Banner

प्रसारण लाइनमा व्यक्ति चढ्दा विद्युत् प्राधिकरणको १ करोड रुपैयाँभन्दा धेरै नोक्सानी

नुवाकोटको ककनी गाउँपालिकामा विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेका एक व्यक्तिका कारण विद्युत् प्राधिकरणलाई एक करोड रुपैयाँभन्दा धेरै नोक्सानी भएको छ । मानसिक सन्तुलन गुमाएका व्यक्ति तारमा पुगेपछि उनको सुरक्षाको लागि प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री एु र ५ मेगावाटको अर्को आयोजनाको उत्पादन बन्द गरेको थियो। बिहान ११ बजेदेखि बेलुका झन्डै ८ बजेसम्म […]

पूरा पढ्नुहोस्

प्रसारण लाइनको तारमा पुगेर दिनभर ‘तनाव दिएका’ व्यक्तिको उद्धार

विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेर दिनभरि विभिन्न निकायलाई तनाव दिएका व्यक्तिको उद्धार भएको छ । नुवाकोटको ककनी गाउँपालिका–७ को टावरबाट तारमा पुगेका व्यक्तिको नेपाली सेनाले लिखु गाउँपालिकाबाट उद्धार गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले उज्यालोलाई जानकारी दिनुभयो । उनको उद्धारको लागि तालिमप्राप्त सेनाको टोली हेलिकप्टरसहित खटिएको थियो । नुवाकोटकै बेलकोटगढी घर भएका […]

पूरा पढ्नुहोस्

पालिका चुनावमा कांग्रेस सबैभन्दा ठूलाे दल : प्रदीप पाैडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पालिका चुनावमा कांग्रेस सबैभन्दा ठूलाे दलका रूपमा स्थापित भएकाे बताउनुभएकाे छ । कांग्रेसले गठन गरेको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतकाे अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहनुभएका नेता पौडेलले आज बिहीवार काठमाण्डाैमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे । वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा कांग्रेस सबैभन्दा ठूलो […]

पूरा पढ्नुहोस्

त्रिविमा नेविसङ्घले लगाएकाे ताला खाेल्न माग गर्दै अनेरास्ववियुकाे प्रदर्शन

त्रिभुवन विश्वविद्यालयमा लागेको ताला खोल्नुपर्ने माग गर्दै नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले प्रदर्शन गरेको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घले त्रिविमा पाँच महिनादेखि लगाएको ताला खोल्नुपर्ने माग गर्दै अनेरास्ववियुले आज बिहीवार त्रिविमा प्रदर्शन गरेको हो । उनीहरूले बन्द सधैँका लागि बन्द गरौँ‚ तालाबन्दी सधैँका लागि बन्द गरौँ, गुन्डागर्दी अन्त्य गर लगायतका नारा लेखिएका […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री र मेयर साहबीच फोहोरको समस्याबारे छलफल

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग फेरि भेटवार्ता गर्नुभएको छ । आज बिहीवार बालुवाटारमा उहाँहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा उहाँहरूबीच फोहोर सम्बन्धी समस्याको समाधान र चलिरहेको अवस्थाबारे छलफल भएको हो । यसअघि गएको जेठ १८ गते पनि उहाँहरूबीच भेट भएको थियो । त्यो भेटवार्तामा देउवाले काठमाण्डौ महानगरपालिकाको जुनसुकै समस्या समाधानका लागि सरकारको […]

पूरा पढ्नुहोस्

बिहीबार देशका सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना

जेठ २६, बिहीबार देशका सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश–१, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुनेछ। यस्तै, कर्णाली र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। प्रदेश–१, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा […]

पूरा पढ्नुहोस्

बिहीबार चार मन्त्रालयको बजेटमाथि छलफल हुने

जेठ २६, प्रतिनिधि सभाको बैठकमा आज बिहीबार चार मन्त्रालयको बजेटमाथि छलफल हुँदैछ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटमाथि छलफल हुनेछ। जसका लागि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।  सांसद प्रेम सुवाल, दुर्गा पौडेल र सूर्य प्रसाद पाठकले खर्च […]

पूरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन, २६ जेठ रासस वर्षासँगै खसेको पहिराका कारण नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीले बताउनुभयो । पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध […]

पूरा पढ्नुहोस्

चुनाव जितेपछि शासक बन्ने रोग छ, सचेत हुनुस् : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको सेवामा केन्द्रित हुन आफ्ना दलबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिलाई निर्देशन दिएका छन्। महोत्तरीको जलेश्वरमा यसपालि सम्पन्न स्थानीय तहमा आफ्नो दलबाट निर्वाचित जनप्रतिनिधिलाई आज बधाई र शुभकामना व्यक्त गर्दै अध्यक्ष यादवले जनप्रतिनिधिको कार्यकाल जनताको सेवामा समर्पित हुन निर्देशन दिएका हुन्। ‘तपाईंहरूलाई जनताले मनभरिको विश्वास दिएका छन्, इमान र […]

पूरा पढ्नुहोस्

गठबन्धनको चुनावसम्म जान्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धन प्रदेश सभा र प्रतिनिधि सभा चुनावसम्म कायम रहने बताउनुभएको छ । अध्यक्ष नेपालले आउँदाे मङ्सिरमा प्रदेश सभा र प्रतिनिधि सभा चुनाव हुने भन्दै त्यतिबेलासम्म गठबन्धनलाई कायमै राखेर अघि बढ्न आफ्नो पार्टीले चाहेको बताउनुभएको हो । पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले आज बुधवार काठमाण्डाैमा आयोजना गरेको एक […]

पूरा पढ्नुहोस्