Banner
एसइईको नतिजा साउन दोस्रो हप्ता प्रकाशित हुने
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्ने समय फेरि सारेको छ। बोर्डले यही साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित गर्ने जनाएको छ। बोर्डले यसअघि असार मसान्तभित्र नतिजा प्रकाशन गर्ने बताएको थियो। त्यसपछि पनि सबै प्रक्रिया पूरा नभएकाे भन्दै बाेर्डले साउन पहिलो हप्ताभित्रै नतिजा प्रकाशन गर्ने भाका राखेकाे थियो। ‘अहिले नै हतारिएर गल्ती हुन […]
पूरा पढ्नुहोस्
थप ३ सय ९१ जनामा काेराेना पुष्टि
पछिल्लो २४ घण्टामा तीन सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नाै सय ८१ जनाको नमुना परीक्षण गर्दा तीन सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । ४६ जना […]
पूरा पढ्नुहोस्
संघीय संसदका दुवै सदनकाे बैठक आज बस्दै
संघीय संसद अन्तर्गत दुवै सदनकाे बैठक आज (बुधबार) बस्ने भएकाे छ। बुधबार प्रतिनिधि सभाकाे बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने लागेको हो। बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसंची रहेकाे संसद सचिवालयले जनाएकाे छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले […]
पूरा पढ्नुहोस्
अनलाइन मतदाता नामावली भर्ने कार्य थप पाँच जिल्लामा
निर्वाचन आयोगले काठमाडौँ उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ। आयोगले नमूनाका रूपमा सुरु गरेको सो कार्य आजदेखि काठमाडौँ, ललितपुर र भक्तपुरका अतिरिक्त काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा गरी थप पाँच जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलले जानकारी दिए। […]
पूरा पढ्नुहोस्
आज देशका केही ठाउँमा ठुलो पानी पर्ने
देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ । लुम्बिनी प्रदेशका केही ठाउँमा गएरातिदेखि पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएको छ । आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान गरिएको छ भने अन्य धेरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको मौसमविद् सजिना […]
पूरा पढ्नुहोस्
पत्रकार कुट्ने विद्युतका कर्मचारी धरौटीमा रिहा
चितवन, साउन ०३ । पत्रकारलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका विद्युतका कर्मचारी धरौटिमा छुटेका छन् । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले विद्युत प्राधिकरण भरतपुर शाखाका कार्यालय प्रमुख राविज सिंह सहित ८ जनालाई एकमुष्ट २ लाख ४५ हजार रुपैयाँ धरौटीमा छाडेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार कृष्ण आचार्यलाई कुटपिट गरेको आरोपमा विद्युत प्राधिकरण भरतपुरका […]
पूरा पढ्नुहोस्
थप ३ सय ५७ जनामा काेराेना पुष्टि, सक्रिय सङ्क्रमितकाे सङ्ख्या झन्डै २ हजार जना
पछिल्लो २४ घण्टामा तीन सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ५७ जनाको नमुना परीक्षण गर्दा तीन सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ६२ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका […]
पूरा पढ्नुहोस्
देवघाटमा सोमबारे बोलवम मेला आजबाट सुरु
नेपालकै पवित्र तीर्थस्थल देवघाटमा सोमबारे बोलवम मेला आजबाट सुरु भएको छ । आइतबार साँझ देखिनै देवघाटमा मेला भर्न आएका दर्शनार्थीको आज बिहानैदेखि पूजाआजामा भीड देखिएको छ । साउन महिना वर्षकै चोखो महिनाको रुपमा लिइने गरिएको र साउनमा पाँच वटा सोमबार परेकाले आजदेखि साउन अन्तिमसम्म मेला आयोजना गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । नेपालका […]
पूरा पढ्नुहोस्
काँग्रेस केन्द्रीय समिति बैठक बस्दै
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राखिसकेपछि सोको निर्णय सुनाउनको लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो । आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको निर्णयका बारेमा गृहकार्य सम्पन्न गरे पछि आज बस्ने बैठकमा निर्णय सुनाउन लागिएको हो ।
पूरा पढ्नुहोस्
२७ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाको दोस्रो खोप
कोरोनाको पहिलो मात्रा खोप लगाएका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि दोस्रो मात्रा खोप दिइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई आजदेखि आउँदो आइतवारसम्म दोस्रो मात्रा खोप दिन लागिएको हो । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड बोकेर जान मन्त्रालयले आग्रह गरेको […]
पूरा पढ्नुहोस्



















