Author: Ugin Khabar

टिपरले ठक्कर दिँदा काठमाडौँमा तीन जनाको मृत्यु

काठमाडौंको साँखुमा आज बिहान भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । बिहान करिब ३ः४० सो बजेको समयमा काठमाडौंको शङ्खरापुर नगरपालिका–६ साँखु सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडकखण्डमा बा२क ६५८० नम्बरको टिपर अनियन्त्रित भई युवराज थापाले सञ्चालन गरेको द्वन्द्वपीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा ठक्कर दिन पुगेको थियो । सो टहरोमा ६१ जना बस्दै आएका […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै छ। आज दिउँसो १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४औं बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। यस्तै व्यवस्थापन कार्य अन्तर्गत उर्जामन्त्री दिपक खड्काले नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धि विधेयक […]

पूरा पढ्नुहोस्

सफाइ पेश गर्न कुलमानलाई उर्जा मन्त्रालयको पत्र

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सफाइ पेशको लागि पत्र पठाएको छ । अस्ति बुधवारको मन्त्रिपरिषद बैठकले घिसिङसँग स्पष्टीकरण सोध्ने निर्णय गरेपछि मन्त्रालयले हिजो पत्र पठाएको हो । पत्रमा कार्यसम्पादन सम्झौता समयमै नबुझाएको, नेपाल–भारत बिजुली आदान–प्रदानमा अधिकारविना हस्ताक्षर गरेको, मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन नगरेको र कार्यकारी निर्देशकको काम कर्तव्य […]

पूरा पढ्नुहोस्

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र चिताएकाे काम सम्पादन हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। व्यवसायतर्फ पहिलेकाे उपलब्धिले थप काम गर्न हाैसला मिल्नेछ। साँझतिर नयाँ जिम्मेवारी समेत बढ्नेछ र पेसा–व्यवसायमा फाइदा हुनेछ। दिगो काम प्रारम्भ हुनेछ। […]

पूरा पढ्नुहोस्

सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना हुँदै

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । पहिलो चरणमा मधेस प्रदेशमा व्यावसायिक प्रशिक्षण केन्द्र स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार यही फागुन २० गते भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । श्रम, रोजगार […]

पूरा पढ्नुहोस्

अवैध १० जना नेपाली आप्रवासी लिएर अमेरिकी जहाज आज काठमाण्डौ आउँदै

अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीमध्ये १० जनालाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाण्डौ आउँदैछ। अमेरिकी चार्टर जहाज आज बिहान १० बजे काठमाण्डौ आउन लागेको हो । अमेरिकाबाट नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानून विपरीत काम गरेको आरोप लगाइएको छ । ट्रम्पको कार्यकारी आदेशपछि यसअघि […]

पूरा पढ्नुहोस्

मौसम परिवर्तनसँगै फ्लूका बिरामी बढ्न थाले : कतिपयमा लामो खोकीसहित कडा लक्षण

काठमाण्डौ बनस्थलीका २८ वर्षीय राज घिमिरेलाई ज्वरो आउने, जीउ दुख्ने, खोकी लाग्ने, घाँटी खसखस हुने, जीउ आलस्य हुने लक्षण देखियो । दुई हप्ता घरमै आराम गरेर निको भए पनि उहाँलाई हल्का खोकी अझै लागिरहेको छ । भक्तपुरकी सानु खड्काले यो वर्षको फ्लू (इन्फ्लूएन्जा) कडा महसूस गर्नुभयो । उहाँले यति लामो समयसम्म खोकी लागिरहने समस्या पहिलो […]

पूरा पढ्नुहोस्

आजको राशिफल – Today’s Horoscope

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रियजनसँगको भेटघाटले बिहानी रमाइलो रहनेछ। समयमै काम पूरा हुनाले उत्साह जाग्नेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मध्याह्नदेखि बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले धेरै काम सम्पादन हुनेछन् र कामकाे नतिजाले उत्साह जगाउनेछ। शुभचिन्तकहरूको साथ–सहयाेग जुट्नाले रोकिएका काम बन्नेछन्। वृष […]

पूरा पढ्नुहोस्

थापाथलीमा मेलम्चीको खानेपानी फाइप फुट्यो

थापाथलीमा मेलम्चीको खानेपानी फाइप फुटेको छ। मंगलबार बिहान थापाथली क्षेत्रमा मेलम्चीको खानेपानी पाइप फुटेको हो। पाइप फुटेर सडकमा बाढीकै रुपमा बगेको र सडकसमेत अवरुद्ध भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल आउने सडकमा पाइपको लाइन फुटेको हो ।थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन । […]

पूरा पढ्नुहोस्

यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका

त्रिभुवन विश्वविद्यालय (त्रि.वि.)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया शुरु गरेको छ । त्रि.वि.का आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । “विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठनको नाम निर्वाचनका लागि दर्ता गराउनुभएको छ”, उनले […]

पूरा पढ्नुहोस्