समाज
यी हुन् विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएका ४१ पालिका
सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोबाट बढी प्रभावित पालिकालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो । ‘बाढीपहिरो प्रभावित क्षेत्रमा अहिले पनि उद्धार तथा राहत वितरण जारी छ, […]
पूरा पढ्नुहोस्
अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २३३ जनाको मृत्यु
अहिलेसम्म बाढी, पहिरोमा १३ हजार ७१ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । साथै प्रहरीले अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेकाले सडक खुलाउने प्रयास भईरहेको हुदा लामो यात्रमा निस्किनु अघि सम्बन्धि जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर निस्किन आग्रह गरेको छ । नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १५९ […]
पूरा पढ्नुहोस्
नेपालको बिजुली बङ्गलादेश निर्यात हुने बाटो खुल्दै, आज त्रिपक्षीय सम्झौता हुने
काठमाडौँ । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी […]
पूरा पढ्नुहोस्
बडादशैँ शुरू, आज घटस्थापना
यस वर्षको बडादशैँ आजदेखि शुरू भएको छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत […]
पूरा पढ्नुहोस्
विपन्न र अभिभावकविहीन बालबालिकालाई आवाससहितको निःशुल्क शिक्षा प्रदान
तनहुँको व्यास–७ कलेस्तीस्थित व्यास नगरपालिकाद्वारा सञ्चालित व्यास नगर समता विद्यालयले विपन्न र अभिभावकविहीन बालबालिकालाई आवास सहितको निःशुल्क शिक्षा प्रदान गरेको छ । व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेका अनुसार – शिक्षाबाट कुनै पनि बालबालिकाहरु वञ्चित हुन नपरोस भनी विद्यालय स्थापना गरिएको हो । “म आफैँ शिक्षा क्षेत्रबाट आएको व्यक्ति भएकाले समाजका असहाय बालबालिकालाई गुणस्तरीय शिक्षा दिन यो […]
पूरा पढ्नुहोस्
असोज २ गते कृष्ण प्रतिपदादेखि प्रारम्भ भएको पितृपक्षको आज अन्तिम दिन
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात्असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको अन्तिम दिन विधिवत् समापन हुँदै छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध भनिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको […]
पूरा पढ्नुहोस्
केही ठाउँमा आज र भोलि पानी पर्ने भए पनि आत्तिनु नपर्ने मौसमविदको भनाइ
कोशी प्रदेशका विभिन्न ठाउँमा गएरातिदेखि नै पानी परेको छ । झापा, मोरङ, उदयपुर, सुनसरीका केही ठाउँमा ठूलो वर्षा भएको छ । आज र भोलि कोशी प्रदेशसँगै बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा पनि पानी हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । […]
पूरा पढ्नुहोस्
अब उज्यालोमै नारायणगढ आईपुग्ने गरी काठमाण्डौबाट बस छुट्ने
काठमाण्डौबाट छुटेका गाडी उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा हिजो भएको छलफलले गाडी छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो गाडी नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले त्यसैअनुसार यातायात व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको हो । बैठकले मध्यम […]
पूरा पढ्नुहोस्
पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घट्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको छ । गएराति एक बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनकाे भाउ घटाएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो । निगमले पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ […]
पूरा पढ्नुहोस्
पीडितलाई राहत दिन र बेपत्ताहरुको खोजीलाई निरन्तरता दिन सरकारलाई आग्रह
बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत दिन र बेपत्ताहरुको खोजीलाई निरन्तरता दिन राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग आग्रह गरेको छ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो एवं डुबानका घटनामा परी धनजनको ठुलो क्षति भएको छ । विपदपछिको अवस्थाबारे मानव अधिकार आयोगको अनुगमन अनुसार उद्धारको लागि सुरक्षा निकायबाट काम गरेता पनि पर्याप्त सामग्री […]
पूरा पढ्नुहोस्



















