मङगलपुरमा एक युवा मृत भेेटिएका छन । मङगलपुरका विश्व भण्डारी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेेला परेका हुन । घटनाबारे अनुसन्धान भईरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।
पूरा पढ्नुहोस्
बर्दियाकाे गुलरियामा आगलागीमा परि चार जनाकाे ज्यान गयाे, एक जना घाइते
बर्दियाकाे गुलरिया नगरपालिका-४ तुलापुरकाे एक घरमा गएराति आगलागी हुँदा चार जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । आगलागीमा परि दुई वर्षका कार्तिक चन्द, ८ वर्षका कृष चन्द, १० वर्षकी मानषी बुढा र ३५ वर्षकी राधा बुढाकाे ज्यान गएकाे हाे । घाइते २८ वर्षकी करिष्मा चन्दलाई उपचारका लागि अस्पताल लगिएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सीराम अर्यालले जानकारी […]
पूरा पढ्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवन राष्ट्रिय निकुञ्ज, खैरहनी नगरपालिका र विभिन्न सामुदायिक वन समूहका पदाधिकारीविरुद्ध सामुदायिक वनभित्र होटल निर्माण गर्न अनुमति दिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। […]
पूरा पढ्नुहोस्



















