Author: Ugin Khabar

जेन-जीकाे अडान– संसद विघटन र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित

जेन-जीले संसद विघटन हुनैपर्ने अडान दाेहाेर्‍याएकाे छ। साथै उसले निर्णय प्रक्रियामा आफूहरूकाे सहभागिता सुनिश्चित गरिनुपर्ने बताएकाे छ। जेन-जीहरूको प्रतिनिधि मञ्च ‘हामी नेपाल’ले सामाजिक सञ्जालमार्फत यी दुई सर्तमा आफूहरू दायाँबायाँ नहुने स्पष्ट पारेकाे हाे। उसले भनेकाे छ, ‘हाम्रो अबको प्रमुख एजेन्डा संसदको विघटन र निर्णय प्रक्रियामा जेन-जीको सहभागिता सुनिश्चितता हो।’ जेन-जीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारेको छ। उनले पनि राष्ट्रपति […]

पूरा पढ्नुहोस्

सभामुख र राष्ट्रिय सभा अध्यक्षको संयुक्त अपिल : देश विधिको शासनबाट बाहिर जानु हुँदैन

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले देश विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने भन्दै सामूहिक अपिल गरेका छन्। एक विज्ञप्ति जारी गर्दृ उनीहरूले आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल गरेका छन्। ‘यही मिति २०८२ भदौ २३ र २४ गते भएको जेन जेड […]

पूरा पढ्नुहोस्

‘जेन–जी’ प्रदर्शन : ज्यान गुमाउनेकाे सङ्ख्या ५१ पुग्याे

‘जेन–जी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म ५१ जना पुगेको छ । काठमाण्डौसहित विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको प्रहरीको तथ्याङ्क छ । ज्यान गुमाउनेमा युवासहित, ३ जना प्रहरी र एक भारतीय महिला रहेका नेपाल प्रहरीले जनाएको छ । तीमध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको छ । महाराजगञ्जमा रहेकाहरूको पोस्टमार्टम थालिएको छ । […]

पूरा पढ्नुहोस्

जंगीअड्डामा आज नयाँ सरकारको नेतृत्वका लागि निर्णायक वार्ता

अन्तरिम  सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ। जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग आज बिहानदेखि छलफ […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयमा कात्तिक १० सम्म पठनपाठन बन्द

त्रिभुवन विश्वविद्यालयले कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हिउँदे बिदामा कटौती गर्नेगरी विश्वविद्यालयले बिदा दिएको विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्लीथापा क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ। सूचनामा भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ सँगै ९ गते बिदा दिई कात्तिक […]

पूरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय उडान शुरु, आजदेखि आन्तरिक उडान पनि हुने

अस्ति मङ्कलवार दिउँसोदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला भएको छ । विमानस्थल खुला भएसँगै हिजो बेलुकीदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ । आन्तरिक उडान आजदेखि सञ्चालनमा आउँदैछ छ । आन्तरिक उडानका अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले सबै आन्तरिक उडान आज बिहानदेखि सञ्चालनमा आउने जनाएको छ । विमानस्थल सञ्चालनमा आएसँगै यात्रुको भीड बढेको छ । काठमाण्डौ […]

पूरा पढ्नुहोस्

शान्तिपूर्ण प्रदर्शनमाथि गोली प्रहारप्रति जसपाको आपत्ति

जनता समाजवादी पार्टी (जसपा), नेपालले राजधानीमा ‘जनजी जेठ’ पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि भएको गोली प्रहार घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जसपाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रष्टाचार अन्त्यको मागसहित शान्तिपूर्ण ढंगले विरोध प्रदर्शन गर्दा प्रहरीको दमनमा परी विद्यार्थी घाइते भएको घटना निन्दनीय रहेको जनाएको हो। विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण प्रदर्शनका क्रममा गोली प्रहार […]

पूरा पढ्नुहोस्

‘जेन जी’ प्रदर्शन : घटनाको छानबिन गर्न समिति गठन

सरकारले जेन जी ले गरेको प्रदर्शन हिंसात्मक बनेपछि छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ । आज बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले घटनाको छानबिन गरी १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको हो । समितिमा रहनेहरूको नाम सार्वजनिक भइसकेको छैन । आज भएको जेन जी को प्रदर्शन हिंसात्मक बनेपछि अहिलेसम्म १९ जनाको ज्यान गएको […]

पूरा पढ्नुहोस्

गृहमन्त्री रमेश लेखकद्वारा राजीनामा

गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बेलुकी बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनुभएको थियो । आज भएको जेन जी को प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री लेखकले राजीनामा दिनुभएको हो । यो प्रदर्शनमा अहिलेसम्म १९ जनाको ज्यान गएको छ । यसअघि आजै नेपाली कांग्रेसको पदाधिकारी […]

पूरा पढ्नुहोस्

एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज सकिँदैछ।  ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुईदिनदेखि जारी महाधिवेशन आज सकिन लागेको हो। महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि १० वटा समूहबिचको विमर्श सकिएको छ। विमर्शका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह बनाइएको थियो। कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आधारित प्रतिनिधिले […]

पूरा पढ्नुहोस्