Author: Ugin Khabar

रवि लामिछाने आज थुनामा पठाइदै

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज थुनामा पठाइदैछ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई आज रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराए लगत्तै थुनामा जाने भएका हुन । सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको हो […]

पूरा पढ्नुहोस्

आज रामनवमी पर्व मनाइँदै

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौं अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको […]

पूरा पढ्नुहोस्

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु , २ जना घाइते

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदहको भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटना हुँदा यात्रु बालकृष्ण रिजाल र चालक दिलिप खनालको मृत्यु भएको हो । उक्त घटनामा परी अन्य दुई जना घाइते भएका छन् । प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले मालारानी गाउँपालिमा वडा नम्बर ४ बस्ने वसन्त पोखरेल र […]

पूरा पढ्नुहोस्

रास्वपा ‘जनयात्रा’ कार्यक्रमको शुभारम्भ चितवनबाट शुरु

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको निर्णयअनुसार ‘जनयात्रा’ कार्यक्रमको शुभारम्भ चितवनबाट गरेको छ । शनिबार भरतपुर–१० स्थित गेष्ट हाउस चौरमा आयोजित कार्यक्रममा उपसभापति, सांसद र केन्द्रीय सदस्यहरूले घण्टी बजाएर जनयात्रा शुरु गरेका हुन् । कार्यक्रममा सभापति रवि लामिछानेले महत्वपूर्ण विषयमा बोल्ने तयारी गरेका थिए । तर, बुटवल उच्च अदालतको तुलसीपुर इजलासले उनलाई थुनामा पठाउने […]

पूरा पढ्नुहोस्

आज सुन मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले घट्यो

अघिल्लो दिन अर्थात बिहिबार उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । सुन आज तोलामा ३ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज आज चाँदीको मूल्य तोलामा १ सय २५ रुपैयाँले घटेर प्रतितोला १ […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा. हरिनी अमरासुरिया बीच भेटवार्ता

बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन बैङ्कक पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका प्रधानमन्त्री डा. हरिनी अमरासुरियासँग भेटवार्ता गरेका छन् । थाइल्याण्डको औपचारिक भ्रमणपछि प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनका क्रममा विभिन्न सदस्य मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग साइडलाइन बैठकमा व्यस्त छन् । श्रीलङ्का प्रधानमन्त्रीसँगको भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको […]

पूरा पढ्नुहोस्

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा , तोलामा १ लाख ८० हजार ३ सय

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ८० हजार ३ सय पुगेको छ । छापावाल सुन हालसम्मको सबै रेकर्ड तोड्दै उच्चबिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको […]

पूरा पढ्नुहोस्

उद्योग वाणिज्य संघ–चितवन र कृषि तथा वन विश्वविद्यालय विच सम्झौता

उद्योग वाणिज्य संघ–चितवन र कृषि तथा वन विश्वविद्यालय विच चितवनको कृषि विकासका साथै आधुनिकिरणका लागि दुवै संस्थाले साझा धारण बनाएर जाने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चैत्र १९ गते एक कार्यक्रमका विच कृषि तथा वन विश्वविद्यालयको कार्यालयमा वसी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै कृषि तथा वन […]

पूरा पढ्नुहोस्

अध्यक्षमा आशिष कुस्वार , सचिवमा भूवल बहादुर वाइबा चयन

यूगिन खबरका समाचारदाता रुपेश कुस्वारका अनुसार आज मिति २०८१/१२/२० गते रौतहटको चन्द्रपुर नगरपालिकामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रथम जिल्ला अधिवेशन सभा अध्यक्ष सरिता धिमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरियो। यस कार्यक्रममा प्रमुख अथिति लोक तथा दोहोरी प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्ण गौतम र विशिष्ट अतिथिमा वरिष्ठ कलाकार धुृव कोइराला, विशिष्ट अतिथिमा चन्द्रपुर नगरपालिकाका उद्योग […]

पूरा पढ्नुहोस्

आज सुन चाँदीको मूल्य घट्यो

मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्ला दिनमा लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । मङ्गलबार प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको सुनको मूल्य आज तोलामा ६ […]

पूरा पढ्नुहोस्