Author: Ugin Khabar

प्रचण्डसँग छलफल भइरहेको छ : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचमा छलफल चलिरहेको बताउनुभएको छ । आज बिहीवार बेलुकी सामाजिक सञ्जालमार्फत उहाँले यस्तो बताउनुभएको छ । पार्टीभित्र देखिएको मतभेद र अन्तरविरोधलाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत विभिन्न ढङ्गले प्रचार भइरहेको भन्दै नेता श्रेष्ठले आपत्ति जनाउनुभएको छ । उहाँले लेख्नुभएको छ, हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तरविरोधलाई […]

पूरा पढ्नुहोस्

थप १ सय ५ जनामा कोरोना सङ्क्रमण, ३ सय २० जना निको

नेपालमा थप एक सय पाँच जनामा ९कोभिड–१९० कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय २४ जनाको नमुना परीक्षण गर्दा एक सय पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय २० जना सङ्क्रमित निको भएका छन् । अब […]

पूरा पढ्नुहोस्

स्थानीय तह चुनावका लागि ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित

आउँदो वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह चुनावका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । निर्वाचन आयोगले गर्ने नियमित पत्रकार भेटघाट कार्यक्रम अन्तर्गत आज बिहीवारको कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको चुनाव सञ्चालन तथा व्यवस्थापनका लागि आयोगले अर्थ मन्त्रालयबाट […]

पूरा पढ्नुहोस्

जसपाका नेता प्रदिप यादवमाथीको कारवाही फुकुवा

जनता समाजवादी पार्टी नेपाल जसपाको मंगलवार सम्पन्न केन्द्रिय कार्यकारिणि समितिको बैठकले पर्साबाट निर्वाचित सांसद प्रदिप यादवमाथीको कारवाही फुकुवा गरेको छ । बैठकले सांसद यादवको कार्य कुशलताको प्रशंसा गर्दै जसपाको फागुन २९ र ३० गते हुने केन्द्रिय समितिको बैठकले केन्द्रिय समितिमा मनोनय गर्ने र थप संगठनात्मक जिम्मेवारी दिने संद्धान्तिक सहमति समेत गरेको छ । संघीय सरकारमा […]

पूरा पढ्नुहोस्

विना कामको ज्याला लिनु राम्रो होइन : भट्टराई

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् अवरोधको निकास खोज्न नसक्नु सरकारकाे गैरजिम्मेवारीपन भएको आरोप लगाउनुभएको छ । आज बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले जनताको समस्या संसदमा नराखी ज्याला लिनु लज्जास्पद भएको बताउनुभयो । अध्यक्ष भट्टराईले सरकारले संसदको अवरोध नहटाउनु जनताप्रतिको […]

पूरा पढ्नुहोस्

एमसीसी अनुमोदनमा सहयोग गर्नेलाई सरकारको धन्यवाद

सरकारले अमेरिकी सहायता एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरिएको भन्दै सम्बद्ध सबैलाई धन्यवाद व्यक्त गरेको छ । फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज मङ्गलवार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले फागुन १५ गते प्रतिनिधि सभाबाट एमसीसी अनुमोदनका लागि सहज वातावरण निर्माण गर्ने गठबन्धनमा आबद्ध […]

पूरा पढ्नुहोस्

६ हजार ८ सय ७४ जनाको नमुना परीक्षण गर्दा १ सय २७ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा एक सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी ६ हजार आठ सय ७४ जनाको नमुना परीक्षण गर्दा एक सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप तीन सय २१ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ […]

पूरा पढ्नुहोस्

एमसीसी अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगियो : अध्यक्ष दाहाल

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगिएको बताउनुभएको छ । निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष दाहालले एमसीसीका कारण राजनीतिक दलहरु र समाज नै विभाजित भई प्राप्त उपलब्धि पनि गुम्ने खतरा पैदा भएको बताउनुभएको हो । प्रतिनिधिसभाबाट एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित अनुमोदन हुनुले व्याख्यात्मक घोषणाले […]

पूरा पढ्नुहोस्

सत्ता गठबन्धनबाट बाहिरियो जनमोर्चा

राष्ट्रिय जनमोर्चा पाँचदलीय सत्तारुढ गठबन्धनबाट बाहिरिएको भएको छ । आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै जनमोर्चा गठबन्धनबाट बाहिरिएको हो । सोमबार बसेकोे पार्टीको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । बैठकपछि अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी प्रेस विज्ञप्तिमा संसद्बाट षड्यन्त्रमूलत तरिकाले एमसीसी पास गरी देशको सार्वभौमिकता र अखण्डतामाथि आँच पुर्‍याएको उल्लेख छ […]

पूरा पढ्नुहोस्

रासायनिक मल ल्याउन भारतसँग ५ वर्षे सम्झौता

रासायनिक मल ल्याउन भारतसँग सम्झौता गरिएको छ । सोमबार भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । भारत सरकारका तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबीच भर्चुअल माध्यबाट समझदारीपत्र आदान प्रदान भएको हो […]

पूरा पढ्नुहोस्