Banner

बाबुरामजी र म सँगै उभिने कुराकाे ठूलाे अर्थ र महत्त्व छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताउनुभएको छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उहाँले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिनुभएको हो । चुनावपछि पार्टी एकता नै हुने गरी […]

पूरा पढ्नुहोस्

हाम्राे पार्टी गठबन्धनकै अङ्ग हाे : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नाे पार्टी पनि गठबन्धनकै अङ्ग भएकाे दाबी गर्नुभएकाे छ । आज मङ्गलवार माओवादीको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि भट्टराईले यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘नेपाल समाजवादी पार्टी गठबन्धनको एउटा अङ्ग हो । भित्र–बाहिर भन्ने कुराको भ्रम नपरोस् । जे सहमति हुन्छ, त्यहीअनुसार चुनाव लड्छौँ ।’ नेता […]

पूरा पढ्नुहोस्

२४ घण्टामा ८ सय ४८ जनामा काेराेना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर आठ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार ६ सय १९ जनाको नमुना परीक्षण गरेकोमा आठ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा पाँच सय २६ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ […]

पूरा पढ्नुहोस्

राष्ट्रपतिको निर्णय संविधानको भावना विपरीत- जसपा नेता अजय निराला

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्नु भएको छ। राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता भएसँगै नागरिकता विधेयक फिर्ता हुनुपर्छ भन्ने पक्षधरले खुसीको प्रतिक्रिया र यो निर्णयको असन्तुष्ट पक्षले विरोधको प्रतिक्रिया जनाउन थालेका छन्। यसै सन्दर्भलाई लिएर राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेसँगै जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद सदस्य अजय निरालाले राष्ट्रपतिको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै […]

पूरा पढ्नुहोस्

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक फिर्ता गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । विधेयकलाई संसदीय समितिले पास गरेर प्रतिनिधि सभामा पठाएको थियो । प्रतिनिधि सभाले राष्ट्रिय सभामा पठाएको विधेयक राष्ट्रियसभाबाट पनि पारित भएपछि सभामुख अग्नि प्रसाद सापकोटाले प्रमाणित गरेर राष्ट्रपतिकहाँ पठाउनुभएको थियो । […]

पूरा पढ्नुहोस्

हँसिया हथौडा चिह्नसहित चुनावमा जान प्रचण्ड र बाबुराम भट्टराई सहमत

साउन २९, काठमाण्डौ नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू एउटै चुनाव चिह्नमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा भाग लिन तयार भएका छन् । माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा। बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भएको भेटवार्तामा उहाँहरू एउटै ९हँसिया हथौडा० चुनाव चिह्न लिएर चुनावमा भाग लिन तयार हुनुभएको […]

पूरा पढ्नुहोस्

थप ४ सय ५५ जनामा काेराेना पुष्टि, २ जना सङ्क्रमितकाे ज्यान गयाे

पछिल्लो २४ घण्टामा चार सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार आठ सय २९ जनाको नमुना परीक्षण गर्दा चार सय ५५ जनामा सङ्क्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा तीन सय दुई जना काेराेना सङ्क्रमित निकाे भएका छन् । नेपालमा अहिले पाँच हजार […]

पूरा पढ्नुहोस्

बोगटीलाई सम्झिँदै प्रचण्डले भने– धेरै पढेका नभए पनि पार्टीभित्रका डाक्टर र वैद्यभन्दा राम्रा थिए

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै नै पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा उनले आगामी निर्वाचनपछि विशेष महाधिवेशन बोलाउने तयारी भइरहेको बताए । कार्यक्रममा उनले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले एक सय ७५ तहमा जित्ने अनुमान […]

पूरा पढ्नुहोस्

यति साह्राे गठबन्धन एमालेलाई बहुमतबाट रोक्नका लागि हो : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई प्रदेश र प्रतिनिधिसभा चुनावमा बहुमत आउनबाट रोक्नका लागि सत्तारुढ गठबन्धनले सक्दो प्रयास गरिरहेको बताउनु भएको छ । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले जति प्रयास गरे पनि नेपाली जनता आफ्नो पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिन दृढ रहेको दाबी समेत गर्नु भयो । लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार […]

पूरा पढ्नुहोस्

फोनिज चितवनको कार्यालय स्थापना

फोनिज चितवनले संस्था स्थापना भएको करिब डेढ दशकपछि आफ्नै कार्यालय स्थापना गरेको छ । शुक्रबार इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष महेन्द्र दुरा, पूर्वअध्यक्ष पदमबहादुर गुरूङ, फोनिज चितवनका संस्थापक अध्यक्ष सन्तकुमार चौधरीलगायतको उपस्थितिमा कार्यालय उद्घाटन गरिएको हो । कार्यालयको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले […]

पूरा पढ्नुहोस्