खेलकुद
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँचौं स्वर्ण जित्न सफल जयरानी थारु
नेपाल आर्मीको जयरानी थारुले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँचौं स्वर्ण जितेकी छिन् । उनी सम्मिलित आर्मीको टिमले महिला ४ गुणा ४०० रिलेमा स्वर्ण जितेसँगै उनको पदक संख्या ५ पुगेको छ । ५ स्पर्धामा भाग लिएको जयरानीले सबै ५ स्पर्धामै स्वर्ण जितिन् । समध्ये उनले ३ वटा स्पर्धामा राष्ट्रिय कीर्तिमानसमेत बनाइन् । जयरानीसहित सरस्वती भट्टराई, निर्मला […]
पूरा पढ्नुहोस्
लुम्बिनीलाई हराउँदै एपीएफ महिला क्रिकेटको फाइनलमा, नेरी र ज्योतिको उत्कृष्ट प्रदर्शन
एपीएफ नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको फाइनलमा पुगेको छ । पोखरामा भएको खेलमा लुम्बिनीलाई ६९ रनले हराउँदै एपीएफले फाइनलमा स्थान सुरक्षित गरेको हो । जितका लागि १३० रनको लक्ष्य पछ्याएको लुम्बिनी १८.२ ओभरमा ६० रनमा अल आउट भयो । नेरी थापाको उत्कृष्ट बलिङमा एपीएफले लुम्बिनीमाथि सहज जित हात पारेको हो । लुम्बिनीका लागि सुस्मिता […]
पूरा पढ्नुहोस्
आईसीसी टी–२० विश्व कपमा आज दुई वटा खेल हुँदै
आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान पौने १० बजे वेस्ट इन्डिज र स्कटल्यान्ड खेल्दैछन् । वेस्ट इन्डिज दुई पटकको विश्व विजेता हो । तर, पछिल्लो समय प्रदर्शन खस्किएका कारण पहिलो सुपर आठमा पुग्न नसक्दा पहिलो राउन्ड खेल्न लागेको हो । यस्तै, आजै दिउँसो पौने २ बजे आयरल्यान्ड र जिम्बाबे […]
पूरा पढ्नुहोस्
भारतमाथि जित निकाल्दै नेपाल फाईनलमा
साफ महिला च्याम्पियनशिप अन्तर्गत दाेस्राे सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले भारतलाई एक–शून्य गाेलले हरायाे । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् । भारतमाथि नेपालकाे याे ऐतिहासिक जित हाे । नेपालले साफ महिला इतिहासमा भारतमाथि पहिलो जित निकालेकाे हाे । […]
पूरा पढ्नुहोस्
महिला साफ च्याम्पियनसिप : आज भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्स खेल्दै
महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । आज भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्सबीच खेल हुनेछ । भारत र पाकिस्तानबीचको खेल दिउँसो एक बजे तथा बंगलादेश र माल्दिभ्सको खेल बेलुका साढे ५ बजे हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछन् । प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । हिजोदेखि काठमाण्डौमा सुरु […]
पूरा पढ्नुहोस्
साफ महिला च्याम्पियनशिप : नेपालले भुटानलाई ४–० ले हरायाे
साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेकाे छ । आज मङ्गलवार दशरथ रङ्गशालामा भएकाे उद्घाटन खेलमा भुटानलाई चार–शून्यले हराउँदै नेपालले प्रतियाेगितामा सुखद सुरुवात गरेकाे हाे । नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गाेल गरे । सावित्राले खेलकाे १२ औँ र ६८ औँ मिनेटमा गाेल गरिन् भने अनिताले खेलकाे ५३ औँ र ८५ औँ […]
पूरा पढ्नुहोस्
साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि
साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि काठमाण्डौमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्दैछ । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो । दक्षिण एसियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाउँदैछ […]
पूरा पढ्नुहोस्
नेपालले केन्यालाई हरायाे, एक खेलअघि नै शृङ्खला जित्याे
दाेस्राे एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले हराएकाे छ । नेपालले दिएकाे दुई सय ३१ रनकाे लक्ष्य पछ्याएकाे केन्या ४६ ओभर ३ बलमा दुई सय १४ रनमा अलआउट भयाे । केन्याका लागि रकिप पटेलले ८१, कोलिन्स ओबुयाले ३७ र नेल्सन ओधियाम्बोले २८ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले चार, सोमपाल कामीले तीन तथा करण […]
पूरा पढ्नुहोस्
नेपालले केन्याविरुद्ध ब्याटिङ गर्ने, आसिफको ठाउँमा देव खेल्दै
नेपालले टस जितेपछि ब्याटिङ रोज्दै केन्यालाई बलिङको निम्तो दिएको हो । नेपालले घरेलु टोली केन्याविरुद्ध पहिले ब्याटिङ गरेको छ। पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई आज आराम दिइएको छ। उनको स्थानमा आज देव खनाल खेल्दैछन् । नेपालका अर्जुन साउद र देव खनालले ओपनिङ गरेका छन्। नेपालले पहिलो खेलमा ७ विकेटले जितेको थियो।
पूरा पढ्नुहोस्
भरतपुरमा एनपिआइ फुटसल कप हुने
भरतपुर , ६ भदौ भरतपुरमा एनपिआइ फुटसल कप हुने भएको छ । अनेरास्ववियु (क्रान्तिकारी) एनपिआईको आयोजनामा भदौ ८ गतेदेखि प्रतियोगिता सञ्चालन हुनेछ । अनेरास्ववियु (क्रान्तिकारी) एनपिआईका संयोजक संगम तामाङले प्रतियोगितामा ४० टिम सहभागि हुने जानकारी दिनुभयो । उहाँका अनुसार चितवन सहित मकवानपुर, नवलपुरका कलेजले सहभागिता जनाउनेछन् । क्षेत्रपुरको ब्रोदर्स फुटसल अरिनामा खेल हुनेछ । खेलहरु […]
पूरा पढ्नुहोस्



















