Banner

मतदाता परिचयपत्र हराएकाले पनि मतदान गर्न पाउने

निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदाता परिचय पत्र हराएकाहरुले पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ । आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै परिचय खुल्ने अन्य कागजातबाट मतदान गर्न पाइने जनाएको हो । निर्वाचन आयोगका अनुसार निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी र जग्गाधी […]

पूरा पढ्नुहोस्

जेठ १ गतेदेखि बैंकमा पनि हप्तामा दुई दिन बिदा

आउँदाे जेठ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा पनि हप्तामा दुई दिन बिदा हुने भएको छ । राष्ट्र बैंकले सूचना निकालेर सरकारको निर्णयअनुसार जेठ १ गतेदेखि शनिवार र आइतवार बिदा दिइने उल्लेख गरेको छ । अरू दिन बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म बैंक खुल्नेछन् । दशैँ, तिहार बाहेक अन्य बिदा लगातार दुई […]

पूरा पढ्नुहोस्

थप २१ जनामा काेराेना पुष्टि

पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार सात सय ८८ जनाको नमुना परीक्षण गर्दा २१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप १६ जना निको भएसँगै एक सय ८७ जना काेराेना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यही अवधिमा कोरोना […]

पूरा पढ्नुहोस्

आज र भोलि मतदाता परिचयपत्र वितरण र मतदातालाई भाेट हाल्न पनि सिकाउने

निर्वाचन आयोगले आज र भोलि मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदातालाई भाेट हाल्ने तरिका सिकाउने भएको छ । आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालयलाई पत्राचार […]

पूरा पढ्नुहोस्

कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले एमालेको सूर्य चिह्नलाई प्वाल पारेको गगन थापाको टिप्पणी

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले एमालेको सूर्य चिह्नलाई प्वाल पारेको टिप्पणी गर्नुभएकाे छ । आज मङ्गलवार गठबन्धनको तर्फबाट गरिएको काठमाण्डाै महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्ताे टिप्पणी गर्नुभएकाे हाे । सत्तारूढ गठबन्धनको विरोध गर्ने एमालेले कमल थापा, राजेन्द्र लिङ्देनदेखि विप्लव र सिके राउतसम्म गठबन्धन गरिरहेको उहाँले […]

पूरा पढ्नुहोस्

एमाले वैशाख ३० गतेकाे प्रतीक्षामा छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावमा आफ्नो पार्टीको जित सुनिश्चित भइसकेको दाबी गर्नुभएको छ । अध्यक्ष ओलीले आफूहरू एमालेको जितका लागि वैशाख ३० गतेको प्रतीक्षामा रहेको पनि बताउनुभयो । आज मङ्गलवार काठमाण्डाैमा आयाेजित चुनावी सभामा बोल्दै उहाँले आफ्नो पार्टीले देश र जनताको हितका लागि पनि अत्यधिक बहुमतका साथ पालिका चुनावमा जित्नुपर्ने जिकिर गर्नुभयो । […]

पूरा पढ्नुहोस्

आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न १९ वटा उच्चस्तरीय टोली गठन

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको छ । आयोगले आज मङ्गलवार पत्रकार सम्मेलनमार्फत आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न सक्ने अधिकारसमेत दिइ विभिन्न १९ वटा उच्चस्तरीय टोली गठन गरेको जनाएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तुलनात्मक रूपमा संवेदनशील ठाउँहरूमा टोली परिचालन गरेको जानकारी दिनुभयो […]

पूरा पढ्नुहोस्

आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदै

पालिका चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । निर्वाचन आयोगले आउँदो शुक्रवार हुने मतदानका लागि आज मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू गरेको हो । मौन अवधिमा आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन मौन अवधि तोकिएको आयोगले जनाएको छ । […]

पूरा पढ्नुहोस्

प्रचण्डकाे दाबी : गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हाे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएको दाबी गर्नुभएकाे छ । धनगढीमा आज साेमवार सत्ता गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले यस्ताे दाबी गर्नुभएकाे हाे । ‘कोही कसैले भ्रममा नपरे हुन्छ, गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हो’, प्रचण्डले भन्नुभयाे, ‘गठबन्धनले भोलिका दिनमा पनि देशमा हुन सक्ने राजनीतिक दुर्घटनाबाट बचाउने प्रतिबद्धता गरेको […]

पूरा पढ्नुहोस्

मतदान केन्द्रको सुरक्षा स्थानीय तहले नै गर्नुपर्छ : निर्वाचन आयोग

आगामी बैशाख ३० गते स्थानीय निर्वाचनका दिन बर्षा हुने मौसम पूर्वानुमान विगागले प्रक्षेपण गरेको छ तर निर्वाचन आयोगले भने यसका लागि केन्द्रबाट सबै तहमा आवश्यक सामग्री पठाउन नसकिने जनाएको छ । सोमबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान केन्द्रको सुरक्षा स्थानीय तहले नै गर्नुपर्ने बताउनुभयो । पाल र प्लास्टिक लगायतको व्यवस्था स्थानीय तहले […]

पूरा पढ्नुहोस्