खेलकुद
२० वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै
२० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ । यो प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा खेलाउने तयारी थियो तर मैदान हिलाम्मे भएकाले सातदोबाटोको कृतिम घाँसे मैदानमै खेल हुन लागेको हो । पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ ले हराएर […]
पूरा पढ्नुहोस्
साफ यू-२० च्याम्पियनसिप : भारत र बंगलादेश भिड्दै
२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा सोमबार भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ। दुई टोलीबीचको खेल सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे शुरु हुनेछ। शनिबार भएको खेलमा नेपालले पहिलो सेमिफाइनल खेलमा भुटानविरुद्ध टाइब्रेकरमा जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ। निर्धारित ९० मिनेटको समयमा एक-एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो। […]
पूरा पढ्नुहोस्
२० वर्ष मुनिको साफ च्याम्पियनसिपको फाइनलमा पुग्न आज नेपाल र भुटान खेल्दै
२० वर्ष मुनिको साफ च्याम्पियनसिपअन्तर्गत पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान खेल्दैछन् । खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा शुरु हुने छ । नेपाल समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । यस्तै दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेश खेल्नेछन् । लगातार वर्षाका कारण दशरथ रङ्गशालाको मैदान हिलो हुँदा […]
पूरा पढ्नुहोस्
उद्घाटन खेलमा आज नेपाल र श्रीलङ्का खेल्दै
दक्षिण एसियाली देशबीच हुने २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरु हुनेछ । नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य लिँदै तयारी गरेको छ । प्रशिक्षक उर्जन श्रेष्ठले तयारी […]
पूरा पढ्नुहोस्
ग्लोबल टी–२० लिगको उपाधि रोहित पौडेल आबद्ध टोरोन्टोले जित्यो
क्यानडामा भएको ग्लोबल टी–२० लिगको उपाधि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले जितेको छ । गएराति भएको फाइनल खेलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो । मोन्ट्रियलले दिएको ९७ रनको सामान्य लक्ष्य टोरोन्टोले ३० बल बाँकी हुँदै मात्र दुई विकेट गुमाएर पूरा गरेको हो । पहिले […]
पूरा पढ्नुहोस्
काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारत खेल्दै
काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बेलुका पाँच बजे शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । योसँगै नेपालले लिग चरणमा इरानसँग बेहोरेको हारको बदला […]
पूरा पढ्नुहोस्
काभा महिला भलिबल प्रतियोगिता आजबाट शुरु हुँदै
काभा महिला भलिबल लिग आजदेखि त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुरु हुँदैछ । नेपाल भलिबल सङ्घको आयोजनामा आज शुरु हुने प्रतियोगिता यही साउन २३ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपालले आज उद्घाटन खेलमा श्रीलङ्कासँग खेल्दै छ । नेपाल र […]
पूरा पढ्नुहोस्
आईसीसी टी–२० विश्वकप : नेपालले दक्षिण अफ्रिकाबाट पायो ११७ रनको लक्ष्य
आईसीसी टी–२० विश्वकपको सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न नेपालले दक्षिण अफ्रिकाविरुद्ध ११७ रनको लक्ष्य पाएको छ। वेस्ट इण्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोदक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १६ रनको योगफल तयार पारेको हो। नेपाल आजको खेलमा दक्षिण अफ्रिकाविरुद्ध पराजित भए सुपर […]
पूरा पढ्नुहोस्
टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले पाँचौँ सफलता हात पारेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् । डेभिड मिलर मात्र ७ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले १७.३ ओभरमा ५ विकेटको क्षतिमा ९७ रन बनाएको छ ।
पूरा पढ्नुहोस्
दीपेन्द्रले लिए दक्षिण अफ्रिकाको चौथो विकेट
टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले चौथो सफलता हात पारेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् । रिजा हेन्डरिक्स ४३ रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले १५.३ ओभरमा ४ विकेटको क्षतिमा ८२ रन बनाएको छ ।
पूरा पढ्नुहोस्



















