Banner
केपी ओलीकाे संयाेजकत्वमा एमालेद्वारा निर्वाचन परिचालन कमिटी गठन
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन तयारी तथा सञ्चालनका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा आज बिहीवार बसेको सचिवालयको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका […]
पूरा पढ्नुहोस्
सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक निष्कर्षविहीन
सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको आज बिहीवारको बैठक पनि खास निष्कर्षमा नपुगी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले २०७४ सालकै नतिजाका आधारमा सिट भागबन्डा गर्नुपर्ने बताएका छन् । तर नेपाली कांग्रेसले भने पालिका चुनावको लोकप्रिय मतको आधारमा सिट बाँडफाँट गर्नुपर्ने अडान लिएपछि बैठक […]
पूरा पढ्नुहोस्
नेपालकाे भूमि चीनविरुद्ध प्रयाेग हुने नदिने विश्वास दिलाएँ : परराष्ट्रमन्त्री
चीन भ्रमण पूरा गरेर परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का स्वदेश फर्कनुभएको छ । तीन दिने भ्रमण पूरा गरी स्वदेश फर्किनुभएका खड्काले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको कुरामा चिनियाँ पक्षलाई ढुक्क बनाएकाे बताउनुभयो । चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएको उहाँकाे भनाइ छ । […]
पूरा पढ्नुहोस्
वाईसीएल भरतपुर महानगर कमिटिको भेला २८ गते
नेकपा माओवादी केन्द्रको भातृ सङगठन वाईसीएल नेपाल भरतपुर महानगर कमिटिको भेला साउन २८ गते हुदै छ । महानगर भेलालाई लक्षित गर्दै वाईसीएलले भरतपुरका २९ वटै वडाको भेला सम्पन्न गरेको छ । २८ गते हुने भेलाले नयाँ सांगठनिक नेतृत्व, सङगठनको नीती तथा योजनाहरु पारित गर्ने गर्नेछ । महानगर कमिटिको नेतृत्वमा सर्वसम्मत रुपमा को आउँछ भन्नेमा वाईसीएलका […]
पूरा पढ्नुहोस्
केरुङ–काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चीनले अनुदान सहयोग गर्ने
चीनले केरुङ–काठमाण्डौ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । साथै नेपाललाई भौतिक पूर्वाधार, विपद् व्यवस्थापन र स्वास्थ्य सामग्री लगायतका विभिन्न शीर्षकमा चीनले १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ। चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग हिजो भएको भेटवार्तामा चीनका विदेश मन्त्री वाङ यीले यो घोषणा गर्नुभएको हो […]
पूरा पढ्नुहोस्
गठबन्धनको सिट बाँडफाँट गर्न बनेको कार्यदलको दोस्रो बैठक आज बस्दै
सत्तारुढ गठबन्धनको सिट संख्या बाँडफाँटका लागि बनेको कार्यदलको दोस्रो बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्ने तय भएको हो। कार्यदलको पहिलो बैठक गत २४ असारमा बसेको थियो। नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाको संयोजगत्वमा ११ सदस्यीय कार्यदल गठन भएको थियो। यसअघि बसेको बैठकमा देशका सबै निर्वाचन क्षेत्रमा गठबन्धन एकसाथ गर्नेगरी […]
पूरा पढ्नुहोस्
विभिन्न जिल्लामा मल पठाउन थालियो
वीरगञ्ज, २६ साउन कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल युरिया विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो । दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच हजार मेट्रिक टन एक लाख बोरा रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन थालिएको […]
पूरा पढ्नुहोस्
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले रोक्नु हुँदैन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले रोक्नु नहुने बताउनुभएको छ । पाँच दिने जापान भ्रमण सकेर आज बुधवार नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने मलाई लाग्छ । ढिलो […]
पूरा पढ्नुहोस्
थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा थप ८ सय ६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ५ जनाको नमूना परीक्षण गरिएको थियो । ३ हजार ६ सय १४ जनाको पीसीआर र ३ हजार ९१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ सय ६८ […]
पूरा पढ्नुहोस्
स्वास्थ्य, शिक्षामा सरकारले ध्यान दिएन : अध्यक्ष ओली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा ध्यान नदिएको आरोप लगाउनुभएको छ । स्वास्थ्य, शिक्षा र उपचार गर्ने अस्पतालहरूको हब बन्नका लागि उपयोगी रहेको देशमा ती विषयलाई नै निषेध गर्ने काम सरकारबाट भइरहेको अध्यक्ष ओलीको भनाइ थियो । आज बुधवार काठमाण्डौमा आयोजित कृषि वैज्ञानिकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै […]
पूरा पढ्नुहोस्



















