समाचार
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा , तोलामा १ लाख ८० हजार ३ सय
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ८० हजार ३ सय पुगेको छ । छापावाल सुन हालसम्मको सबै रेकर्ड तोड्दै उच्चबिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको […]
पूरा पढ्नुहोस्
उद्योग वाणिज्य संघ–चितवन र कृषि तथा वन विश्वविद्यालय विच सम्झौता
उद्योग वाणिज्य संघ–चितवन र कृषि तथा वन विश्वविद्यालय विच चितवनको कृषि विकासका साथै आधुनिकिरणका लागि दुवै संस्थाले साझा धारण बनाएर जाने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चैत्र १९ गते एक कार्यक्रमका विच कृषि तथा वन विश्वविद्यालयको कार्यालयमा वसी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै कृषि तथा वन […]
पूरा पढ्नुहोस्
अध्यक्षमा आशिष कुस्वार , सचिवमा भूवल बहादुर वाइबा चयन
यूगिन खबरका समाचारदाता रुपेश कुस्वारका अनुसार आज मिति २०८१/१२/२० गते रौतहटको चन्द्रपुर नगरपालिकामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रथम जिल्ला अधिवेशन सभा अध्यक्ष सरिता धिमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरियो। यस कार्यक्रममा प्रमुख अथिति लोक तथा दोहोरी प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्ण गौतम र विशिष्ट अतिथिमा वरिष्ठ कलाकार धुृव कोइराला, विशिष्ट अतिथिमा चन्द्रपुर नगरपालिकाका उद्योग […]
पूरा पढ्नुहोस्
आज सुन चाँदीको मूल्य घट्यो
मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्ला दिनमा लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । मङ्गलबार प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको सुनको मूल्य आज तोलामा ६ […]
पूरा पढ्नुहोस्
देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने
देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने भएका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् । आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको बताए। आज […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री के.पी. शर्मा ओली र थाइल्याण्डको प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच भेटवार्ता
थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली र थाइल्याण्डको प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् । त्यसअघि थाइल्याण्डको सरकारी भवनमा […]
पूरा पढ्नुहोस्
काठमाडौं वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा
काठमाडौं उपत्यकामा आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ । मंगलबार प्रदूषणको दृष्टिले विश्वकै पहिलो स्थानमा रहेको नेपाल आज दोस्रो स्थानमा ओर्लिएको हो । ‘एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौं उपत्यकाको वायु प्रदूषणमा विश्वको दोस्रो स्थानमा देखाएको हो । इन्डेक्सका अनुसार आज बिहानको मापन अनुसार काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २ सय ६८ छ […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराको निधन
प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराको निधन भएको छ । मंगलबार काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहान श्रेष्ठका अनुसार बोहरा घाँटीको समस्याबाट लामो समयदेखि पीडित थिए । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन् । उनले गत आम […]
पूरा पढ्नुहोस्
आज सुन मूल्य तोलाको १ लाख ७९ हजार ७ सय बढ्यो
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चार दिनदेखि पहेँलो धातुको मूल्य बढिरहेको छ । सोमबार प्रतितोला एक लाख ७७ हजार ९ सयमा कारोबार भएको सुन आज तोलामा एक हजार ८ सय रुपैयाँले बढेर एक लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले […]
पूरा पढ्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज देखि दैनिक १८ घन्टा सञ्चालनमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज देखि दैनिक १८ घन्टा सञ्चालनमा आउदैछ । कात्तिक २३ गतेदेखि मर्मतका लागि १४ घन्टा चलाइएको विमानस्थल आजदेखि १८ घन्टा सञ्चालन हुने भएको हो । अब विमानस्थल बिहान ६ बजे खुल्नेछ भने राति १२ बजे बन्द हुनेछ । यसअघि विमानस्थलको सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म रहेको थियो । सञ्चालन […]
पूरा पढ्नुहोस्



















