Banner
भारत भ्रमण अपेक्षाअनुसार सफल भयाे : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण अपेक्षाअनुसार सफल भएको दाबी गर्नुभएकाे छ । तीन दिने भारत भ्रमण गरेर आज आइतवार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले पहिला प्रधानमन्त्री भएर जाँदा र अहिले जाँदा सुरक्षामा कुनै फरक नरहेको बताउनुभयो । अध्यक्ष दाहालले भारतका […]
पूरा पढ्नुहोस्
उपसभामुख भुसालद्वारा पदभार ग्रहण, संविधानअनुसार काम गर्ने प्रतिबद्धता
नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गर्नुभएको छ । आज आइतवार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि भुसालले पदभार ग्रहण गर्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई शपथ ग्रहण गराउनुभएको थियो । पदभार ग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उपसभामुख भुसालले आफ्नो कार्यकालमा संविधानअनुसार काम गर्ने […]
पूरा पढ्नुहोस्
काेराेना सङ्क्रमण बढे पनि नियन्त्रण गर्न सफल हुनेछाैँ : मन्त्री खापुङ
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले कोभिड–१९ सङ्क्रमण बढेकाे भए पनि नियन्त्रण गर्न सरकार सक्षम रहेको बताउनुभएको छ । केही हप्तायता कोभिड सङ्क्रमण बढिरहेकाे भए पनि नियन्त्रण गर्न सरकार सक्षम रहेको उहाँले दाबी गर्नुभएको हो । चिकित्सा शास्त्र अध्ययन संस्थानले आज आइतवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खापुङले यस्ताे बताउनुभएकाे हाे । कोभिडविरुद्धको खोप […]
पूरा पढ्नुहोस्
थप २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ३ हजार ९० जनामा गरिएको परीक्षणका क्रममा थप २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । यस्तै ५१ जना सङ्क्रमित निको भएका छन् । केही दिन यता कोरोना भाइरसको […]
पूरा पढ्नुहोस्
देशलाई संकटबाट जोगाउन सबै वामपन्थी पार्टी एक हुनुपर्छ : नारायणकाजी श्रेष्ठ
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सबै वामपन्थी पार्टीहरुलाई तालमेलका लागि आग्रह गर्नु भएको छ । देशलाई संकटबाट जोगाउनका लागि पनि सबै वामपन्थी शक्तिहरु तालमेल गरेर अघि बढ्नुपर्ने उहाँको तर्क थियो । नेपालमा वामपन्थीहरु मात्रै देशभक्त महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै उहाँले उनीहरुबीचमै एक अर्कालाई सिध्याउने काम भए देश नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गर्नु […]
पूरा पढ्नुहोस्ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउनमा विदेशी शक्तिको साथ : उपेन्द्र यादव
असार ३२, सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशी शक्तिको साथ रहेको बताउनु भएको छ । पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहनु भएका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बन्नु भएको खुलासा गर्नु भएको हो । नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाण्डौमा आयोजना गरेको ‘नेपालको […]
पूरा पढ्नुहोस्
फुट्यो जसपाः उपेन्द्र पक्षद्वारा बाबुरामसहित ९ जना नेता निस्काशित, संघीय परिषद् अध्यक्षमा अशोक राई
जनता समाजवादी पार्टी औपचारिक रुपमा फुटेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले डा.बाबुराम भट्टराई सहितका नौ जना नेतलाई हटाएको छ । यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले संघीय परिषद् अध्यक्षबाट भट्टराईलाई हटाएर अशोक राईलाई चयन गरेको एक नेताले जानकारी दिए । निष्कासनमा परेका नेतामा गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्रराय यादव, हिसिला यमी, भक्तबहादुर शाह, […]
पूरा पढ्नुहोस्
हतियार किन्ने निर्णय गरेकै छैन : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिले हतियार किन्ने निर्णय नगरेको दाबी गर्नुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले अहिले हतियार किन्ने कुनै योजना नभएकाले हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको हो । देशमा विदेशी विनिमय सञ्चिति घट्दै गएको र आर्थिक सङ्कटको लक्षण देखिएको बेला सरकारले हतियार खरिद गर्न लागेको भन्दै पार्टीकै नेताहरूले आजको बैठकमा प्रधानमन्त्री […]
पूरा पढ्नुहोस्
रेणु यादवद्वारा जसपाको पदीय जिम्मेवारी परित्याग
जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री रेणुकुमारी यादवले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । जसपाकी संस्थापक नेतृ यादवले व्यक्तिगत कारणले पदीय जिम्मेवारीमा रहन नसक्ने भन्दै सबै जिम्मेवारी परित्याग गरेको विज्ञप्तिमार्फत जनाएकी छन् । जसपामा उपेन्द्र यादव र डा। बाबुराम भट्टराईले अलग(अलग बैठक बोलाएर पार्टी विभाजनको तयारी भइरहेका बेला कार्यकारिणी समिति सदस्य तथा […]
पूरा पढ्नुहोस्
कांग्रेस बैठक आज पनि बस्दै
३० असार, नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आजको बैठमा केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले जवाफ दिनेछन् । देउवा नेतृत्वको सरकार एक वर्ष पुगेको अवसरमा नेताहरूले सरकारबारे प्रश्न […]
पूरा पढ्नुहोस्



















