वाग्मती
चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक
चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा यातायात व्यवस्था विभागले सूचना निकालेर घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ । विभागले चाडपर्वका बेला काठमाडौं उपत्यका भित्रने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय लिनुपरेको बताएका छन् । प्रचलित कानुनबमोजिम आयातित मालबाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातित मालबाहक सवारीको हकमा […]
पूरा पढ्नुहोस्
यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी
यातायात व्यवसायीहरूले यातायात व्यवस्था विभागको समन्वयमा गत शनिबार (१२ असोज) देखि अग्रिम टिकट बुकिङ खुला गरेक थिए । बाढीपहिरोका कारण सडक बिग्रिएकाले सवारी साधन चलाउन अफ्ट्यारो हुने भएको भन्दै यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । असोज १२ मा आएको बाढीपहिरोले काठमाडौं उपत्यका लगायत देशका धेरै ठाउँमा ठूलो धनजनको […]
पूरा पढ्नुहोस्
झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट शव निकालियो, पहिरोमा अरु बसहरु पनि पुरिएको आशंका
शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो । नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको […]
पूरा पढ्नुहोस्
निरन्तर बर्षा, देशभर बाढी र पहिरोका कारण ६० जनाको मृत्यु, ६४ बेपत्ता
निरन्तर बर्षाका कारण पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ । विभिन्न प्रदेशमा गरेर ३४ जना घाइते भएका छन् भने ६४ जना […]
पूरा पढ्नुहोस्
बाँध लगाउँदै सुरक्षाकर्मी; नारायणीले कटान गरेको क्षेत्रमा
भरतपुर महानगरपालिका-२७ स्थित सत्तल मगनिमा नारायणी नदिले कटान गरेको स्थानमा सुरक्षाकर्मीको टोलीले बाँध लगाउन थालिएको छ । उनीहरुले बोरामा गिट्टी, बालुवा भरेर बाँध बानेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । अविरल वर्षाका कारण नारायणी नदिको बहाव बढेको छ । जसकारण किनार क्षेत्रमा नदिले कटान गरिरहेको र बाँध लगाउनको लागि नेपाल आर्मी र प्रहरी […]
पूरा पढ्नुहोस्
क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक
जिल्ला प्रशासन कार्यालय चितवनले वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दैआज एक सूचना जारी गरि आइतबार बिहान ५ बजेसम्मका लागि नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको छ। प्रशासकीय अधिकृत अन्तिम सिञ्जालीद्धारा जारी सूचनामा सो सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको हो । सूचनामा भनिएको छ, “सवारी […]
पूरा पढ्नुहोस्
मुग्लिङ–नारायणगढ सडक अवरुद्ध
मुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ९ किलो भन्ने स्थानमा सडक भासिएको हो । भासिएको सडक र पहिरो समेतका कारण सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । भारी वर्षा र विभिन्न स्थानमा पहिरोका कारण सो क्षेत्र भएर चल्ने यातायात ठप्प छ । कतिपय सवारी र यात्रु बिच बाटोमै फसेका […]
पूरा पढ्नुहोस्
चितवन राष्ट्रिय निकुञ्ज पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा
चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि बनेका सडक तथा पूर्वाधार मर्मत सुरु गरि वर्षातका कारण गत असार १६ गते देखि रोकिएको निकुञ्जको सफारी सञ्चालनको तयारी थालिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार निकुञ्जको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रका रुटअन्तर्गतका संरचना मर्मत सुरु गरिएको छ । उहाँले भन्नुभयो, “पश्चिम क्षेत्रमा काम सम्पन्न […]
पूरा पढ्नुहोस्
नागढुंगास्थित सुरुङमा मार्ग नजिकै लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध
मध्यान्ह २ बजेतिर धुनिवेशी नगरपालिका–९ नागढुंगा स्थित सुरुङमा मार्ग नजिकै लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले बताए । लेदोका कारण सडक दुईतर्फ अवरुद्ध भएको छ । स्थानीय निकाय र सडक विभागसँग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको इन्स्पेक्टर सिलवालले जानकारी दिए । बाटो बन्द हुँदा सवारी साधन […]
पूरा पढ्नुहोस्
प्रतिकूल मौसमका कारण भरतपुर विमानस्थलका उडान प्रभावित
शुक्रबार बिहानदेखि परेको अविरल वर्षा भई प्रतिकूल मौसमका कारण कम भिजिविलिटी हुँदा भरतपुर विमानस्थलका उडान प्रभावित भएका छन् । भरतपुर विमानस्थलका अनुसार उडान प्रभावित भएसँगै हवाइ यात्रुहरु समस्यामा परेका छन् । वर्षाका कारण भरतपुरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरा गरी दैनिक १० वटा उडान […]
पूरा पढ्नुहोस्



















