समाज
बाढी प्रभावितलाई एनआरएनएले गर्ने भए सहयोग
आइतबार राति बसेको संघ बैठकले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरोबाट प्रभावितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बैठकले उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण विभाग प्रमुख डा. हेमराज शर्माको संयोजकत्वमा समिति गठन गरी आर्थिक सहायता संकलन गरेर बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने […]
पूरा पढ्नुहोस्
नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि दशैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले दिएको साइतअनुसार नेपालको लागि असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११ बजेर ४२ मिनेट, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १० बजेर १ मिनेट, फ्याङ्कफर्ट […]
पूरा पढ्नुहोस्
बाढीपहिरोबाट ११२ जनाको मृत्यु, ६८ जना बेपत्ता
भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ। विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्। सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा मात्रै ४८ […]
पूरा पढ्नुहोस्
आजदेखि मौसममा क्रमिक सुधार आउने
आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बाँकी प्रदेशका पनि थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी […]
पूरा पढ्नुहोस्
निरन्तर बर्षा, देशभर बाढी र पहिरोका कारण ६० जनाको मृत्यु, ६४ बेपत्ता
निरन्तर बर्षाका कारण पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ । विभिन्न प्रदेशमा गरेर ३४ जना घाइते भएका छन् भने ६४ जना […]
पूरा पढ्नुहोस्
त्रिशूलीले तीन एक्साभेटर र दुई टिपर बगायो
त्रिशूली नदीमा बाढीले गोरखाको गण्डकी गाउँपालिका-१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका-३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ। अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीन टिपर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह-प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। […]
पूरा पढ्नुहोस्
मुग्लिङ–नारायणगढ सडक अवरुद्ध
मुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ९ किलो भन्ने स्थानमा सडक भासिएको हो । भासिएको सडक र पहिरो समेतका कारण सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । भारी वर्षा र विभिन्न स्थानमा पहिरोका कारण सो क्षेत्र भएर चल्ने यातायात ठप्प छ । कतिपय सवारी र यात्रु बिच बाटोमै फसेका […]
पूरा पढ्नुहोस्
चालक र सहचालक आफैंले पन्छाए चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ घोप्टेभिरमा खसेको पहिरो
मुग्लिन–मलेखु सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ घोप्टेभिरमा खसेको पहिरो चालक र सहचालक आफैंले पन्छाएका छन् । आज बिहान घोप्टेभिरमा ढुंगा,माटोसहित सानो पहिरो खसेर एकतर्फी बाटो अवरुद्ध भएकाले सो ठाउँमा खसेका ढुंगा ट्रक चालक र सहचालकहरु मिलेर पन्छाएका हुन् । चितवनको घोप्टेभिर क्षेत्रमा बेलाबेलामा पहिरो गइरहने तर त्यहाँ पहिरो पन्छाउने मेसिन आई नपुग्दै […]
पूरा पढ्नुहोस्
विद्यालय जाने क्रममा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते
लम्जुङ्गको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक विद्यालय जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन् । घरबाट विद्यालयसम्म आउँदा जङ्गलको बाटो पर्ने भएकाले आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिङ्गालले टोकेर उनीहरु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार बेँसीसहर–५ बाख्रेगजतका १३ […]
पूरा पढ्नुहोस्
दसैको मुखमा विपन्नलाई कपडा वितरण
अन्तराष्ट्रिय सहयोग सन्जाल नेपालले चन्द्रपुर नगरपालिकाको विपन्न नागरिकलाई कपडा वितरण गरेको छ । चाडवाडको सम्मुखमा ७०० विपन्न परिवारलाई कपडा वितरण गरेको हो । कार्यक्रम चन्द्रपुर नगरपालिका वडा नं. ६ का वडाअध्यक्षको संयोजकत्वमा भएको हो । सो अवसरमा जसपा नेपालको चन्द्रपुर नगर उपाध्यक्ष आशिष कुशवाह,समाजसेवी नेतृ शान्ति राईको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित व्यक्तिहरुले गरिव […]
पूरा पढ्नुहोस्



















