समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाए चिनियाँ बस्तुमाथि १४५ प्रतिशत आयातकर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत कर पुगेको छ । ट्रम्पको आदेश अनुसार ह्वाइट हाउसले दर्जनौँ देशको ९० दिनका लागि कर वृद्धिको योजनालाई थाती राखेपनि चीनविरूद्ध लगातार कर वृद्धिको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय सञ्चार माधयमका अनुसार चिनियाँ आयातमा नयाँ करको घोषणा गर्दै कुल कर दर […]
पूरा पढ्नुहोस्
रामेछापमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु , ९ जना घाइते
रामेछापमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी अन्य ९ जना घाइते भएका छन् । मन्थली नगरपालिका–३ ठाँटीमा बा १६ च ६४७६ नं को जिप बिहीबार दुर्घटना हुँदा स्थानीय ६२ वर्षीया कृष्णनारायण श्रेष्ठ र ११ वर्षीया भूमिका श्रेष्ठको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार स्थानीय शारदादेवी मन्दिरमा पुजा […]
पूरा पढ्नुहोस्
आज सुनको मूल्य २ हजार रुपैयाँले बढ्यो
कारोबार हुने साताको चौर्थौ दिन बुधबार नेपाली बाजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य २ हजार रुपैयाँले बढेको हो । बुधबार सुनको प्रतितोला मूल्य १ लाख ७५ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको महासंघकले जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार […]
पूरा पढ्नुहोस्
आजदेखि सुरु हुदै कोशी पर्यटन वर्ष
कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर आजदेखि कोशी पर्यटन वर्ष शुुरु गर्दैछ । कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गर्न लागेको हो । तेह्रथुमको प्रसिद्ध तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भको तयारी गरिएको हो । कोशी प्रदेशको पर्यटन प्रर्वद्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय […]
पूरा पढ्नुहोस्
रवि लामिछाने आज थुनामा पठाइदै
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज थुनामा पठाइदैछ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई आज रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराए लगत्तै थुनामा जाने भएका हुन । सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको हो […]
पूरा पढ्नुहोस्
आज रामनवमी पर्व मनाइँदै
चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौं अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको […]
पूरा पढ्नुहोस्
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु , २ जना घाइते
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदहको भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटना हुँदा यात्रु बालकृष्ण रिजाल र चालक दिलिप खनालको मृत्यु भएको हो । उक्त घटनामा परी अन्य दुई जना घाइते भएका छन् । प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले मालारानी गाउँपालिमा वडा नम्बर ४ बस्ने वसन्त पोखरेल र […]
पूरा पढ्नुहोस्
रास्वपा ‘जनयात्रा’ कार्यक्रमको शुभारम्भ चितवनबाट शुरु
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको निर्णयअनुसार ‘जनयात्रा’ कार्यक्रमको शुभारम्भ चितवनबाट गरेको छ । शनिबार भरतपुर–१० स्थित गेष्ट हाउस चौरमा आयोजित कार्यक्रममा उपसभापति, सांसद र केन्द्रीय सदस्यहरूले घण्टी बजाएर जनयात्रा शुरु गरेका हुन् । कार्यक्रममा सभापति रवि लामिछानेले महत्वपूर्ण विषयमा बोल्ने तयारी गरेका थिए । तर, बुटवल उच्च अदालतको तुलसीपुर इजलासले उनलाई थुनामा पठाउने […]
पूरा पढ्नुहोस्
आज सुन मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले घट्यो
अघिल्लो दिन अर्थात बिहिबार उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । सुन आज तोलामा ३ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज आज चाँदीको मूल्य तोलामा १ सय २५ रुपैयाँले घटेर प्रतितोला १ […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा. हरिनी अमरासुरिया बीच भेटवार्ता
बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन बैङ्कक पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका प्रधानमन्त्री डा. हरिनी अमरासुरियासँग भेटवार्ता गरेका छन् । थाइल्याण्डको औपचारिक भ्रमणपछि प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनका क्रममा विभिन्न सदस्य मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग साइडलाइन बैठकमा व्यस्त छन् । श्रीलङ्का प्रधानमन्त्रीसँगको भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको […]
पूरा पढ्नुहोस्



















